• ११ मंसिर २०८१, मङ्गलबार

लमजुङमा शान्तरुपमा मतदान हुँदै

blog

लमजुङमा शान्त रुपमा मतदान हुँदै । तस्विर : बेलिना थापा ।

बेलिना थापा

लमजुङ, मङ्सिर ४ गते । लमजुङमा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ को मतदान शान्त रूपमा हुँदैछ । आठ स्थानीय तहका एक सय ३० मतदान स्थलका एक सय ८८ मतदान केन्द्रबाट मतदान कार्य भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले शान्तरूपमा मतदान कार्य भइरहेको बताउनुभयो । लमजुङका सबै मतदान केन्द्रमा मतदान भइरहेको जानकारी प्राप्त भएको उहाँले जानकारी दिनुभयो।

लमजुङमा एक लाख ३३ हजार ५ सय ५९ जना मतदाता छन् ।