बाख्रा चराउँदै पूर्वकमान्डर
गमबहादुर श्रीसमगर एक दशकअघिसम्म तत्कालीन नेकपा (माओवादी) ले सञ्चालन गरेको १० वर्षे जनयुद्धका कमान्डरका रूपमा परिचित हुनुहुन्थ्यो। पार्टीको पूर्णकालीन कार्यकर्ता भएर उहाँ सेना र प्रहरीसँगको धेरै लडाइँमा सहभागी हुनुभयो। द्वन्द्व सकिएपछि मगरलाई म्याग्दीवासीले आगामी नेताका रूपमा लिने गर्थे तर अहिले उहाँको परिचय फेरिएको छ। उहाँ अहिले जिल्लामै नमुना कृषकका रूपमा परिचित हुनुहुन्छ। सक्रिय राजनीति छाडेर उहाँ कृषि पेसामा लाग्नुभएको हो। श्रीसमगरले कृषि पेसामा गरेको परिश्रम र लगावले स्थानीय पनि दङ्ग छन्।
पहिराले छ घर विस्थापित
पर्वतको जलजला गाउँपालिका–५ कुवापानीको पहाडबाट खसेको पहिराले पाँच बस्ती जोखिममा परेका छन् । बस्तीभन्दा माथिको पहाडको डिल चिरा परेर जङ्गलमा खसेको पहिरो लेदो बनेर बग्न थालेपछि खेतीयोग्य जमिनमा क्षति पुग्नुका साथै छ घरपरिवारसमेत विस्थापित भएका छन् ।
गण्डकीको केही सडक र पुल आयोजना वर्षौँदेखि रुग्ण
विसं २०७३ असार २० मा ठेक्का सम्झौता भएर निर्माण सुरु गरिएको मनाङको नासोँ गाउँपालिकास्थित दूधखोला पक्की पुल वर्षौँदेखि अलपत्र छ । सङ्घीय सरकारबाट प्रदेशमा हस्तान्तरण भएको उक्त आयोजनाको हालसम्मको भौतिक प्रगति जम्मा ३० प्रतिशत छ ।
जिल्ला प्रशासन कार्यालय नवलपुर एक्सनमा
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका फार्मेसीको अनुगमन गर्ने निर्णय गरेलगत्तै जिल्ला प्रशासन कार्यालय नवलपुर एक्सनमा उत्रेको छ । कार्यालयले सोमबार जिल्ला सदरमुकाम कावासोतीमा रहेका फार्मेसीको अनुगमन गरेको छ ।
राजमार्ग विस्तारको काम समयमै सम्पन्न गर्न सांसद भण्डारीको निर्देशन
पूर्वमन्त्री तथा तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य शङ्कर भण्डारीले विस्तारको क्रममा रहेको पृथ्वीराजमार्गको पश्चिम तथा पूर्विखण्डको काम निर्धारित समयमा सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।
३७ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा
नवलपुरमा एक वर्षमा ३७ हजार बढी सवारी साधन कारबाहीमा परेका छन् । एक वर्षको अवधिमा आ.व २०७९/०८० मा ३७ हजार ९ सय ५ सवारी कारबाहीमा परेका हुन् ।
उत्तर गङ्गामा पुल नबन्दा आन्तरिक पर्यटकलाई समस्या
ढोरपाटनमा बर्खामा हरियाली वातावरणसँग रमाउने र हिउँदमा हिउँ खेल्नेको भीड नै लाग्ने गर्छ । बुर्तिबाङ बजारदेखि ढोरपाटन पुग्ने सडकको अवस्था त बिजोग नै छ । यद्यपि आन्तरिक पर्यटक जसोतसो ढोरपाटन पुग्ने गरेका छन् ।
स्टाफ नर्सको नेतृत्वमा जिल्ला अस्पताल
