फरासिला बाजेको निरसिलो कथा : ‘रोगले छोएन, दुःखले छोडेन’
उमेरले ९७ औं वसन्त पार गरे पनि उहाँले जीवनमा कहिल्यै पनि सुख प्राप्त गर्न सक्नुभएन । स्वस्थ शरीर र फरासिलो अनुहार भए पनि मनभित्र पीडा र दुःखको सुनामी चलिरह्यो ।
डाँडाखेत–राहुघाट प्रसारण लाइनको जग्गा अधिग्रहण सुरु
जिल्लाको पश्चिमी क्षेत्र भएर बग्ने म्याग्दी र आसपासका नदीमा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय ग्रिडमा जोड्न प्रशारण लाइन निर्माणको तयारी भएको छ ।
व्यापारीको अतिक्रमणमा फुटपाथ
पर्वत सदरमुकाम कुश्मा बजारको मुख्य सडक शिवालय चोकदेखि प्रगति चोकसम्मको सडक फुटपाथ व्यापारीले अतिक्रमण गरी सामान राख्दा पैदलयात्रीलाई सास्ती भएको छ। मुख्य बजारक्षेत्रको मुख्य सडक व्यापारीका कारण अस्तव्यस्त हुँदा पनि सम्बद्ध निकायले कुनै चासो देखाएको छैन। कुश्मा नगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालयसमेत यो समस्या समाधानमा मौन देखिएका छन्।
‘करेन्ट’ पीडित र प्राधिकरणबीच ७ बुँदे सहमती
पर्वतको जलजला गाउँपालिका–७ धाइरिङमा ‘हाइ भोल्टेज’को विद्युत् प्रवाह हुँदा भएको घटनाका पीडित र प्राधिकरणका बीच सात बुँदे सहमति भएको छ । सोमबार बिहान भएको घटनामा परि १ जनाको मृत्यू र १२ जना घाईते भएका थिए ।
आलेको हत्यामा संलग्न सात जना पुर्पक्षका लागि कारागार चलान
गोरखा नगरपालिका–८ स्थित नयाँबस्तीका २० वर्षीय अनिल आलेको हत्याका आरोपी सात प्रतिवादीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला अदालतले आले हत्या आरोपका प्रतिवादीलाई कारागार चलान गर्न आदेश दिएपछि उनीहरूलाई कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सोमदास ढकालले जानकारी दिनुभयो ।
दुर्घटना रोक्न ‘राडार गन’
पोखरा महानगरपालिका–२५, हेम्जा हुँदै जाने मध्यपहाडी लोकमार्ग क्षेत्र ‘भाइरल रोड’का नामले चिनिन्छ। फराकिलो सडक, रङरोगन र ट्राफिक सङ्केत जनाउने अनेक रेखा र चिह्नले सडकलाई आकर्षक बनाएको छ। त्यही सडकमा पुगेर ‘टिकटक’ बनाउन फोटो खिच्नेहरूका कारण यो ‘भाइरल रोड’ बन्न पुग्यो। पोखरा–बागलुङ सडकखण्डअन्तर्गत मध्यपहाडी लोकमार्गको यो सडकमा पछिल्लो समय अत्यधिक दुर्घटना हुन थालेको छ। केही वर्षपहिलेसम्म थोरै मात्रामा घर रहेको हेम्जा अहिले बजारमा परिणत भएको छ।
विश्व आदिवासी दिवसमा सार्वजनिक बिदा
विश्व आदिवासी दिवसका अवसरमा तनहुँका छ स्थानीय तहले सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । मंगलबार (आज) मनाइने सो दिवसका लागि यहाँका शुक्लागण्डकी, भानु, व्यास नगरपालिका सहित म्याग्दे, ऋषिङ , घिरिङ गाउँपालिकाले बिदा दिने निर्णय गरेका हुन् ।
