गठबन्धनलाई सहयोग गर्न वरिष्ठ नेता पौडेलको आग्रह
नेपाली कांग्रेस नेता रामचन्द्र पौडेलले गठबन्धनलाई कार्यान्वयनमा ल्याउन आग्रह गर्नु भएको छ ।
नवौँ राष्ट्रिय खेलकुद : गण्डकीका सबै जिल्लामा तयारी पूरा
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको असोज २८ गते औपचारिक रुपमा उद्घाटन हुने भनिए पनि प्रतियोगिता अन्तर्गत केही खेल भने सुरु भइसकेका छन् ।
तनहुँमा ६ वटा मतदानस्थल ‘अति संवेदनशील’
तनहुँमा ६ वटा मतदानस्थल ‘अति संवेदनशील’ रहेका छन्। मतदानस्थलको स्थलगत निरीक्षण गर्दा सो सङ्ख्यामा अति संवेदनशील रहेको पाइएको जिल्ला निर्वाचन सुरक्षा समन्वय समितिले जनाएको छ।
एकाघरका बाबुछोराबीच नै चुनावी प्रतिस्पर्धा
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पूर्वी नवलपरासीमा एकै घरका दुईजनाले उम्मेद्वारी दिनुभएको छ । नेकपा एमालेबाट रोशनबहादुर गाहा (थापा) र छोरा इश्वरजङ्ग थापामगरले स्वतन्त्र रुपमा नवलपुर क्षेत्र नं १ प्रदेशसभा (ख) मा उम्मेद्वारी दिनुभएको मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइँटेलले बताउनुभयो ।
नवलपुरमा एउटै वडाबाट नौ जनाकाे मनाेनयन
प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि नवलपुरको एकै वडाबाट नौ जनाले उम्मेदवारी दिएका छन् । कावासोती नगरपालिकाको वडा नं. ८ बाट मात्रै नौ जनाको उम्मेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ ।
फेवातालको जलकुम्भी झार सफाइमा जुटे पोखरेली
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यहाँका विभिन्न सङ्घ संस्थालाई फेवाताल सरसफाइमा जुट्न आग्रह गर्दै सरसफाइ अभियान सुरु गरिएको हो ।
पहिरोले सडक अवरुद्ध
एक हप्तादेखि निरन्तर परेको भारी वर्षाका कारण विभिन्न स्थानमा पहिरो जाँदा म्याग्दीका प्रायःजसो सडक अवरुद्ध बनेका छन्। सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित बनेको छ। सर्वसाधारण जोखिम मोलेर आवतजावत गर्न बाध्य भएका छन्। बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङ भ्रमणमा आएका पर्यटक बीच बाटोमै अलपत्र परेका छन्। ग्रामीण भेगलाई जोड्ने अधिकांश सडक पनि वर्षाका कारण ठप्प हुँदा दशैँ मनाउन गाउँ पुगेका सर्वसाधारण जोखिम मोलेर तथा घण्टौँसम्म पैदलयात्रा गरेर गन्तव्यमा पुग्ने गरेका छन्।
समितिलाई दुई दिनको भेटी
तालवाराही मन्दिरबाट सङ्कलित भेटी अझै पनि पुजारीको पोल्टामा जाने गरेको छ । मन्दिरकै पैसाले पुजारीले घरपरिवार चलाउने गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०७३ साल कात्तिकदेखि लागू हुने गरी धार्मिक स्थलको भेटी व्यवस्थापनसम्बन्धी निर्देशिका बनाएको थियो ।
उम्मेदवार बन्नकै लागि पार्टी परिवर्तन
प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि उम्मेदवार बन्नका लागि धेरैले आफ्नो पार्टी नै परिवर्तन गरेका छन् भने कतिपयले विद्रोही बनेर उम्मेदवारी दिएका छन्। नेपाली कांग्रेसबाट राप्रपा प्रवेश गरेका लालगोपाल अर्यालले स्याङ्जा २ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ। उहाँ कांग्रेसका पूर्वमहाधिवेशन प्रतिनिधि र पूर्वजिल्ला उपसभापति हुनुहुन्छ। २०७४ सालको स्थानीय तहमा कांग्रेसबाट गल्याङ नगरपालिकाको प्रमुखमा प्रतिस्पर्धा गर्नुभएको थियो। पूर्वगाविस उपाध्यक्ष सागर गैह्रे राप्रपा प्रवेश गरेर स्याङ्जा २ को (क) बाट उम्मेदवारी दिनुभएको छ।
नवौं राष्ट्रिय खेलकुद : फेन्सिङमा बागमतीलाई पहिलो स्वर्ण
पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा बागमती प्रदेशले पहिलो स्वर्णपदक जितेको छ । फेन्सिङमा शिक्षा नापितले स्वर्ण जितेसँगै बागमतीले खाता खोलेको हो ।
सर्पले डस्दा एकको मृत्यु
स्याङ्जाको वालिङमा एक पुरुषका सर्पले डसेर मृत्यु भएको छ । स्याङ्जाको वालिङ –८ बोगटीडाँडाका ४२ वर्षीय तिलबहादुर खाणको उपचारका क्रममा गह्रौँ प्राथमिक अस्पताल वालिङमा ज्यान गएको वडा प्रहरी कार्यालय वालिङका प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जनाकारी दिनुभयो ।
