कावासोतीमा दुर्घटना चार जना घाइते
पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपुरको सदरमुकाम कावासोतीमा दुई वटा बस एकापसमा ठोक्किएर दुर्घटना हुँदा चार जना घाइते भएका छन् । गए राती साढे ३ बजे कावासोती नगरपालिका वडा नम्बर ३ मा पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको क.प्रदेश ०२–००१ ख ०७३७ नं.को बस र विपरीत दिशामा गुडिरहेको म.प्रदेश ०३–००१ ख ९१९० नम्बरको बस एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
मुस्ताङको ताङ्वेमा खानेपानीको हाहाकार
वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-३ का अध्यक्ष विनोद गुरुङका अनुसार पछिल्लो एक हप्तादेखि गाउँमा खानेपानीको समस्या भएको हाे ।
मनाङ सडक: साँझ खुल्यो बिहान अवरुद्ध
हिमाली जिल्ला मनाङ आउने एक मात्र सडक अवरुद्ध भएको छ । लमजुङको बेँसीसहर नगरपालिका–६ खरखरे, मस्र्याङ्दी गाउँपालिका– ४ घोप्टेभिर, रामबजार र च्याम्चेमा पहिरो खस्दा आज बिहानैदेखि सडक अवरुद्ध भएको छ ।
तनहुँमा एक लाख स्वास्थ्य बीमामा आबद्ध
तनहुँमा एक लाखभन्दा बढी जनसङ्ख्या स्वास्थ्य बीमामा आबद्ध भएका छन् । हालसम्म जिल्लाका एक लाख १४ हजार आठ सय ८७ जना स्वास्थ्य बीमामा आबद्ध भएका हुन् ।
ड्रागन खेतीमा रमाउँदै पूर्व शिक्षक अर्याल
७६ वर्षीय उहाँको पहिचान शिरमा ढाका टोपी, शरीरमा पुराना कोट, पाइन्ट र कमिज हो । घर्कदो उमेरले चाउरिँदै गएको अनुहार, घट्दो हातपाखुराका तागत । उहाँको घर छेउको बारीमा पुग्दा लटरम्म फलेका ‘ड्रागन फ्रुट्स’ देखिन्छन् ।
अवरुद्ध पृथ्वीराजमार्ग सञ्चालनमा
पहिरोले अवरुद्ध भएको पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे खण्ड सञ्चालनमा आएको छ । बुधबारदेखि परेको वर्षाका कारण आज बिहान साढे आठ बजेदेखि अवरुद्ध उक्त खण्ड पहिरो हटाएपछि सञ्चालनमा आएको हो ।
गायनमा सिम्रनको चर्चा
गीतसङ्गीत क्षेत्रमा हालैमात्र एकाएक चर्चामा आएको नाम हो सिम्रन परियार । १८ वर्षीया गायिका परियारले एक हप्तामै १४ गीत मात्रै रेकर्ड गराइनन्, अधिकांश गीतले चर्चा कमाएको छ ।
रोजगारी सिर्जनाको प्रयत्न गरेका छौँ
व्यास तनहुँ जिल्लाको सबैभन्दा जेठो र ठुलो नगरपालिका हो। सेती र मादी नदीको पवित्र सङ्गम तटमा अवस्थित महर्षि वेदव्यास र पराशरको तपोभूमिमा रहेको यो नगरपालिकाको कार्यालय तनहुँको सदरमुकाम दमौलीमा छ। बहुदलीय प्रजातन्त्र पुनस्र्थापनापश्चात् साबिक दमौली र स्याम्घा गाविसका केही क्षेत्र समेटेर २०४८ साल चैतमा व्यास नामकरण गरी घोषणा गरिएको हो। २०७१ सालमा पोखरीभन्ज्याङ गाविस यस नगरपालिकामा गाभिएको थियो। व्यास नगरपालिकाको नग
चार सय परिवार अन्धकारमा
म्याग्दीको धवलागिरी गाउँपालिका–२ का करिब चार सय परिवार डेढ महिनादेखि अन्धकारमा छन् । पहिरोले दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाको विद्युत्गृह बगाएपछि लुलाङ, खोरीया, लमसुङ र मेरेनीका बासिन्दा अन्धकारमा बस्न बाध्य भएका हुन् ।