पुतलीबजार नगरपालिका –३ कुमालगाउँमा रहेको जिल्ला अस्पताल नौ महिनादेखि मेडिकल सुपरिटेन्डेन्ट (मेसु) विहीन बनेको छ । गत कात्तिक १५ गते मेडिकल सुपरिटेन्डेन्ट डा. रमेश आचार्यको लमजुङ सरुवा भएसँगै अस्पतालका वरिष्ठ स्टाफ नर्स कृष्ण कार्कीको नेतृत्वमा चल्दैआएको छ ।
ग्रामीण सडक अवरुद्ध हुँदा सास्ती
बाढीपहिरोका कारण म्याग्दीका ग्रामीण सडक अवरुद्ध हुँदा पैदलयात्रा गर्न र यातायातका सवारीसाधन सञ्चालनमा समस्या भएको छ । सडक बिग्रिएपछि ग्रामीण क्षेत्रमा सञ्चालित यातायात सेवा पूर्ण रूपमा प्रभावित हुँदा यात्रु मर्कामा परेका छन् ।
जडीबुटी पहिचान र संरक्षणमा चुनौती
पूर्वी नवलपरासीका सामुदायिक वनहरुले जडीबुटीको पहिचान गर्न नसक्दा यसको प्रयोग गर्न सकेका छैनन् भने संरक्षणको अभावले खेर गइरहेकाे छ ।
पृथ्वीचोकदेखि सेतीपुलसम्मको सडकमा पार्किङ गर्न रोक
पोखरा–९ पृथ्वीचोकमा बसपार्कका लागि छुट्टाइएको स्थानमा पाँच दशक पुग्न लाग्दासमेत हालसम्म बसपार्कका पूर्वाधार बन्न सकेका छैनन् तर बसपार्क बनाउन छुट्टाइएको जमिन बर्सेनि अतिक्रमणमा परेको छ ।
दुई महिनामै पूरा भयो खानेपानी योजना
खानेपानीको ट्याङ्कीमा शव भेटिएपछि काकाकुल बनेका म्याग्दे गाउँपालिका–४, मनहरी र पिपलटारका बासिन्दाको घर घरमा खानेपानीको नयाँ धारा जडान भएको छ। तनहुँ–२ का प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीको निर्देशन अनुसार योजना निर्माण अघि बढेको दुई महिना पूरा नहुँदै खानेपानी योजना सम्पन्न भएको हो।
छ हजार हेक्टरमा सिँचाइ
म्याग्दीमा पछिल्लो पाँच वर्षको अवधिमा छ हजार हेक्टरभन्दा बढी खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुगेको छ। आर्थिक वर्ष २०७५/७६ देखि हालसम्म गण्डकी प्रदेश सरकारबाट विनियोजन भएका साना तथा ठुला सिँचाइ योजनाबाट जिल्लामा छ हजार २३२ हेक्टर खेतीयोग्य जमिनमा बाह्रै महिना सिँचाइ सुविधा पुगेको हो।
मनाङको मुख्य आयस्रोत जडीबुटी
चार वटा स्थानीय तह रहेको मनाङमा आम्दानीको मुख्य स्रोतका रूपमा जडीबुटीलाई लिन सकिन्छ। यस आर्थिक वर्षमा सबैभन्दा बढी मनाङ ङिस्याङ गाउँपालिकाबाट जङ्गली जडीबुटी सङ्कलन भएको छ भने सबैभन्दा कम सडक सञ्जालबाट नजोडिएको नार्पाभूमि गाउँपालिकाबाट जङ्गली जडीबुटी सङ्कलन भएको छ।
बाली बीमाप्रति किसानको आकर्षण छैन
बाँदरका कारण बर्सेनि खेतीमा नोक्सानी खेप्दै आएका बागलुङका किसान बाली बीमा भने गर्दैनन् । वर्षा, हिमपात, असिना, हावाहुरी तथा जङ्गली जनवारले बालीमा क्षति पु¥याएका खण्डमा बीमा गरेपछि सो बापतको रकम उपलब्ध हुने गर्दछ ।
सिर्दीबासका ७० बढी हेपाटाइटिस ‘बी’ बाट सङ्क्रमित
उत्तरी गोरखाको सिर्दीबासका ७० जना भन्दा बढीमा हेपाटाइटिस ‘बी’ फेला परेको छ । चुमनुब्री गाउँपालिका –३ सिद्धिबासका १ हजार ५५० जनामा गरिएको परीक्षणमा हेपाटाइटिस ‘बी’ को सङ्क्रमण उच्च भेटिएको हो ।