गाडीका नम्बर प्लेट देखिने सिसि क्यामरा जडान
ट्राफिक कार्यालय स्याङ्जाले राजमार्गमा गुड्ने सवारी साधनका नम्बर प्लेट देखिनेगरी सिसि क्यामरा जडान गरेको छ । कार्यालय भित्रको एउटा कक्षमा बसेर वीपी चोक, सहिदचोक, बाडखोला चोक र ट्राफिक चोकका गतिबिधि सजिलै नियाल्न सकिएको ट्राफिक प्रमुख मिनबहादुर कुवँरले बताउनुभयो ।
पर्वतको धाइरिङमा विद्युतको हाइभोल्टेजका कारण १ को मृत्यु, १२ घाइते
पर्वतको जलजला गाउँपालिका वडा नं. ७ धाइरिङ धारापानीमा करेन्ट लागेर १ महिलाको मृत्यु भएको छ । सोमबार बिहान एक्कासी बिद्युतको तारमा हाईभोल्टेज प्रवाह हुँदा ५० वर्षीय सिता केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
आयोजना सकिएको दुई वर्षमा पनि आएन पानी
बागलुङ नगरपालिका–१ खनियाघाटस्थित माझी वस्ती लक्षित खानेपानी आयोजनाको काम सम्पन्न भएको दुई वर्ष पुग्यो । ‘एक घर एक धारा’ अभियानअन्तर्गत लिफ्ट प्रविधिमार्फत खानेपानी जडान गर्न वस्तीका २२ वटा घरमा धारा जडान भए पनि पानी आएको छैन ।
लोमान्थाङमा गल्फ प्रतियोगिता हुने
समुन्द्र सतहबाट चार हजार ६४५ मिटर उचाईमा रहेको मुस्ताङको लोमान्थाङमा भदौ ११ गते गल्फ प्रतियोगिता हुने भएको छ । लोमान्थाङ गाउँपालिका–५ लोवथाङमा रहेको नौ होलको गल्फ कोर्समा औपचारिक प्रतियोगिता आयोजना गरिन लागिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा गण्डकी प्रदेशसभा सदस्य ईन्द्रधारा विष्टले जानकारी दिनुभयो ।
७१ मेगावाट क्षमताको नीलगिरि जलविद्युत निर्माण अन्तिम चरणमा
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा निर्माणधीन ७१ मेगावाट क्षमताको नीलगिरि दोस्रो जलविद्युत आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । चार हजार दुईसय ७५ मिटर लामो सुरुङको ब्रेकथ्रु भएसँगे आयोजनाको कामले गतिलिएको छ ।
निजीलाई सामुदायिक विद्यालयको चुनौती
पर्वत सदरमुकाम कुस्मामा रहेको नारायण माध्यमिक विद्यालयले यस वर्षको एसईईमा धौलागिरिमा नै उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ। सामुदायिक विद्यालयमा पढाइ हुँदैन भन्ने आम धारणालाई चुनौती दिँदै नारायाण माध्यमिक विद्यालयले गरेको प्रगति यस क्षेत्रकै उदाहरण बनेको छ।
मर्स्याङदीले योजनाको काम बैशाख मसान्तभित्रै सक्ने
लमजुङको मर्स्याङदी गाउँपालिकाले गाउँपालिकाभित्र सञ्चालित सबैखाले विकासे योजनाको काम बैशाख मसान्तभित्रै सकाउने गरी काम अघि बढाएको छ ।
रुविका र दिनेश आइटीएफ वर्ष उत्कृष्ट
बागमती प्रदेशकी रुबीका खड्का र नेपाल आर्मीका दिनेश बुढामगर वर्षका उत्कृष्ट खेलाडी घोषित हुनुभयो ।