गण्डकी प्रदेशमा एक घर एक धारा, ९९ प्रतिशत भन्दा बढीमा विद्युत् सेवाको लक्ष्य
गण्डकी प्रदेश सरकारका प्रवक्ता एवं ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीले गण्डकी प्रदेशमा घण्टौँसम्म डोको बोकेर पानी बोक्नुपर्ने महिलाहरूको दैनिकी अन्त्यका लागि अभियान सुरुवात गरेको बताउनु भएको छ ।
प्याजको मूल्य एक सातामै दोब्बर
स्याङ्जामा प्याजको मूल्य दोब्बरले बढेको छ । गएको हप्ता प्रतिकेजी ६० देखि ६५ रुपियाँ रहेको प्याजको मूल्य पछिल्लो दिन प्रतिकेजी एक सयदेखि एक सय १० रुपियाँसम्म विक्री गरिएको छ ।
एक महिनादेखि लुलाङबासी अन्धकारमा
म्याग्दीको धवलागिरि गाउँपालिका-२, लुलाङबासी एक महिनादेखि अन्धकारमा बस्न बाध्य छन् । गत असार २८ गते अविरल वर्षासँगै खसेको पहिरोले मरेनीस्थित दरखोला दोस्रो जलविद्युत परियोजनाको विद्युत गृह बगाउँदा विद्युत आपूर्ति बन्द भएको हो ।
वन्यजन्तु उद्धार केन्द्र निर्माण
डिभिजन वन कार्यालय तनहुँले दमौलीस्थित कार्यालय परिसरमा वन्यजन्तु उद्धार केन्द्र निर्माण गरेको छ ।
कामदारका बालबालिकाले चल्छन् मनाङका विद्यालय
घरायसी कामदेखि होटल व्यवसाय, विकास निर्माणलगायतका कामका सिलसिलामा अन्य जिल्लाबाट मनाङ भित्रिएका कामदारका बालबालिकाले मनाङका विद्यालय सञ्चालन हुनेगरेका छन् ।
व्यावसायिक सुन्तला खेतीतर्फ बढ्दो आकर्षण
पूर्वी नवलपरासीमा पछिल्लो समय सुन्तला खेतीतर्फको आकर्षण बढ्न थालेको छ । पराम्परागत कृषि खेतीभन्दा राम्रो आम्दानी हुने भएपछि व्यवसायिक रुपमा सुन्तला खेतीतर्फको आर्कषण बढ्न थालेको हो ।
पर्यटकको आकर्षण केन्द्र बन्दै झाँगाझोली
शुक्लागण्डकी नगरपालिका–६ स्थित पृथ्वी राजमार्गको खैरेनीटार बजारबाट दुई दशमलव पाँच किलोमिटर दूरीमा झाँगाझोली रहेको छ । पर्यटनको प्रचुर सम्भावना रहेको यस झाँगाझोली तीनखोले मोटरमार्ग हुँदै जान सकिन्छ ।
पाँच दिनदेखि अवरुद्ध दाना खण्डमा यातायात सञ्चालनमा
बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना खण्डमा पाँच दिनदेखि अवरुद्ध भएको सडक बुधबार बिहानदेखि खुलेको छ ।
कर्णालीमा एक सय ३२ केभी प्रसारणलाइन चाँडै
सम्झौताको म्याद सकिन करिब आठ महिना बाँकी छँदा कर्णालीमा एक सय ३२ केभी प्रसारण लाइन तोकिएकै मितिभित्र पूरा हुने भएको छ । मुआब्जा तथा अन्य विवाद सल्टिएपछि कोहलपुर –सुर्खेतमा एक सय ३२ केभी प्रसारण लाइन तोकिएकै समयमा पूरा हुने भएको हो ।
हुप्सेकोटका पहिरो विस्थापित अस्थायी शिविरमा
नवलपरासी (बर्दघाट सुस्तापूर्व) हुप्सेकोट गाउँपालिका–५ बागखोरकी २८ वर्षीया दिलमाया सोमै मगर झरी परेको दिन निदाउन सक्नुहुन्न । दुई वर्षअघिको पहिरोसँगै आफू बस्दै आएको गाउँ नै भासिएपछि उहाँसहित १८ घरपरिवार पूर्णरूपमा विस्थापित भएको त्रासदीपूर्ण दिनको सम्झाना अझै बल्झिरहेको छ ।
