अमरराज नहर्की
तनहुँ, असोज २८ गते । चितुवाको आक्रमणबाट तनहुँमा एक बालिका घाइते हुनु भएको छ । आँबुखैरेनी गाउँपालिका – १ बरादी निवासी प्रेमराज गौलीको छोरी वर्ष ६ की प्रनिशा गौली घाइते भएको प्रहरीले जनाएको छ ।
शनिवार साँझ ६ः४५ बजे आफ्नै घरको आँगनमा खेलिरहेको चितुवाले आक्रमण गरी घाइते बनाएको जिल्ल प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिनुभयो । घर देखि १० मिटर लगेको अवस्थामा निजकै बुबाले थाहा पाई तत्काल उद्धार गरेको प्रनाउ खाँडले जानकारी दिनुभयो ।
घाइते बालकको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र सत्र सय तनहुँमा प्राथमिक उपचार पश्चात् थप उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर चितवन पठाइएको र उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रनाउ खाँडले जानकारी दिनुभयो ।