गोरखा, मङ्सिर ४ गते । पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले गोरखा जिल्लाको पालुङटार नगरपालिका वडा नं. १ अन्नपूर्ण मावि निर्वाचन केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गर्नु भएको छ ।
मतदानपछि उहाँले राम्रा उम्मेदवारहरूले जितुन्, सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि कुनै छेडछाड नहोस्, भष्मासुर प्रवृत्तिको उदय नहोस्, सुशासन र समतामूलक समृद्धिको नयाँ युग सुरु होस् भन्नु भएको छ ।