पत्रकारितामा अकुंश लगाउनु हुँदैन : डा. कोइराला
नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा केन्द्रीय सदस्य डा. शशांक कोइरालाले पत्रकारिता स्वतन्त्र रुपले चल्ने पेशा भएकाले कसैले अंकुश लगाउन नहुने बताउनुभएको छ । नेपाल प्रेस युनियन नवलपुरले आयोजना गरेको सम्मान तथा अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । सत्य तथ्य र निष्पक्ष तरिकाले पत्रकारले समाचार सम्प्रेशण गर्नुपर्ने उहाँको भनाइ छ ।
नवौं राष्ट्रिय खेलकुदको बजेट ६० करोड
गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको बजेट ६० करोड रुपियाँ रहेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव टंकलाल घिसिङले नवौं खेलकुद तोकिएको समयमा हुने र यसका लागि सरकारले आवश्यक बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।
नुनसँग जोडिएको हिमाली मौलिकता नै ओझेलमा
पोखरा, साउन २२ गते । पहिलेपहिले नेपालका सबै पहाडी र हिमाली भेगका बासिन्दा नुन किन्न भोट या नेपालपट्टिका तिब्बती बजारसम्म पुग्थे । तामाकोसी, अरुण, त्रिशूली, भोटेकोसी, मर्स्याङ्दी, कालीगण्डकी र कर्णालीका उपल्लोतटीय किनार नुन व्यापारका मुख्य मार्ग नै थियो । वर्षा रोकिएपछि ती भेगका बासिन्दा भदौ महिनामा तिब्बत गएर नुन र अरू सामग्री भेडा, च्याङ्ग्रा या घोडालाई बोकाएर ल्याउने, महिनौ लगाएर हिउँदमा त्यो सामान बिक्री गर्न तराई र भारतीय सीमासम्म पुग्ने गर्दथे । गर्मी लाग्दै गर्दा तराईको अन्नपात बोकाएर पहाड, हिमाल फर्कने हिमालय सीमापार व्यापार गर्ने समुदायको नियमित कारोबार संस्कृति नै बनेको पृथ्वीनारायण क्याम्पस पोखरामा प्राध्यापनरत रामचन्द्र बरालको ‘नुन व्यापार मार्गसँग जोडिएका कालीगण्डकी भोट बेंसी सम्बन्धहरू’ शीर्षकको अनुसन्धानमा भनिएको छ ।अन्यत्रको नुन व्यापारमा हिमाली खम्पा जातिको सक्रियता भए पनि कालीगण्डकी करिडोरको नुन व्यापारमा थकाली जातिको सक्रियता देखिएको बताउँदै बरालले तत्कालीन नुन अर्थतन्त्रमा आधारित भोट र पहाड बीचको सम्पर्क दूत थकाली जाति नै रहेको उल्लेख गर्नुभयो ।‘नुन लिन भोट’ भन्ने प्राचीन उखान मात्र नभएर बास्तविकता नै थियो । तर पछिल्ला पुस्ताका लागि भने यो उखान एकादेशको कथा जस्तै बनेको छ । करिब दुई दशकअघिसम्म प्रशोधित आयो नुनको प्रयोग नभएका अवस्थामा नेपालमा विशेषगरी हिमाली भूभाग र चीनबाट नुन आयात हुने गर्दथ्यो । यातायातको पहुँच नभएका कारण नुन लिन हप्तौँ हिँडेर ल्याउनुपर्ने तत्कालीन बाध्यता अहिलेका पुस्तालाई भने एकादेशको कथाजस्तै बनेको कास्की भरतपोखरीका ९० वर्षीय तीलकराम पौडेल बताउनुहुन्छ । उहाँलाई सुरुसुरुमा मुस्ताङको लेतेसम्म पुगेर नुन ल्याएको अनुभव अझै पनि ताजै छ । ढिके नुनका रूपमा चिनिने हिमाली भेगमा पाइने नुन साल्ट ट्रेडिङ कर्पोरेशनले आयो नुन बजारमा ल्याएसँगै छायाँमा परेको हो । हिमालपारिको जिल्ला मुस्ताङको छुसाङस्थित तेताङमा रहेको नुन खानी पछिल्ला वर्ष बन्द भएको छ ।