नेपालकै लामो झोलुङ्गे पुल
बागलुङको बाङ्गेचौर र पर्वतको अदुवाबारी जोड्ने गरी कालिगण्डकी नदीमाथि निर्माण भएको ५६७ मिटर लामो झोलुङ्गे पुल । पछिल्लो समय यो पुलमा घुम्न आउनेको सङ्ख्या बढ्दै गएको छ । तस्बिरः डम्मर बुढामगर/रासस
म्याग्दीमा १३ पक्की पुल निर्माण
म्याग्दीका विभिन्न स्थानमा १३ पक्की पुल निर्माण भएका छन् । जिल्लाका ग्रामीण बस्तीलाई सहरसँग जोड्ने गरी सडकको पहुँच पुर्याउने उद्देश्यले गण्डकी प्रदेश र सङ्घ सरकारको लगानीमा १३ पक्की पुल निर्माण भएका हुन् ।
पशु आहारा उत्पादन गर्ने उद्योग सञ्चालनमा
पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा पशु आहारा उत्पादन गर्ने उद्योग सञ्चालनमा आएसँगै कृषकहरूलाई राहत मिलेको छ ।
पोखरा पृथ्वीचोकको सडकमा पार्किङ निषेध
आइतबारबाट पृथ्वीचोक सडकको दुबैतिर पार्किङ गर्न रोकिएको छ भने स्थानीय सार्वजनिक सवारीलाई पिक एन्ड ड्रपमात्र गन दिइएको छ ।
परम्परागत शैलीलाई व्यावसायिकतामा ढाल्दै किसान
जिल्लामा व्यावसायिक पशुपक्षी पाल्ने किसानको सङ्ख्या वृद्धि भएको छ । आर्थिक वर्ष २०७८/०७९ को तुलनामा आव २०७९/०८० मा व्यावसायिक फार्म सञ्चालन गर्ने किसानको सङ्ख्या वृद्धि भएको हो ।
सवारी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या घट्दा राजस्व बढ्यो
आर्थिक वर्ष २०७९-८० मा ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले राजस्व सङ्कलनमा वृद्धि गरेको छ भने दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या कमी आएको बताएको छ ।
सामुदायिक विद्यालयमा यातायात सेवा : पाँच घण्टाको पैदल यात्रा अन्त्य
तनहुँको आँबुखैरेनी गाउँपालिका–५, लाम्दीकी रेखा गुरुङलाई विद्यालय जान सधैँ हतार हुन्थ्यो। कक्षा ९ मा पढ्ने रेखालाई घरबाट विद्यालयसम्म पुग्न करिब २:३० घण्टा र फर्किन पनि त्यति नै समय हिँड्नुपर्ने थियो। सोही ठाउँकै कक्षा १० पढ्ने मुना गुरुङसँग पनि अर्को विकल्प थिएन। यो समस्या रेखा र मुनाको मात्रै होइन वडा नम्बर ५ मा माध्यमिक तहको विद्यालय नहुँदा टाढा धाउनुपर्ने बाध्यता सबैको थियो। गाउँपालिकाले निःशुल्क सवारीसाधनको व्यवस्था गरेपछि अध्ययनका लागि आँबुखैरेनी गाउँपालिका–६, हिलेखर्कमा रहेको कन्यादेवी माध्यमिक विद्यालय पुग्न सहज भएको हो।
पानीका मूल जोगाउन एक लाख बिरुवा रोपिने
स्याङ्जामा पानीको मूल जोगाउन बृहत् वृक्षरोपण अभियान सुरु गरिएको छ। अभियान अन्तर्गत जिल्लाका ९७ वटै वडामा माटो सुहाउँदो बिरुवा रोपिने भएको छ। पछिल्लो समय पानीका मूल सुक्ने क्रममा रहेको भन्दै जिल्लाभर एक लाख बिरुवा रोप्ने कार्यक्रम तय गरिएको राष्ट्रिय सङ्कल्प अभियानका संयोजक दुर्गादत्तभुसालले जानकारी दिनुभयो।