तनहुँमा परेन कुनै पनि उम्मेदवारविरुद्ध उजुरी
तनहुँबाट प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा ६२ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले दर्ता गरेको कुनै उम्मेदवारविरुद्ध उजुरी नपरेको जानकारी दिनुभयो ।
पहिरोले स्वास्थ्यचौकी जोखिममा
निरन्तरको वर्षाका कारण बागलुङ नगरपालिका–८ सिगानाको स्वास्थ्यचौकी जोखिममा परेको छ । स्वास्थ्यचौकीमुनि निरन्तररूपमा जमिन भासिने र पहिरो जाने भइरहेकामा निरन्तरको वर्षाका कारण पुनः पहिरो गएका कारण स्वास्थ्यचौकी उच्च जोखिममा परेको हो । निरन्तरको वर्षाले स्वास्थ्यचौकी भवनमुनि पहिरो गएका कारण स्वास्थ्यचौकीको भवनसमेत चर्किएको छ । चार वर्ष पहिला निर्माण भएको स्वास्थ्यचौकीको भवन पहिराको कारण उच्च जोखिममा पारेको बागलुङ नगरपालिका–८ सिगानाका वडाध्यक्ष राजु कार्कीले जानकारी दिनुभयो ।
प्याराग्लाइडिङ प्रभावित
लगातारको झरीका कारण पोखराको प्याराग्लाइडिङ उडान ठप्प भएको छ । दशैँका बेला बिदामा पोखराको पर्यटनमा प्याराग्लाइडिङका निकै उडान हुने गरेकामा यस पटक भने झरीले पोखरा घुम्न आएका पाहुनाको हिँडडुल नै रोकिँदा समग्र पर्यटन व्यवसायी नै व्यवसायविहीनजस्तै भएका छन् । पोखरा आएर प्याराग्लाइडिङ गर्ने आन्तरिक पर्यटक झरीका कारण उड्न पाएनन् ।
प्रदेशभर उम्मेदवारी दर्ता शान्तिपूर्ण
मङ्सिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि कास्कीमा सत्ता गठबन्धन र नेकपा एमालेका उम्मेदवारद्वारा मनोनयन दर्ता गरिएको छ ।
निर्वाचनपछि प्रधानमन्त्री बन्ने कोइरालाको दाबी
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ नवलपुर क्षेत्र नं. १ बाट नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले मनोनयन दर्ता गर्नुभएको छ ।
राष्ट्रियता विरोधी कदमको प्रतिवाद गर्न उम्मेदवारी : गुरुङ
नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले राष्ट्रियता विरोधी कदमको प्रतिवाद गर्न प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएको बताउनुभएको छ ।
वरिष्ठ नेता पौडेलद्वारा उम्मेदवारी दर्ता
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्नुभएको छ । नेता पौडेलले गठबन्धनको तर्फबाट उम्मेदवारी दर्ता गर्नुभएको हो ।
स्याङ्जा २ मा गुरुङ र अर्यालको मनोनयन दर्ता
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्यको चुनावका लागि नेपाली कांग्रेस केन्द्रीय उपसभापति धनराज गुरुङ र नेकपा (एमाले) की केन्द्रीय सचिव पद्मा कुमारी अर्यालले मनोनयन दर्ता गराउनुभएको छ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डद्वारा गाेरखा २ मा उम्मेद्वारी दर्ता
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले गोरखा निर्वाचन क्षेत्र नम्बर - २ बाट उम्मेदवारी मनोनयन दर्ता गर्नुभएको छ ।
नवौँ राष्ट्रिय खेलकुद : नवलपुरमा दुई खेल हुने
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत नवलपुरमा दुई खेल हुने भएका छन् । यही असोज २८ गते कास्कीको पोखरामा उद्घाटन समारोह तय गरिएकाले दुई खेल नवलपुरमा खेलाइने तय भएको हो ।
उम्मेदवार दर्ता गर्न अध्यक्ष प्रचण्ड, भट्टराई र श्रेष्ठसहित गोरखामा
प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दर्ता गर्नका लागि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' गोरखा पुग्नुभएकाे छ ।
पदमार्गबाट फर्किन थाले पर्यटक
चक्रीय अन्नपूर्ण पदमार्ग पुगेका पर्यटक फर्किन थालेका छन् । वर्षा र हिमपातपछि उनीहरू फर्किन थालेका हुन् ।
मुस्ताङमा बाढीपहिरो रोकिनुप-यो तीर्थालु र पर्यटक
पछिल्लो पाँच दिनदेखि अविरल वर्षासँगै आएको बाढीपहिरोले पवित्र तीर्थस्थल मुस्ताङको मुक्तिनाथ दर्शनका लागि आएका आन्तरिक तथा बाह्य पर्यटकलाई सास्ती भएको छ । हिमालपारिको जिल्ला मुस्ताङ जाने स