तीनताका नुन खानीकै कारण यहाँका धेरैले रोजगारीसमेत पाएका थिए । खानी बन्द भएसँगै रोजगारी त हटेको छ नै पैसा तिरेर महँगोमा नुन खानुपरेको स्थानीयवासीको गुनासो पनि छ । प्राचीन समयमा मुस्ताङको ढिके नुन देशका अधिकांश भागमा पुग्दथ्यो । बजारमा नुनको माग पूरा गर्न स्थानीयवासीलाई धौधौ थियो । नुन बेचेरै यहाँका स्थानीयवासीको जीविका चलेको थियो ।पछिल्लो दशकमा नुन खानीको संरक्षणको साटो आयोडिन नभएको नुन खाए गलगाँड आउँछ भनेर प्रचार गरिएको र केवल गाईभैँसीलाई मात्र खुवाउन थालिएपछि यहाँको नुनसँग जोडिएको मौलिकता नै ओझेलमा पारिएको स्थानीयवासीको दुखेसो छ । तत्कालीन समयमा कास्की, स्याङ्जालगायत आसपासका बासिन्दाले चामलसँग नुन साटेर लैजान्थे । अनुसन्धाता बरालका अनुसार तत्कालीन समयमा गण्डकी क्षेत्रका टुकुचे, दाना तातोपानी, तिप्ल्याङ, बीरेठाँटी मुख्य नुन व्यापार केन्द्रका रुपमा स्थापित बनेका थिए । टुकुचे यहाँको पुरानो भन्सार क्षेत्र हो । भोटका नुन व्यापारीले भण्डारण गर्ने र तल्लो पहाडकाले नुन खरिद गर्ने केन्द्र बजारका रुपमा यसले आफ्नो स्थान ओगटेको थियो । तत्कालीन थकाली सुब्बाको नुन ठेकेदारीमा पहुँच घटेसँगै भन्सार दानामा सरेपछि टुकुचेको नुन बजार सुस्ताएको बराल बताउनुहुन्छ । टुकुचेबाट सरेको नुन बजारको केन्द्र दाना तातोपानी हुँदै क्रमशः भुरुङ तातोपानीतर्फ सरेको उहाँले बताउनुभयो ।विशेषत : ढाक्रेहरू र अन्य बटुवा तातेपानी कुण्डमा डुबेर भोटको चिसो फाल्ने मनसायले कुण्ड नजीकैका भट्टीमा बस्ने क्रमसँगै दानापछिको नुन बजार केन्द्रका रुपमा तातोपानी स्थान ओगटेको थियो । कास्की वीरेठाँटी आउने ढाक्रे र पश्चिम बेनी तथा कार्कीनेटा जाने ढाक्रेको सामूहिक जमघट हुने र छुट्टिने स्थान यहीँ भएकाले तुलनात्मक रुपमा यहाँ बढी चहलपहल हुने गर्दथ्यो ।नुन व्यापारकै अर्को केन्द्रका रुपमा रहेको तिप्ल्याङ मुस्ताङ प्रवेशका लागि कठिन भिरमुनिको बस्तीका रुपमा परिचित छ । बाह्रगाउँ सेरिवका स्थानीयले आफूले स्थानीय खानीबाट किने, पाएको नुन र भोटका व्यापारीसँग साटेको नुनलाई चामल र अन्य खाद्यान्न तथा लत्ताकपडाका लागि विनिमय गर्न टुकुचे आउन नसकेका ढाक्रेलाई बढी मोलमा नुन बेच्न पाइने आशामा तिप्ल्याङसम्म ल्याएर बेच्ने गर्दथे । यसो गर्दा भन्सारको समस्या नपर्ने र