• १३ साउन २०८१, आइतबार

सर्पले डस्दा एकको मृत्यु

blog

मृतकका आफन्तले अस्पतालमा ल्याएको सर्प । तस्बिर : राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे

वालिङ, असोज २४ गते । स्याङ्जाको वालिङमा एक पुरुषकाे सर्पले डसेर मृत्यु भएको छ । स्याङ्जाको वालिङ –८ बोगटीडाँडाका ४२ वर्षीय तिलबहादुर खाणको उपचारका क्रममा गह्रौँ प्राथमिक अस्पताल वालिङमा ज्यान गएको वडा प्रहरी कार्यालय वालिङका प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जनाकारी दिनुभयो । 

गएराति सर्पले डसेपछि उपचारका लागि खाणलाई अस्पताल ल्याइएको थियो । त्यहाँ उपचार सम्भव नदेखिएपछि अन्यत्र रिफर गरिएको अस्पतालले जनाएको छ । उपचारका लागि अन्य ठाउँमा लैजाने तयारी गर्दैगर्दा आज बिहान ४ बजे खाणको निधन भएको प्रहरीको भनाइ छ । 

खाणको बाँया हातका दुई ठाउँमा सर्पले डसेको थियो । सर्प करेत जातसँग मिल्दोजुल्दो भएको प्रहरीको भनाइ छ । आफन्तले बिरामीसँगै सर्प पनि मारेर अस्पताल लगेका थिए ।