पहिरोको जोखिममा प्रसारण लाइनको टावर
कालिगण्डकी कोरिडोर अन्तर्गतको दाना–खुर्कोट प्रसारण लाइनको टावर पहिरोको उच्च जोखिममा परेको छ । २२० केभिए क्षमताको दाना–खुर्कोट प्रसारण लाइन अन्तर्गतको म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दाना स्थित फगाम गाउँको गम्फु भन्ने स्थानमा निर्माण गरिएको टावर पहिरोको जोखिममा परेको हो । प्रसारण लाइनको टावर देखि तल गुइठेको भिरमा ठूलो पहिरो खसेका कारण टावर उच्च जोखिममा परेको दानाका वडाध्यक्ष रमेश पुर्जाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘बेनी–जोमसोम कोरला सडक देखि सुरु भएको पहिरो टावर रहेको भागसम्म पहिरो पुगिसकेको छ, उच्च
जनशक्ति अभावले गाभियो वार्ड
म्याग्दीको एक मात्रै सरकारी अस्पताल बेनी अस्पतालले जनशक्ति अभाव हुँदा पेडियाट्रिक (बच्चा) वार्ड छुट्टै सञ्चालन गर्न अप्ठ्यारो भएपछि मेडिकल वार्डमा गाभेर सेवा दिन थालेको छ। बच्चा वार्डका साथै सर्जिकल वार्ड सञ्चालनमा समेत अप्ठ्यारो परेकाले त्यसलाई पनि भाभिएको छ।
नयाँ जातका स्याउ खेती विस्तार
परम्परागत खेतीबाट खासै आम्दानी नहुने र परिवार पाल्न पनि धौ धौ हुन थालेपछि मनाङका कृषक नगदे बालीतर्फ उन्मुख भएका छन्। स्याउ, मकै, भटमास, आलु र राजमाको खेती गर्ने किसान स्याउ खेती विस्तारमा लागेका छन्। परम्परागत यी बालीबाट राम्रो आम्दानी नभएपछि यहाँका किसान अहिले उच्च प्रविधिको इटाली र सर्बियाबाट ल्याइएको धेरै फल दिने फुजी, गाला, गोल्डेन र रेड डिलिसिस जातका स्याउ खेती विस्तारमा लागेका हुन्।
२६ वर्षदेखि ह्वील चेयरमा बसेर भैँसीको स्याहार गर्दै चुडामणि
२०४८ सालमा रुखबाट लडेर ढाडको मेरुदण्ड भाँचियो । उपचारका लागि धेरै ठाउँमा भौँतारियो । धेरै रकम खर्च भयो । तर केही सिप नलागेपछि तीन वर्ष बेडमै बित्यो । अहिले पनि दिनहुँ नसाको औषधी खाइराख्नुपर्छ । ह्वील चेयरमा बसेर हिँडनुको विकल्प छैन । कावासोती नगरपालिका वडा नम्बर ७ को ऐलानी जग्गमा बसिरहेका ६० वर्षीय चुडामणि बोहरा २६ वर्षदेखि ह्वील चेयरमा हुनुहुन्छ । उहाँले गोठभरी दुहुना भैँसी पाल्नु भएको छ । एउटा पाडीबाट सुरु भएको भैँसी पालन केही वर्षअघिसम्म २२ वटा दुहुना भैँसीसहित पाडापाडी गरेर ३२ वटा पुगेका थिए । भैँसी स्याहार गर्ने सबै जिम्मा चुडामणिकै हो । भैँसीहरुलाई घाँस पराल गर्ने, पानी कुँडो दिने, दुहुने, गोबरसोत्तर गर्ने सबै काम चुडामणिको भरमा छ ।
कागबेनीमा बाढीले एक अर्ब बराबरको क्षति
मुस्ताङको धार्मिक स्थल कागबेनीमा अघिल्लो हप्ता आएको बाढीले एक अर्ब रुपियाँ बराबरको क्षति पुर्याएको विवरण सार्वजनिक गरिएको छ । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका ४ कागबेनीमा गत साउन २८ गते कागखोलाको बाढीले ठूलो भौतिक क्षति पुर्याएको थियो । मंगलबार गाउँपालिकाले बाढीले पुर्याएको क्षतिको विवरण सार्वजनिक गरेको हो ।