डरलाग्दो भिरको बाटो हिँड्न नपर्ने भन्दै ढाक्रेलाई केही बढी मूल्यमा नुन चामल साटिन्थ्यो । तिप्ल्याङ बजारमा प्रायः बेनीतर्फको कालीगण्डकी तटीय पदमार्गका ढाक्रेको जमघट हुन्थ्यो । भारी बोक्नसक्ने आँट भएका र अझ सस्तोमा नुन ल्याउने नाइकेको साथ पाएका ढाक्रे भने अझ उपल्लो बस्तीतिर लम्कँदै टुकुचै नै आउँथे । बरालका अनुसार नुन बजारको केन्द्रका रुपमा रहेको वीरेठाँटी तत्कालीन समयको ढाक्रे विश्राम बजारका रुपमा परिचित थियो । भोट जाँदा उल्लेरीको उकालो चढ्नु पहिले बास बस्ने थलो र नुन बोकी ल्याउँदा चन्द्रकोट लुम्लेको उकालो चढ्नुपर्ने तयारीका लागि विश्राम गर्ने थलोका रुपमा रहेका कारण यो आवतजावत गर्दा बास बस्ने गन्तव्यका रुपमा विकास भएको थियो ।दुई दशकअघिसम्म मुस्ताङका स्थानीयवासीले त्यहाँको स्थानीय नुन नै प्रयोग गरे पनि पछिल्ला समयमा उत्पादन नै रोकिएपछि प्रशोधित नुन नै खाने गरेका छन् । मुस्ताङको नुन खानी रहेको तेताङका स्थानीयवासीले उक्त खानीबाट अझै पनि नुनको पानी ल्याएर खाने गरेको प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले जानकारी दिनुभयो ।नुनखानी हिमाली मौलिकतासमेत भएको र यसलाई जोगाउनका लागि मुस्ताङस्थित तेताङको नुनखानी सञ्चालनमा ल्याउन सरकारले प्रयास गरे पनि त्यो सार्थक हुन सकेको छैन । सांसद तुलाचनका अनुसार अघिल्लो वर्ष नुन खानी सञ्चालनका लागि बोलपत्र आह्वान भए पनि कसैको पनि निवेदन परेन ।विसं २०६० अघिसम्म स्थानीय शङ्करमान शेरचनले तेताङको नुन खानीबाट नुन निकाल्नु भएको भए पनि त्यसपछि भने उक्त नुनखानी बन्द छ । तत्कालीन समयमा शेरचनले वार्षिक ५० देखि ६० मुरीसम्म नुन उक्त खानीबाट निकाल्नुहुन्थ्यो । “उत्पादनको अवस्थासँगै खानी सञ्चालनका लागि लाइसेन्स आदि प्रक्रियाका कारण पनि टेण्डर हुँदा पनि निवेदन पर्न सकेनन्”, उहाँले भन्नुभयो, “यस क्षेत्रको प्राचीन मौलिकता कायम राख्नका लागि नुन खानी सञ्चालनको जमर्को गरेका हौँ ।”मुस्ताङमा आउने पर्यटकलाई नुन खानीसम्म पुर्याउने र यहाँको कोसेलीका रूपमा किनेर लैजानसक्ने व्यवस्थाका लागि पनि सरकारले त्यसको सञ्चालनको सोच बढाएको हो । त्यसका लागि खानी तथा भूगर्भ विभाग र सम्बद्ध निकायका प्रतिनिधिसहितको प्राविधिक टोलीले नुनखानीको अध्ययन गर्दै उत्पादनका लागि आवश्यक प्रक्रिया बढाउन प्रतिवेदन बुझाएको थियो । सडकमार्गको पहुँच र नुन खानी रहेको पहाडबाट बग्ने नुनिलो पानीलाई पाइपलाइनमार्फत सहज ठाउँमा ल्याएर उत्पादन गर्न सकिने सो प्रतिवेदनमा सुझाव दिइएको थियो ।