बजार अनुगमन : म्याद गुज्रेको ग्लुकोज भेटियो
चाडपर्वसँगै अर्जुन चौपारी गाउँपालिका –५ ले घण्टे देउराली, मुलाबारी, पीपलडाँडामा गरेको बजार अनुगमनमा यहाँका पसलमा चरम लापरवाही देखिएको छ । पसलमा ९ वर्षदेखिका म्याद गुज्रेका सामग्री भेटिएको छ ।
हलगोरु पाल्ने किसानलाई पोषण अनुदान
तनहुँको म्याग्दे गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप पोषण अनुदान वितरण गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ को ‘हलगोरु पोषण अनुदान कार्यक्रम’अन्तर्गत हल गोरु पाल्ने किसानलाई अनुदान वितरण गरेको हो ।
बिरामीलाई स्ट्रेचरमा अस्पताल
तनहुँको व्यास नगरपालिका–६, तल्लो साँजा, माथिल्लो साँजा, सादीभन्ज्याङ, चनौटे बासिन्माका बिरामीलाई अझै झोलुङ्गोमा बोकेर अस्पताल पु¥याउनुपर्ने बाध्यता छ । ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा दक्ष स्वास्थ्यकर्मी मात्र होइन औषधी नहुँदा र ग्रामीण सडकको स्तरोन्नति हुन नसक्दा बिरामीले सास्ती खेप्नु परेको छ । गर्भवती तथा अन्य बिरामीलाई स्ट्रेचरमा राखेर व्यास नगरपालिका–८ को सत्र सयस्थित व्यास मार्गमा पु¥याउनुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन् । पालिकालाई पटक पटक सडकका लागि बजेट विनियोजन गर्न माग गरे पनि नछुट्याइएकाले सडकमा मोटर गुड्न सकेका छैनन् ।
शक्तिपीठमा पुरानो कोटै कोटमध्येको सतौकोट
कोटैकोटको जिल्लामा चिनिने स्याङ्जा जिल्लाको प्रसिद्ध तथा सबै भन्दा पुरानो कोट मध्येको एक कोट सतौँ (चण्डी स्थान) कोट हो । स्याङ्जामा आलमदेवी, गहौकोट जस्ता शक्ति पीठ रहेको पनि सतौकोट सबैभन्दा पुरानो हो ।
सुनसान डाँडा र चौताराः हराउँदै लिङ्गेपिङ
केही वर्ष अगाडिसम्म दसैँ नजिकिएसँगै गाउँमाथिका डाँडा र चौतारामा थुप्रै लिङ्गेपिङ देखिन्थे । बाँसका बाला र बाबियोको लुठो बाटेर पिङ बनाउने समूह पनि धेरै हुन्थे । पिङमा गाउँका आफन्त, इष्टमित्र र कुटुम्ब जम्मा भएर रमाइले गर्ने प्रचलन थियो । वर्षौंदेखि टाढा रहेका आफन्तलाई पिङ भेट गराउने माध्यम बन्थ्यो ।
सामाजिक सदभाव खल्बल्याउनेसँग सजग रहनुपर्छ : मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले सामाजिक सद्भाव खलबल गरी मुलुकलाई कमजोर बनाउनेहरुसँग सजग रहनुपर्ने बताउनुभएको छ ।
बेमौसमी सुन्तला फलाउँदै खड्का
सिगानामा दसैँ अगावै फलेका बेमौसमी सुन्तला टोपबहादुर खड्काले प्रतिकेजी एक सयका दरले बिक्री गर्नुभयो ।
गाईभैँसीलाई सुत्केरी पोषण भत्ता वितरण
पर्वतमा गाईभैँसीलाई सुत्केरी पोषण भत्ता वितरण गर्न थालिएको छ । जलजला गाउँपालिकाले गाईभैँसीलाई पोषण भत्ता वितरण गर्न थालेको हो ।
