• १३ साउन २०८१, आइतबार

नवौं राष्ट्रिय खेलकुद : फेन्सिङमा बागमतीलाई पहिलो स्वर्ण

blog

फेन्सिङमा पदक विजेता खेलाडी । तस्बिर : गोरखापत्र

अर्जुन काफ्ले 

स्याङ्जा, असोज २४ गते । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा बागमती प्रदेशले पहिलो स्वर्णपदक जितेको छ । फेन्सिङमा शिक्षा नापितले स्वर्ण जितेसँगै बागमतीले खाता खोलेको हो । 

व्यक्तिगत सेबरतर्फको इभेण्टमा सशस्त्र प्रहरी बलकी उर्मिला लामालाई पराजित गर्दै नापितले स्वर्णपदक जित्नुभएको हो । नापित पोखरामा स्वर्णपदक जित्ने पहिलो खेलाडीसमेत बन्नुभएको छ । 

नेपाल आर्मीका रविना थापा र आर्मीकै मनीषा तेस्रो स्थान रहँदै कांस्यपदक पाउनुभयो । 

प्रतियोगिता ईपी, फोयल र सेबर इभेण्टमा व्यक्तिगत र टिम इभेण्टमा प्रतिस्पर्धामा गर्नेछन् । प्रतियोगितामा दुई विभागीयसहित ६ टिमको सहभागिता रहेको छ । जसमा नेपाली आर्मी, सशस्त्र प्रहरी बलसहित गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश नम्बर १ र सुदूरपश्चिम प्रदेशको सहभागिता छ । 

आठौँमा गण्डकी प्रदेशले फोयल टिम इभेण्टमा महिला तथा पुरुषमा कांस्यपदक जितेको थियो । फेन्सिङ प्रतियोगिताको अर्थमन्त्री जनार्दन शर्माले सोमबार नै उद्घाटन गर्नुभएको थियो ।