लमजुङमा मतगणना सुरु
लमजुङमा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ को मतगणना सुरु भएको छ । बेसीशहरस्थित जिल्ला समन्वय समितिको सभाहलमा मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताउनुभयो । उहाँका अनुसार लमजुङमा ८० हजार ९ सय ९१ मत खसेको छ । यो ६० दशमलब ६४ प्रतिशत मत हो ।
विजयी सुरुआतसँगै चर्चामा योगेश
यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार प्रेमप्रसाद तुलाचनलाई पराजित गर्दै सङ्घीय संसद्को यात्रा तय गर्नुभएको हो ।
तनहुँ-१ मा २ बजेबाट मतगणना सुरु हुने
अमरराज नहर्कीतनहुँ, मङ्सिर ५ गते । तनहुँमा मतगणनाका लागि सर्वपक्षीय बैठक सकिएको छ । बैठकले आज दिउँसो २ बजेबाट मतगणना गर्ने सहमति गरेको जिल्ला निर्वाचन कार्यालय तनहुँमा प्रमुख हरिप्रसाद ढकालले जानकारी दिनुभयो । आइतबार मध्यरातसम्म मतपेटिका ल्याउन समय लागेकोले आज बिहान मात्रै सर्वपक्षीय बैठक बसेको उहाँले बताउनुभयो । तनहुँ–१ को मतगणना दिउँसो २ बजे सुरु गरिने भएपनि तनहुँ-२ को मतगणना भने दिउँसो १२ः३० बजेबाट सुरु गरिने ढकालले जानकारी दिनुभयो । यसपटक तनहुँमामा ५५ प्रतिशत मत खसेको छ । जिल्लामा दुई लाख ४८ हजार ४९५ मतदाता मध्ये सो प्रतिशतमा मत खसेको ढकाल बताउनुहुन्छ । २ प्रतिनिधिसभा सदस्य र ४ प्रदेशसभा सदस्य निर्वाचनका लागि तनहुँबाट विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ५७ जनाले उम्मेदवारी मनोनयन दर्ता गरी चुनावी मैदानमा उत्रिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतगणना स्थल सुरक्षाको लागि तारजाली र सिसी क्यामराजिल्लामा सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै मतगणना स्थलमा तारजाली राख्नुका साथै सिसी क्यामेरा सहितको अन्य सुरक्षा प्रबन्ध मिलाइएको छ । जिल्ला समन्वय समितिको सभाहलभित्र तयार पारिएको मतगणनास्थलमा तारजाली र मतपेटिका राख्ने ठाउँमा सिसिटिभी क्यामरा जडान गर्नुका साथै बत्ती गएको समयमा बत्तीको व्याकअपको व्यवस्थासमेत गरिएको छ । मतगणना स्थलमा दलका उम्मेदवार/प्रतिनिधिलाई बस्ने व्यवस्था तारजालीभन्दा बाहिर बनाइएको छ । मतगणनाका लागि चारवटा कोठा व्यवस्थापन गरिएको जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत दलबहादुर केसीले जानकारी दिनुभयो । यसका अतिरिक्त मतगणना स्थल जिल्ला समन्वय समितिको भवनलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले समेत सुरक्षा मिलाइएको छ । प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले मतगणना हुने बेला सुरक्षा चुनौती थपिने भन्दै सुरक्षाका सबैखाले मापदण्ड अपनाइएको बताउनुभयो । "मतगणना निकै संवेदनशील हुने भएकाले मतपेटिकालाई सुरक्षित राख्नुपर्छ, कुनै पनि घटना हुन नदिनु हाम्रो कर्तव्य हो", प्रजिअ अर्यालले भन्नुभयो ।
स्याङ्जामा सबा १ बजेबाट मतगणना हुने
दुई निर्वाचन क्षेत्र रहेको स्याङजाको क्षेत्र नं १ मा दिउँसो सबा १ बजेबाट मतगणना हुने छ । सर्वदलीय तथा सर्वपक्षीय बैठकले मतगणना गर्ने समय तय भएको हो । मतगणना एकै पटक प्रत्यक्ष र समानुपातिक गणना हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मुस्ताङबाट कांग्रेसले खाता खोल्यो, गौचन विजयी
नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार २९ वर्षीय योगेश गौचन थकाली मुस्ताङबाट विजयी हुनुभएको छ । यो विजयीसँगै नेपाली कांग्रेसले जितको खाता खोलेको हो ।
मुस्ताङमा काँग्रेस जित नजिक