युवाहरुको सक्रियतामा लिङ्गेपिङ निर्माण
हिन्दु धर्मावलम्बीको महान् पर्व दसैँको आगमन भइसकेको छ । सहर गएकाहरू गाउँ फर्किरहेका छन् । पसलमा यतिखेर सामान किन्नेको भिड छ । यता गाउँमा युवाहरुको सक्रियतामा लिङ्गे पिङ निर्माणको काम भइरहेको छ ।
परम्परागत शैलीमा मकै भण्डारण
साधन घर्ती म्याग्दी (दरबाङ), कात्तिक २ गते । म्याग्दीको मालिका गाउँपालिका–४, महभिर गाउँमा परम्परागत रुपमा भण्डारण गरिएका मकैका झुत्ता । स्थानीयको भाषामा झोटा पारेर भण्डारण गर्दा छिटो सुक्ने र मकैको दानामा किरा नलाग्ने भनाइ छ । जिल्लाका अधिकांश गाउँघरमा यसरी नै मकै भण्डारण गर्ने वर्षौदेखिको चलन छ ।
कृषि र पशुपालन सरकारको प्राथमिकतामा
कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसालले ब्यावसायिक कृषि र पशुपालनबाट मात्र मुलुकको समृद्धि सम्भव भएको बताउनुभएको छ ।
लयमा फकिँदै बन्दीपुरको होटल व्यवसाय
तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ । दसैँ सुरुआत भएलगत्तै बन्दीपुरमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ ।
६१ प्रतिशत किसानलाई वर्षभरि खान पुग्दैन
कास्कीका ५३ हजार दुई सय २८ परिवारले १९ हजार एक सय ६४ हेक्टर जग्गामा खेतीपाती गर्ने गरेका छन् । तीमध्ये ३९ प्रतिशतलाई मात्र कृषिबाट भएको आम्दानीले खान पुग्छ ।
विस्थापित हुने चिन्तामा जलारी समुदाय
सर्वोच्च अदालतले फेवातालको मापदण्डसम्बन्धी गरेका एउटा फैसलाले यहाँको एक जलारी समुदाय चिन्तित बनेको छ । फेवाताल किनारमा पुख्र्यौली सीपसँग जोडिएर जीविकोपार्जन गर्दै आएका जलारी समुदाय यक्त फैसलाले पुर्खौली पेशाबाट विस्थापित हुनुपर्ने हो कि भन्ने चिन्ता थपिएको हो ।
बिना अनुमति अनुदानको मल बढी मूल्यमा बिक्री
पोखरामा नेपाल सरकारले अनुदानमा उपलब्ध गराएको मल बढी मूल्यमा बिक्रीवितरण गरेको फेला परेको छ । सरकारले किसानलाई अनुदानमा उपलब्ध गराएको मल झण्डै दोब्बर मूल्यमा बिक्री गरेको फेला परेको हो ।
चौधरी ग्रुपका मजदुर आन्दोलित
नवलपुरको देवचुलीमा रहेको चौधरी ग्रुपका मजदुरहरू आन्दोलित भएका छन् । चौधरी ग्रुपको सिजी ब्रुअरीमा काम गर्ने मजदुरहरूले वार्षिक रूपमा खाए पाई आएको बोनस रकम नदिएको भन्दै आन्दोलित भएका हुन् ।
फेवातालका डुङ्गाचालकको मापसे जाँच
पोखराको फेवातालका डुंगाचालकको बुधवार मापसे जाँच गरिएको छ । आन्तरिक र बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएको र चाडपर्वको मौसम सुरु भएका बेला प्रहरीले आकस्मिक रूपमा मापसे जाँच गरेको हो ।
