स्थानीयबासीको उजुरी पछि पुल निर्माण रोकियो
म्याग्दीमा निर्माणधिन पक्की पुलमा ठेकेदारले लापरबाही गरेको आरोप लगाउँदै स्थानीयले अख्तियार दुरुपयोग अनुशन्धान आयोगमा उजुरी गरेपछि पुल निर्माण रोकिएको छ । बेनी नगरपालिका ४ सिंगा देखि मंगला गाउँपालिका ३ बरंजालाई जोड्ने गरी म्याग्दीखोलामा तिनवर्ष अघि निर्माण थालिएको उक्त पुलको ढलानमा ठेकेदारले लापरबाही गरेको भन्दै स्थानीय केही व्यक्तिले अख्तियारमा उजुरी गरेका हुन ।
कोभिड नियन्त्रण गर्न जनस्वास्थ्यका मापदण्ड पालना गर्न गण्डकी प्रदेशको आग्रह
पोखरा, साउन ६ गते। कोभिड-१९ को संक्रमणदर बढेपछि रोकथाम र नियन्त्रणका लागि गण्डकी प्रदेश सरकार तयारीमा जुटेको छ। यसका लागि प्रदेशस्तरीय कोभिड–१९ नियन्त्रण निर्देशक समितिको बैठक बिहीबार बसेको छ। प्रमुख सचिव रविलाल पन्थले बैठकले सबै सरकारी, गैरसरकारी कार्यालय तथा मानिसको भीडभाड हुने स्थान, विश्वविद्यालय, विद्यालय र शिक्षण संस्था, धार्मिक स्थल र नियमित भीडभाड हुने प्रकृतिका व्यावसायिक तथा मनोरञ्जनस्थलका साथै गोष्ठी, सेमिनार, बैठक जस्ता मानिसको जमघट हुने कार्यक्रममा अनिवार्य मास्क लगाउने, सेनिटाइजरको व्यवस्था गर्ने जस्ता जनस्वास्थ्यका मापदण्डको अनिवार्य पालना गर्ने व्यवस्था मिलाउन सम्बन्धित सबैलाई अनुरोध गर्ने निर्णय गरेको जानकारी दिनुभयो। उहाँले कोभिड संक्रमणको पछिल्लो अवस्था र सो को तयारी तथा प्रतिकार्यका अतिरिक्त संक्रमण रोकथाम र जोखिम नियन्त्रणका लागि गण्डकी प्रदेशका अस्पताल र स्वास्थ्य संस्थाहरूमा आवश्यक औषिध औजार/उपकरण एवं जनशक्तिको व्यवस्थापन गरी तयारी अवस्थामा राख्ने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय भएको बताउनुभयो। मानिसको जमघट र भीडभाड हुने स्थानमा कोभिड-१९ नमूना परीक्षण अभियान सञ्चालन गरी समुदायस्तरमा फैलन नदिन सचेत गराउने र नियमित परीक्षणको दायरालाई बढाउने व्यवस्था मिलाउने निर्णय भएको छ। खोप कार्यक्रम प्रभावकारी बनाइनेउहाँले कोभिड विरुद्धको खोप कार्यक्रमलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्न खोप नलगाएका, पूर्ण मात्राको खोप नलगाएका तथा अतिरिक्त बुस्टर मात्रा लगाउने समय भएका व्यक्तिलाई खोप लगाउन अनुरोध गरिने बताउनुभयो। कोभिड १९ सम्बन्धी कुनै पनि जिज्ञासा भएमा संघीय सरकारले व्यवस्था गरेको १११५ नम्बर वा फोनमार्फत् चिकित्सकीय सेवा आवश्यक परेमा निशुल्क हटलाइन नम्बर ११३३ मा सम्पर्क गर्न र गण्डकी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रको निःशुल्क हटलाइन नम्बर १०९२ मा सम्पर्क गर्न अनुरोध गर्ने निर्णय भएको स्वास्थ्य सचिव डा. श्रीराम तिवारीले जानकारी दिए। आवश्यक प्रबन्ध मिलाउन मुख्यमन्त्रीको निर्देशनमुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले तीन तहका सरकारको समन्वयकै कारण विगतमा कोरोना महामारी नियन्त्रण र रोकथामका लागि गण्डकी प्रदेशमा प्रभावकारी काम भएको उल्लेख गर्नुहुँदै अब पनि त्यसै अनुसार अगाडि बढ्न निर्देशन दिएका छन्। कोरोना संक्रमणका कारण आइसोलेनसमा रहनुभएका मुख्यमन्त्री पोखरेलले जुम मिटिङमा भन्नुभयो, “महामारी कसरी बढ्दै जाने हो, त्यसको आंकलन गर्न सकिँदैन, विगतको अनुभवलाई अहिले प्रयोग गर्नुपर्छ”, उहाँले अस्पतालमा आवश्यक सामग्रीदेखि जनशक्ति व्यवस्थापनका लागि उपयुक्त कदम चाल्न उनले स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिनुभयो। खोपको प्रबन्धका अतिरिक्त पीसीआर परीक्षण, अस्पतालहरुमा आवश्यक प्रबन्ध लगायतका विषयमा कति पनि कमजोरी नदेखिने गरी काम गर्न उहाँले आग्रह गर्नुभयो। कोरोनाको प्रभाव घट्दै गएको र खोपको मात्रा पूरा गरेकाले ढुक्क भएर मास्क र सेनिटाइजर प्रयोग कम गर्न थालेकोतर्फ ध्यानाकर्षण गराउँनुहुँदै उहाँले यसतर्फ पनि सचेत रहन सर्वसाधारणमा अनुरोध गर्नुभयो। बिहीबार गण्डकी प्रदेशमा ६४ जनाको पीसीआर परीक्षण गरिएकामा २४ जनामा संक्रमण देखिएको छ। प्रदेशभर एक सय ३१ जना संक्रमित रहेकामा तीन जनामात्र अस्पतालमा भर्ना भए। अहिले कास्की, स्याङ्जा, तनहुँ, नवलपरासीमा मात्र सक्रिय संक्रमित छन्। बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारी गुरुङले जिल्लास्तरमा रहेका अस्पतालहरुमा जनशक्ति र अन्य प्रबन्धका लागि समन्वय भइरहेको जानकारी गराउनुभयो। उहाँको अनुसार कोभिड कोषबाट तलब खानेगरी नियुक्त गरिएका कर्मचारीको करार अवधि सकिएकाले अब फेरि ओएन्डएम गरेर नियुक्त गर्न लागिएको पनि छ। उक्त अवसरमा वन तथा वातावरण मन्त्री दीपक थापा, आन्तरिक मामिला मन्त्री डोबाटे विश्वकर्मा, प्रमुख सचिव रविलाल पन्थले समसामयिक विषयमा भनाइ राख्नुभयो। मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय गण्डकीका सचिव डा। विनोदविन्दु शर्मा, प्रदेश आपूर्ति केन्द्रका निर्देशक डा। रोशन न्यौपानेले कोभिड नियन्त्रणमा विगतमा गरेका अभ्यास र अब चाल्नुपर्ने उपायका प्रस्तुत गर्नुभयो।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. श्रीराम तिवारीले जनशक्तिवाहेक अरु सबै हिसावमा मन्त्रालय तयारी अवस्थामा रहेको बताउनुभयो। उक्त अवसरमा कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, संक्रामक तथा सरुवा रोग अस्पतालका कार्यकारी निर्देशक डा. विकास गौचन, नेपाल प्रहरीका डीआइजी, सशस्त्र प्रहरीका प्रदेश प्रमुख, नेपाली सेनाको तीन नम्बर वाहिनीका बाहिनीपतिलगायतले आवश्यक तयारीका बारेमा जानकारी गराए।
तीन वर्षदेखि बन्द सन्तोष चलचित्र हल पुनः सञ्चालनमा आउने
