• ८ वैशाख २०८१, शनिबार

मुस्ताङबाट कांग्रेसले खाता खोल्यो, गौचन विजयी

blog

नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार २९ वर्षीय योगेश गौचन थकाली मुस्ताङबाट विजयी । तस्बिर : रासस

अमृतप्रसाद पौडेल

काठमाडौं, मङ्सिर ५ गते । नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार २९ वर्षीय योगेश गौचन थकाली मुस्ताङबाट विजयी हुनुभएको छ । यो विजयीसँगै नेपाली कांग्रेसले जितको खाता खोलेको हो ।

प्रतिनिधि सभामा निर्वाचित गौचनले तीन हजार ९९२ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार प्रेम तुलाचनले तीन हजार ७८ मत प्राप्त गर्नुभयो ।

योगेश कांग्रेसका जिल्ला सभापति एवम् पूर्वमन्त्री रोमी गौचन थकालीका छोरा हुनुहुन्छ । योगेश सम्भवतः कान्छो प्रतिनिधिसभा सदस्य बन्नुहुनेछ । गौचन मुस्ताङको थासाङ गाउँपालिका–३ लेते कालाेपानीका बासिन्दा हुनुहुन्छ ।

आइतबार भएको चुनावमा मुस्ताङमा १० हजार नौ सय ५७ मतदातामध्ये सात हजार दुई सय ३० अर्थात् ६५ दशमलव ९८ प्रतिशत मत खसेको थियो ।