• ११ मंसिर २०८१, मङ्गलबार

स्याङ्जा क्षेत्र १ मा मतगणना सुरु

blog

अर्जुन काफ्ले 

स्याङ्जा, मङ्सिर ५ गते । दुई निर्वाचन क्षेत्र रहेको स्याङ्जाको क्षेत्र नं १ मा मतगणना सुरु भएको छ । दिउँसो सवा १ बजेदेखि मतगणना सुरु गर्ने सर्वदलीय तथा सर्वपक्षीय बैठकले निर्णय गरे पनि तयारी नपुग्दा ढिलाइ भएको हो । 

मतगणना प्रत्यक्ष र समानुपातिक दुवै एकै पटक सुरु गरिएको छ । यहाँ त्रिभुवन आदर्श मावि केन्द्रबाट मतगणना गरिएको हो । यस केन्द्रमा सङ्घको मत गणनासँगै प्रदेश (क) को मतगणना हुने मुख्य निर्वाचन अधिकृत रोमाकान्त ज्ञवालीले बताउनुभयो । 

यहाँ क्षेत्र नं १ मा ७१ हजार २७३ मत खस्दा प्रदेश (क) मा ३३ हजार १९८ र (ख) मा ३८ हजार ७५ मत खसेको छ । यस्तै, क्षेत्र नं २ मा भने मतगणना कतिबेला सुरु हुने अनिश्चित बनेको छ । 

गठबन्धनले चार बुथ कब्जा गरेको भन्दै एमालेले पुनः मतगणना हुनुपर्ने दाबी गरेसँगै मतगणना अनिश्चित बनेको हो । क्षेत्र नं २ मा ६९ हजार ९२८ मत खस्दा (क) मा ३१ हजार २८६ र (ख) ३८ हजार ६४२ मत खसेको छ ।