मुस्ताङमा प्रतिनिधि सभा सदस्यमा काँग्रेसका उम्मेदवार योगेश गौचन थकाली जितकाे नजिक पुग्नुभएको छ । एक हजार ४३७ मत गणना गर्न बाँकी रहँदा काँग्रेसको ६३५ ले अग्रता कायम गरेको छ ।
म्याग्दीमा मतपेटिका आइपुग्न अझै नौ घण्टा लाग्ने, मतगणना बेलुकीबाट
आइतबार सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको मतगणना म्याग्दीमा सोमबार साँझबाट मात्र सुरु हुने भएको छ । जिल्लाको दुर्गम धवलागिरि गाउँपालिका १ गुर्जा र ४ नम्बर वडा मुदीको बगरा मतदान केन्द्रका मतपेटिका आएपछि मात्र मतगणना सुरु गरिने सहायक निर्वाचन अधिकृत तेजप्रसाद पौडेलले जानकारी दिनुभयो । गुर्जा र बगराको मतपेटिका बेनी ल्याउन ९ घण्टा लाग्छ ।
मतपत्र च्यातेपछि बागलुङको सर्कुवामा मतदान स्थगित
बागलुङको जैमिनी नगरपालिका –४ सर्कुवाको जनता मावि मतदान केन्द्रमा मतदान स्थगित भएको छ। बिहान ७ बजे शान्तिपूर्ण रूपमा मतदान सुरु भएको जनता माविमा दिउँसो २ बजे एक पक्षले मतदानस्थलमा प्रवेश गरेर मतपत्र च्यातेपछि मतदान स्थगित भएको हो ।
अस्थायी मतदान केन्द्रमा खस्यो ९८ दशमलव ५ प्रतिशत मत
अस्थायी मतदान केन्द्र रहेको बागलुङ जिल्ला कारागारमा ९८ दशमलव ५ प्रतिशत मत खसेको छ । बागलुङ नगरपालिका–१ मा रहेको बागलुङ जिल्ला कारागारमा कायम गरिएको अस्थायी मतदान केन्द्रमा ६६ जना कैदीबन्दी र अस्थायी मतदाताले मतदान गरेका हुन् ।
मतपेटिका फाल्ने परियार प्रहरी नियन्त्रणमा
कास्कीको माछापुच्छ्रे वडा नं ८ स्थित तारे बराह आधारभूत विद्यालय लुम्रेको मतदान केन्द्रबाट सूर्य परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
म्याग्दीमा २१ प्रतिशत मत खस्यो, शिखमा मतदान रोकियो
हिमाली जिल्ला म्याग्दीमा प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनको मतदान सुरु भएको साढे पाँच घण्टाको अवधिमा २१ प्रतिशत मत खसेको छ ।
कुश्मामा ९० वर्षीय श्रेष्ठद्वारा मतदान
पर्वतको कुश्मा नगरपालिका ९ को सार्वजनिक माध्यमिक विद्यालयमा रहेको केन्द्र (ख) मा मतदान ९० वर्षीय ज्येष्ठ नागरिक ओमनारायण श्रेष्ठले मतदात गर्नुभएको छ । मतदान केन्द्रमा गएर नातिनी रक्षा श्रेष्ठको सहयोगमा उहाँले मतदान गर्नुभएको हो ।
समृद्धिको नयाँ युग सुरु होस् : पूर्व प्रधानमन्त्री भट्टराई
पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले गोरखा जिल्लाको पालुङटार नगरपालिका वडा नं. १ अन्नपूर्ण मावि निर्वाचन केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गर्नु भएको छ ।
धान पकेट क्षेत्रकै बासिन्दा आयातित चामलमा निर्भर
तनहुँको व्यास नगरपालिका–८ बर्लाचीका ८१ वर्षीय अग्रज किसान विष्णुप्रसाद ओझालाई बजारबाट किनेर ल्याएको चामलको भातको स्वाद पटक्कै मनपर्दैन ।
तनहुँमा ११३ वर्षीया ज्येष्ठ नागरिकद्वारा मतदान
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत तनहुँमा ११३ वर्षीया ज्येष्ठ नागरिकले मतदान गर्नुभएकाे छ। जिल्लाको भानु नगरपालिका ५ की गोपीमाया पोख्रेलले सोही वडाको सेपाबगैंचास्थित महादेवता प्राथमिक विद्यालय मतदान केन्द्रबाट मतदान गर्नुभएको हो ।
म्याग्दीमा १०७ वर्षीय वृद्धद्वारा मतदान
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत आइतबार म्याग्दीमा १०७ वर्षीय वृद्धले मतदान गर्नुभएको छ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेलद्वारा मतदान