कोरोना महामारीका कारण तीन वर्षयता बन्द भएको चलचित्र हल पुनः सञ्चालनमा आउने भएको छ । सदरमुकाम तानसेनको पुरानो सिनेमा हलको स्तरोन्नतिपछि पुनः सञ्चालनमा ल्याइने तयारी भएको हो ।
पोखराका प्रमुख आचार्य पर्यटन मन्त्रालयको विषयगत समितिमा
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विषयगत समितिमा सदस्य तोकिनुभएको छ । मन्त्रालयको नीतिगत छलफल हुने सो समितिमा उहाँ देशभरका ७५३ स्थानीय तहका तर्फबाट सदस्य तोकिनुभएको बताइएको छ ।
बेनी-जोमसोम सडक खण्ड अबरुद्ध
हिमालपारीको जिल्ला मुस्ताङ जोड्ने एक मात्र राष्ट्रिय राजमार्ग बेनी–जोमसोम सडक खण्डको दुई ठाउँमा पहिरो जाँदा यातायात अवरुद्ध भएको छ ।
सामुदायिक विद्यालयको भौतिक पूर्वाधार लोभ लाग्दो
यहाँको एक गाउँको सामुदायिक विद्यालयमा पुग्दा सहरबजारको कुनै सुविधा सम्पन्न निजी विद्यालयमा पुगेको अनुभूति हुन्छ । तर यो निजी विद्यालय नभएर जिल्लाको कुनै एक गाउँको सामुदायिक विद्यालय हो ।
फेवा ‘सिल्ट्रेसन’ बाँध कमसल
फेवातालको मुहानमा बनाइएको ‘सिल्ट्रेसन ड्याम’ (बाँध) कमसल तथा कम गुणस्तर भएको पाइएको छ । महालेखा परीक्षक– २०७९ को प्रतिवेदनले फेवा मुहानमा बनाइएका ड्याम प्राकृतिक विपत्को कारणले नभई कमसल निर्माणले भत्किएको निष्कर्ष निकालेको हो । महालेखाको प्रतिवेदनले ड्याम निर्माण गर्दा गुणस्तरमा ध्यान नदिएको उल्लेख गरेको छ । कम गुणस्तर बनाउँदा क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ ।
एक लाख करदाताबाट ९ अर्ब २४ करोड राजश्व सङकलन
आन्तरिक राजश्व कार्यालय दमौलीले गत आर्थिक वर्षमा ९ अर्ब २४ करोड ९२ लाख ४ हजार रुपियाँ राजश्व सङकलन गरेको छ । झण्डै एक लाख करदाताबाट उक्त राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।
सडक हिलाम्मे हुँदा यात्रा जोखिम
हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनीसँग जोडिने सडक सञ्जालहरु लगातारको वर्षाले गर्दा हिलाम्मे हुँदा यात्रामा सर्वसाधारणलाई जोखिम एवम् सास्ती भएको छ ।
च्याउखेतीबाट राम्रो आम्दानी
पूर्वी नवलपरासीको कावासोती नगरपालिका वडा नं ८ का टीकाप्रताप सेन ठकुरीको दैनिकी च्याउ विक्रीवितरणमा बित्ने गरेको छ । हरेक दिन विहान
सुन्तला नर्सरीबाट मनग्य कमाइ
बहुआयामिक सफल कृषकको रूपमा परिचय बनाउनुभएका बागलुङका केदार आचार्यले सुन्तलाको बिरुवा बिक्रीबाट मनग्य आम्दानी गर्नुभएको छ । बागलुङको जैमिनी नगरपालिका–१० राङखानीका केदार आचार्यले यस वर्ष नर्सरीबाट राम्रो आम्दानी गर्न सफल हुनुभएको छ ।
वर्षासँगै किसानलाई रोपाइँ गर्न भ्याइनभ्याई
बुधबार बिहानदेखि सुरु भएको वर्षाले किसानलाई राहत मिलेको छ । खडेरीका कारण रोपाइँ गर्न नपाएका किसानले वर्षापछि धमाधम रोपाइँ गर्न थालेका छन् । जिल्लाभर ३० प्रतिशत खेतमा अझै रोपाइँ गर्न बाँकी छ । बेँसी खेतमा कुलो र नहरको पानी पर्याप्त हुने भएकाले रोपाइँ भएको भए पनि पाखाहरूमा रोपाइँ हुनसकेको थिएन । सुक्खा ठाउँमा भल छोपेर रोपाइँ गर्ने किसान लामो समयको खडेरीका कारण मर्कामा थिए । “पानी परेपछि राहत मिलेको छ”, जैमिनी नगरपालिका–९ का टङ्कप्रसाद शर्माले भन्नुभयोे ।
