• ११ मंसिर २०८१, मङ्गलबार

लमजुङमा मतगणना सुरु

blog

बेलिना थापा

लमजुङ, मङ्सिर ५ गते । लमजुङमा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ को मतगणना सुरु भएको छ । बेंसीशहरस्थित जिल्ला समन्वय समितिको सभाहलमा मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताउनुभयो । उहाँका अनुसार लमजुङमा ८० हजार ९ सय ९१ मत खसेको छ । यो ६० दशमलव ६४ प्रतिशत मत हो ।

लमजुङमा स्थानीय तह निर्वाचनमा ७० प्रतिशत मत खसेको थियो । यो गत स्थानीय तह निर्वाचनभन्दा करिब साढे ९ प्रतिशतले कम हो । स्थानीय तहमा आफ्ना आफन्त भएपछि बढी मतदाना सहभागी भएको, स्थानीय निर्वाचन भएर एक वर्ष पनि नभएको र पछिल्लो समय राजनीतिक दलप्रतिको वितृष्णाका कारणले पनि प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा कम मतदाता सहभागी भएको मतदाताहरुको भनाइ छ ।  

जिल्ला निर्वाचन अधिकारी नारायणप्रसाद सापकोटाका अनुसार प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि लमजुङमा १ लाख ३३ हजार ५ सय ५९ मतदाता छन् ।