मुस्ताङको छुक्सङस्थित तेताङमा नुनखानीको पहाडै छ । मुस्ताङको नुन खानीबाट निकालिएको नुन चोखो हुने धार्मिक जनविश्वास छ । कुनै शुभसाइत वा जललाई चोखो बनाउन यहाँका नुन प्रयोग गर्ने गरिएको र वास्तुशास्त्रीय हिसाबले पनि यसको विशेष महत्व मानिने भएकाले घरको जगसाइतमा मुस्ताङी नुनको प्रयोग गर्ने प्रचलन छ ।तत्कालीन समयमा नुनकै लागि प्रख्यात मुस्ताङमा अहिले भने पोखराबाट प्रशोधित नुन जाने गरेको छ । पोखरास्थित साल्टट्रेडिङ कर्पोरेशन लिमिटेड गण्डकी प्रदेश कार्यालयबाट वार्षिक ८०० क्विन्टल नुन मुस्ताङका लागि जाने गरेको सो कार्यालयका प्रमुख वासुदेव उपाध्यायले जानकारी दिनुभयो । मुस्ताङको लागि साल्ट ट्रेडिङ कर्पोरेशनले बजारमा ल्याएको प्रशोधित भानु नामको नुन पठाउने गरेको छ ।पछिल्ला समयमा चीनले सिल्क रोडका माध्यमबाट महादेशीय मुलुकलाई जोड्ने अन्तर्राष्ट्रिय व्यापारिक मार्गको पुरानो पहिचानलाई आधुनिक मार्गको जालोमा जोडने गरी रेशम मार्गको योजना अगाडि सारेका अवस्थामा यससँग जोडिएको नुन मार्ग पनि यतिखेर चासो र चर्चामा छ । पुरातत्व विभागले मुस्ताङको कोरला नाकाबाट कालीगण्डकी कोरिडोर हुँदै भएको प्राचीन नुन व्यापार मार्गमा उत्तर र दक्षिणका छिमेकीबीचको रेशम मार्गसँगको सम्बन्धबारे प्रमाण जुटाउन छलफल एवं अन्तक्र्रिया पनि थालेको छ । रेशम मार्गसँग नेपालको संलग्नतामा भोट-मधेसको नुन व्यापार मार्गका रूपमा परिचित लोमन्थाङ-लुम्बिनीसम्मको प्राचीन मार्गलाई पहिचान गरी यस मार्गमा पर्ने बस्ती, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको सूक्ष्म अध्ययन अन्वेषण थालेसँगै यसले महत्व पाएको हो।विगतमा भोटमा निर्भर भएको नुनको आपूर्ति स्रोत मुस्ताङी मार्गबाट हुने नुन तथा ऊनको व्यापार चक्र रोकिएसँगै दक्षिणका सामुद्रिक नुनमा भर पर्न प्रेरित बनेको देखिन्छ । नुनका लागि भोट जाने ढाक्रेहरुले भदौमा भोटतिर जाँदा उनीहरू बाटामा जडीबुटी सङ्कलन गर्दै जाने र बिक्री गरी त्यही पैसाले किनमेल गर्दा आर्थिक गतिविधि चलायमान बनेको थियो ।तत्कालीन समयमा तिब्बतसँग जोडिएका विभिन्न क्षेत्रबाट नुन र ऊनको व्यापारका लागि विभिन्न मार्ग निर्माण भएको बताउँदै अनुसन्धाता बरालले यीमध्ये मुस्ताङ, रसुवाको केरुङ, उपल्लो डोल्पा र हुम्लाको लिमी उपत्यका प्रमुख रहेको बताउनुहुन्छ। यी क्षेत्रमा बसोबास गर्ने मानिस पहाडी र तराई क्षेत्रको अन्न भोटसम्म र भोटको नुन र उन नेपालका पहाडी र तराई क्षेत्रसम्म पुर्याउने उहाँले जानकारी दिनुभयो ।