गण्डकी सरकारको अभियान: म्याग्दीमा पाँच हजार घरधुरीमा धारा
म्याग्दीमा चारवर्षको अवधिमा पाँचहजार भन्दा बढी घुरधुरीमा खानेपानीको सुविधा पुर्याइएको छ । गण्डकी प्रदेश सरकारले प्रदशको प्रत्येक घरमा खानेपानीको धारा पुर्याउन चार वर्ष अगाडि सुरु गरेको ‘एक घर एक धारा’ कार्यक्रम अन्तर्गत प्रदेश सरकारको बजेटमा खानेपानी,जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय म्याग्दीले यो अवधिमा पाँच हजार एकसय ३७ घरधुरीमा खानेपानीका धारा जडान गरेको हो ।
दाजुको कुटाइबाट भाइको मृत्यु
स्याङ्जाको भीरकोटमा सामान्य बिबादका बिच हानहान हुँदा एकजनाको मृत्यु भएको छ । गए राती भीरकोट नगरपालिका वडा नम्वर ३ रिजुका ४५ बर्षीय श्यामबहादुर रोकाको ज्यान गएको हो । खाना खाने क्रममा बिबाद हुँदा दाजु पर्ने ५० बर्षीय यामबहादुर रोकाको कुटाईबाट श्यामको ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रबिन्द्र खनालले जानकारी दिनुभयो ।
प्लाष्टिकको पोखरीमा डुबेर दुईको मृत्यु
स्याङ्जाको गल्याङमा सिँचाई पोखरीमा डुबेर दुई जनाको ज्यान गएको छ । गल्याङ नगरपालिका वडा नम्वर ६ स्थित घर नजिकै बनाएको प्लाष्टिकको सिँचाई पोखरीमा खसेकी कामना गुरुङकी छोरी ४ बर्षीया सोफिया गुरुङ र ३३ बर्षीया बृन्दा गुरुङको पनि ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रबिन्द्र खनालले जानकारी दिनुभयो ।
तीन घण्टापछि पृथ्वीराजमार्ग सञ्चालन
पहिराले अवरुद्ध भएको पृथ्वीराजमार्गअन्तर्गत तनहुँको याम्पा–आँबुखैरेनी सडकखण्ड पुनः सञ्चालन भएको छ । आज बिहान ६ बजेदेखि अवरुद्ध भएको उक्त सडकखण्ड ९ बजेदेखि सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
पोखरा–जोमसोम उडान ठप्प
गत जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान दुर्घटना भएपछि बन्द भएको पोखरा–जोमसोम उडान अझै सञ्चालन हुन सकेको छ । दुर्गम क्षेत्रमा सेवा दिदै आएको निजी वायूसेवा कम्पनी तारा एयरले अघोषित रुपमा सेवा वन्द गरेपनि उठान ठप्प भएको छ ।
डुम्रे–बेँसीसहर सडक पुनः अवरुद्ध
निरन्तर वर्षा हुँदा गए रातिदेखि बाढी–पहिरोले डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्ध भएको छ । उक्त सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ उदिपुरको देउरालीडाँडा पहिरोले सडक अवरुद्ध भएको हो । रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने उक्त खण्डको रिठ्ठेबगरमा लेदोसहितको पहिरोले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताउनुभयो । उहाँले भन्नुभयो, “अवरुद्ध सडक मङ्गलबार बिहानदेखि सञ्चालनमा आएको थियो, तर वर्षा भइरहँदा गए रातिदेखि पुनः लेदो खसेर सडक अवरुद्ध भएको छ ।”
