अर्जुन काफ्ले
स्याङ्जा, मङ्सिर ५ गते । दुई निर्वाचन क्षेत्र रहेको स्याङ्जाको क्षेत्र नं १ मा दिउँसो सबा १ बजेबाट मतगणना हुने छ ।
सर्वदलीय तथा सर्वपक्षीय बैठकले मतगणना गर्ने समय तय भएको हो । मतगणना एकै पटक प्रत्यक्ष र समानुपातिक गणना हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मतदान फरक बाकसमा भएको हुन सक्ने भएकाले प्रत्यक्ष र समानुपातिक एकै चोटि गर्न लागिएको हो । यहाँ क्षेत्र नं १ कमा ७१ हजार २७३ मत खस्दा प्रदेश क मा ३३१९८ र ख मा ३८०७५ मत खसेको छ ।
यस्तै, क्षेत्र नं २ मा भने मतगणना कति बेला हुने निश्चित भएको छैन । गठबन्धनले चार बुथ कब्जा गरेको भन्दै एमालेले पुनः मतगणना हुनुपर्ने दाबी गरेसँगै मतगणना अनिश्चित भएको हो ।
क्षेत्र नं २ मा ६९ हजार ९२८ मत खस्दा कमा ३१ हजार २८६ र ख ३८ हजार ६४२ मत खसेको हो ।