नुन मार्गका ढाक्रेहरुलाई सुस्ताउने चौतारी, विश्राम गर्ने पाटी-पौवा, खोला तर्ने काठे साँघु निर्माण गर्ने र पानी खाने धारो बनाएर कृति राख्ने प्रचलन त्यसै समयदेखि सुरु भएको थियो । भोटबाट आयात हुने ढिके नुन र हिमाली क्षेत्रका नुन खानीबाट उत्पादित नुनले नेपालको नुन बजारको माग धानेकामा पछिल्ला समयमा देश पूर्णरुपमा नुनमा परनिर्भर बनेको छ । गलगाँडको प्रभाव आदिलाई देखाएर आयोडिन युक्त नुन प्रयोगका नाममा हाम्रो भोटसँगको साल्ट रोड तहसनहस पार्नुका साथै हिमाली जनजीवन, त्यससँग जोडिएका कथा र त्यहाँको अर्थतन्त्रलाई समेत परनिर्भर बनाइएको बरालको भनाइ छ ।
आठ वर्षमा बन्यो सेतीदोभान पुल
अर्जुन चौपारी–१ को केवरे र आँधीखोला गाउँपालिका–५ सेतीदोभानमा मोटरेबल पुल निर्माण भएको छ। सिद्धार्थ राजमार्गबाट हेलु–अर्जुन चौपारी हुँदै पर्वतको केवरेखोलामा यसअघि नै पुल निर्माण भइसकेको छ। तर, नागडाँडा–आँधीखोला हुँदै पर्वत जाने बाटोमा पर्ने सेतीखोलामा भने आठ वर्षपछि पुल बनेको हो। पुल निर्माण ठेक्का सम्झौता भएको छ महिनामै दुवैतर्फको खोला किनारमा पुलको फाउन्डेसन बनाइएको थियो।
रोजगारीको सुनिश्चित हुनुपर्ने अस्पतालका कर्मचारीको माग
जिल्ला अस्पताल लमजुङका कर्मचारीहरुले अस्पतालमा कार्यरत सवै कर्मचारीको रोजगारीको सुनिश्चित हुनुपर्ने माग गरेका छन् ।
शवदाह गृह सञ्चालनको माग
पोखरामा लामो समयदेखि बन्द रहेको शवदाह गृह सञ्चालनको माग गरिएको छ। पोखरा महानगरपालिका–९, शान्तिघाटस्थित शवदाह गृह केही समयदेखि बन्द हुँदा दाहसंस्कारमा समस्या भएको छ। शवदाह गृह सञ्चालनको जिम्मा पाएको शान्तिघाट विकास समिति र ज्येष्ठ नागरिक सरोकार समाज नेपालले शवदाह गृहको सेवा बन्द गर्दा आफन्त गुमाएका नागरिकले दुःख खेप्नु परेकाले तत्काल खुलाउन माग गरेका छन्।
सेवाग्राहीका लागि सेवाकेन्द्र स्थापना
पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिकाले सेवाग्राहीको लागि नागरिक सेवाकेन्द्र स्थापना गरेको छ । नगरपालिकाको सार्वजनिक सेवा प्रवाहलाई सहज, छिटो, छरितो, पारदर्शी र नागरिकमैत्री बनाउन एकीकृत सेवा सुरु गरिएको नगरपालिकाका नगरप्रमुख भिमलाल अधिकारीले बताउनुभयो ।
दुखुखोलाको पुल जोखिम
जिल्लाको पश्चिम भेगालाई जोड्ने बेनी दरवाङ सडक अन्तर्गत मंगला र मालिका गाउँपालिकाको सिमानामा रहेको दुखुखोला पुल भत्किने जोखिम बढेको छ । दुखुखोलामा आएको बाढीका कारण पुलको वारीपारी निर्माण गरिएका संरचना कटान गर्न थालेपछि पुल भत्किने जोखिम बढेको हो ।
विदेश जानभन्दा साइकलमै तरकारी बेच्न ठीक
देशमै गर्न सकिन्छ भन्ने अठोटका साथ तनहुँका एक युवकले साइकलमा तरकारी बोकी घरघरै विक्री गर्न थाल्नु भएको छ । व्याँस नगरपालिका १० कुमलटारीका २६ वर्षीय विनोद सापकोटाले बिदेश जानु भन्दा स्वदेशमा पसिना बगाउनपर्छ भन्ने सोचाईले तरकारी बिक्री थालेको बताउनुभयो ।