• १३ साउन २०८१, आइतबार

जितियाको अवसरमा सार्वजनिक बिदा

blog

नवलपरासी, असोज २ गते । जितियाका अवसरमा नवलपरासी (बर्दघाट–सुस्ता पूर्वका चारवटा पालिकामा आज सार्वजनिक बिदा हुने भएको छ । 

मध्य विन्दु , कावासोती र देव चुली नगरपालिका सहित विनयी त्रिवेणी गाउँपालिकामा बिदा दिइने भएको हो । ती पालिकाले छुट्टाछुट्टै सूचना जारी गर्दै आज पालिकाभित्रका सबै सरकारी कार्यालय, शैक्षिक संस्था, स्वास्थ्य संस्था र सार्वजनिक संस्थामा बिदा दिइएको जनाएका छन् । नवलपुरको तराई क्षेत्रमा थारू समुदायको बाहुल्यता रहेको छ । 

थारू समुदायका महिलाले जितियामा नाचगान गर्दै मिठो–मसिनो खाएर पर्व मनाउने गर्दछन् । जितियामा खास गरी महिलाहरू झाम्टा नृत्य गर्ने गर्दछन् ।