प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका दिन आज नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मतदान गर्नुभएको छ ।
लमजुङमा शान्तरुपमा मतदान हुँदै
बेलिना थापालमजुङ, मङ्सिर ४ गते । लमजुङमा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ को मतदान शान्त रूपमा हुँदैछ । आठ स्थानीय तहका एक सय ३० मतदान स्थलका एक सय ८८ मतदान केन्द्रबाट मतदान कार्य भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले शान्तरूपमा मतदान कार्य भइरहेको बताउनुभयो । लमजुङका सबै मतदान केन्द्रमा मतदान भइरहेको जानकारी प्राप्त भएको उहाँले जानकारी दिनुभयो।लमजुङमा एक लाख ३३ हजार ५ सय ५९ जना मतदाता छन् ।
११३ वर्षीया गोपीमाया मतदान गर्नुहुँदै
जिल्लाको भानु नगरपालिका–५ स्थित ११३ वर्षीया गोपीमाया पोख्रेलले आज मतदान गर्नुहुने भएको छ । मतदान ठुलो दान हुने भएकोले मतदान गर्न जाने पोख्रेलले बताउनुभयो ।
मजदुरलाई कामकै पिरलो, छोएन चुनावले
“गाउँमा काम पाइएन, मेरो परिवार निकै गरिब छ, नेताहरूलाई भोट हालेर हामीलाई रोजगार दिएनन्, त्यही भएर यसपालिको चुनावमा भोट हाल्न गएनौँ, यहाँबाट गाउँ पुग्दा सात हजार खर्च हुन्छ, यति धेरै खर्च गरेर भोट हालेर जिताए पनि नेताहरूले हाम्रो मुखमा फर्किएर हेर्दैनन्, बरु यहाँ काम गरियो भने दुई–चार हजार कमाइ हुन्छ ।”
तनहुँ जलविद्युत्को ५६० मिटर सुरुङ निर्माण
तनहुँ जलविद्युत् आयोजनाको विद्युत् गृहतर्फ ५६० मिटर सुरुङ खन्ने कार्य सम्पन्न भएको छ । कुल एक हजार चार सय आठ मिटर लामो सुरुङ खन्नुपर्नेछ । विद्युत् गृहअन्तर्गत सुरुङ निर्माण कार्यमा ४७५ जना जनशक्ति परिचालन गरिएको आयोजनाको वातावरण शाखाका प्रतिनिधि सन्तोष तिवारीले जानकारी दिनुभयो । बाँधस्थलबाट पनि छिट्टै सुरुङ खन्ने कार्य अगाडि बढाइनेछ । उहाँले भन्नुभयो, “आयोजनाले चौबीसै घण्टा निर्माण कार्यलाई अगाडि बढाएको छ ।” प्याकेज दुईअन्तर्गत १, २ र ३ को विद्युत् गृह जाने टनेलको सबै काम सम्पन्न भइसकेको छ ।
उम्मेदवारको पोस्ट सेयर गर्दा मतदान अधिकृत जिम्मेवारीमुक्त
म्याग्दीका एक जना मतदान अधिकृतलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिम्मेवारीमुक्त गरेको छ। जिल्लाको धौलागिरि गाउँपालिका–५, मलमपारको महेन्द्र आधारभूत विद्यालयका मतदान अधिकृत नवीन कार्कीलाई जिम्मेवारीबाट हटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। मतदान अधिृकत कार्कीले प्रतिनिधि सभा सदस्यमा एमालेका उम्मेदवार श्रेष्ठलाई जिताउन अपिल गरिएको डिजिटल पोस्टर आफ्नो फेसबुकमा सेयर गर्नुभएको भन्दै नेकपा (माओवादी केन्द्र)का ज्ञानेन्द्र सुवेदीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिनुभएको थियो। उजुरीको
मतदान स्थल नजिक हुँदा मतदाता उत्साहित
बागलुङको ढोरपाटन नगरपालिका–६, अधिकारीचौरका मतदातालाई मत राख्न चार घण्टा पैदल यात्रा गर्नुपथ्र्याे । मतदान गर्न जाँदा लामो समय पैदल यात्रा गर्नुपर्ने हुँदा अशक्त, बिरामी, ज्येष्ठ नागरिक र अपाङ्गता भएका मतदातालाई मतदान केन्द्रसम्म पुग्न कठिन थियो । विगतका निर्वाचनमा चाहेर पनि मत राख्न जान नसकेका मतदाता यस पटक उत्साहित भएका छन् ।
३० वटा मतदान केन्द्रको नेतृत्व महिलालाई
मङ्सिर ४ गते आइतबार हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा मतदान कार्य सम्पन्न गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालयले लमजुङका ३० वटा मतदान केन्द्रमा महिलालाई मतदान अधिकृत बनाएको छ ।