पृथ्वीराजमार्गको याम्पा–आँबुखैरेनी सडक अवरुद्ध
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको याम्पा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको छ । मङ्गलबार राति परेको वर्षाका कारण आज बिहान बन्दीपुर गाउँपालिका–५ याम्पास्थित सडकमा पहिरो खस्दा उक्त खण्ड अवरुद्ध भएको हो ।
मापदण्डविपरीत होमस्टेलाई पनि अनुदान
गण्डकी प्रदेश होमस्टे सञ्चालन कार्यविधि २०७५ अनुसार एक तिहाइ होमस्टे मापदण्ड पूरा नगरी सञ्चालनमा रहेको पाइएको छ । मापदण्डअनुसार पाहुनाको लागत हरेक घरमा कम्तीमा एक कोठा र दुई बेड हुनुपुर्ने, बढीमा चार कोठा र आठ बेड मात्र राख्न पाइने, शौचालय र स्नानगृहको अनिवार्य व्यवस्था हुनुपर्नेलगायत मापदण्ड पूरा होमस्टे दर्ता गराउनुपर्छ । त्यो मापदण्ड औसत ६७.५ प्रतिशत मात्र पूरा भएको छ ।
गाउँगाउँमा सरकारको अनुभूति
अर्जुनचौपारी गाउँपालिका–६ का ९८ वर्षीय मोतीलाल तिवारी घरमै वृद्ध भत्ता पाएकोमा हर्षित हुनुभएको छ । घरदेखि तीन घण्टा लगाएर बैङ्कमा पुगेर घण्टौँ लाइनमा बसेर वृद्ध भत्ता लिने तिवारीले क्षणभरमै वृद्ध भत्ता पाउनुभएको हो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री नेपालीमा कोरोना संक्रमण
काठमाडौं, साउन ३ गते। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई कोरोना संक्रमण भएको छ। मंगलबार पीसीआर परीक्षण गर्दा उहाँमा कोरोना पुष्टी भएको हो। उहाँलाई आइतबारदेखि सामान्य रुघा लागेको थियो भने सोमबार बिहानबाट हल्का ज्वरो आएको थियो। सोमबारदेखि नै चिकित्सकको निगरानीमा पुग्नु भएका पोखरेलले मंगलबार पीसीआर परीक्षणका लागि स्वाब दिनुभएको हो। उहाँलाई कोरोना संक्रमण भएको रिपोर्ट मंगलबार साँझ आएको हो। चिकित्सकका अनुसार उहाँलाई अहिले हल्का ज्वरो आए पनि अक्सिजनको मात्रा र छातीको अवस्था सामान्य छ। बुधबार बिहान उहाँको थप स्वास्थ्य परीक्षण गरिने भएको छ। हाल उहाँ पोखरास्थित सरकारी निवासमै आराम गरिरहनुभएको छ। कोरोना संक्रमण बढेकामा सतर्क रहन आग्रह गर्दै उहाँले मास्क, सेनिटाइजरको प्रयोग गर्न र सामाजिक दुरी कायम गर्न अनुरोध गर्नुभएको छ।
गलेश्वरधाममा एकै दिन तीन लाखभन्दा बढी भेटी सङ्कलन
दोस्रो पशुपतिनाथको नामले परिचित म्याग्दीको गलेश्वरधाममा साउनको पहिलो सोमबार मन्दिरमा भक्तजनले चढाएको भेटी गणनापछि मंगलबार सार्वजनिक गर्दै गलेश्वर शिवालय क्षेत्र विकास कोषका पदाधिकारी ।
वर्षाको आशमा किसान
बागलुङ नगरपालिका– १२ अमलाचौरका ज्ञानेन्द्र ढकालको वर्ष दिन खान पुग्ने धान फल्ने खेत साउन सुरु हुँदासमेत बाँझै छ । विगतका वर्षमा यो बेलासम्म रोपाइँ सक्ने मेसो चलिरहेको हुन्थ्यो ।