नगरको प्राथमिकतामा सडकको स्तर वृद्धि
पर्वत जिल्लाको पवित्र कालीगण्डकी नदीको काखमा अवस्थित फलेवास नगरपालिकालाई भौगोलिक विविधताले भरिएको रमणीय क्षेत्र मानिन्छ । फलेवास कृषि उत्पादनका दृष्टिले पर्वत जिल्लाकै महत्वपूर्ण क्षेत्र हो । यो पालिका राजनीतिक विभाजन अनुसार पर्वत जिल्ला निर्वाचन क्षेत्र नं. २ मा पर्छ । यहाँ साना उद्योग, वन पैदावारको राम्रो सम्भावना छ । प्राकृतिक सौन्दर्यले पर्यट
मूल भन्सार कागजमा सीमित
गण्डकी प्रदेशको भारतसँग जोडिएको एक मात्र भन्सार नाकालाई तत्कालीन सरकारले ‘क’ श्रेणीको भन्सार घोषणा गरेको थियो । विकासका पूर्वाधार निर्माण गरी नाका चाँडै विस्तार गर्ने भनिए पनि अहिलेसम्म यो नाका नाम मात्रको भन्सार कार्यालय भएको छ । गण्डकी प्रदेशको एक मात्र पूर्वी नवलपरासीको त्रिवेणी छोटी भन्सारलाई मूल भन्सारका रूपमा स्तरोन्नति गरिएको पाँच वर्ष बित्यो तर त्यो कागजमा मात्रै सीमिति भयो ।
रातोमाटो र कमेरोले पोतिन छोडे गाउँका घर
एक दशक अगाडिसम्म बागलुङका ग्रामीण क्षेत्रमा जब दसैँ सुरु हुन्थ्यो, तब गाउँमा घर रङ्गाउने चटारो हुन्थ्यो । बारीमा रहेको रातोमाटो र सेतो कमेरो निकाल्न स्थानीयलाई भ्याइनभ्याइ हुन्थ्यो । तर अहिले त्यो चलन हराउँदै गएको छ ।
मालश्री धुन गुन्जँदा दर्शनार्थी आनन्दित
नवरात्र सुरु भएसँगै गण्डकी प्रदेशका शक्तिपीठमा निरन्तर मालश्री धुन गुन्जँदा दर्शनार्थीले अपार आनन्द महसुस गरिरहेका छन् । यहाँ प्रायः शक्तिपीठमा यी धुन बजाउने गरिएको छ । कतिपय देवी मन्दिरमा महायज्ञसमेत लगाइएको छ । प्रदेशका पोखरा, बागलुङ, तनहुँ, लमजुङमा रहेका शक्तिपीठमा देशैभरबाट भक्तजन दर्शनका लागि पुग्ने गर्छन् ।
दमौलीमा एक महिने हिन्दु महामिलन पर्व सुरु
तनहुँस्थित दमौलीलाई विश्वभर परिचित गराउन एवम् धार्मिक पर्यटनको विकास गर्ने उद्देश्यसहित व्यासको जन्मभूमि दमौलीमा एक महिने विश्व ओमकार तथा हिन्दु महामिलन पर्व सुरु भएको छ । वेद अनुयायी प्रतिष्ठान नेपाल केन्द्रीय कार्यालयको आयोजनामा यो पर्व आयोजना गरिएको छ ।
बजार अनुगमन तीव्र
पूर्वी नवलपरासीमा चाडपर्व नजिकिएसँगै बजार अनुगमनलाई तीव्रता दिइएको छ । बजार अनुगमन जिल्लाको कावासोती, देवचुली, गैँडाकोट नगरपालिका क्षेत्रमा गरिएको छ ।
मुक्तिनाथ केबलकार बनाउन ८० प्रतिशत वित्तीय लगानी सुनिश्चित
विश्वकै लामो मुक्तिनाथ केबलकार बनाउनका लागि भारतको के एण्ड आर इन्जिनियरिङ लिमिटेडले केबलकार परियोजना निर्माणका साथै लगानीसमेत गर्ने गरी इन्जिनियरिङ प्रक्युमेन्ट कन्ट्रयाक्ट र लगानी (इपिसिएफ) मोडलमा केबलकार बनाउने भएको हो ।