स्वास्थ्य संस्थाका लागि डेढ सय कर्मचारीको दरबन्दी स्वीकृत
गत पुस २९ गते सुरु भएको पोखरा महानगरपालिकाको १४ औँ नगर सभा आइतबार राति सकिएको छ । सभाले महानगरका स्वास्थ्य संस्थाका लागि एक सय ५४ नयाँ दरबन्दी स्वीकृत गरेको छ ।
गन्धर्व बालबालिकालाई सारङ्गी बजाउने तालिम
गण्डकी प्रज्ञा–प्रतिष्ठानको आयोजना एवं हेम्जा साहित्य प्रतिष्ठानसँगका सहकार्यमा कास्कीको हेम्जामा एक महिने सारङ्गी प्रशिक्षण सम्पन्न भएको छ । गन्धर्व समुदायका २५ बालबालिकाको सहभागिता रहेको प्रशिक्षणमा स्थापित सारङ्गी बादक सम्मरबहादुर गायकले सहजीकरण गर्नुुभएको थियो ।
भएन सर्वोच्चको निर्णय कार्यान्वयन
छ महिनाभित्र शोधभर्ना वा क्षतिपूर्ति दिन सर्वोच्च अदालतले गरेको फैसला साढे छ वर्षसम्म कार्यान्वयन हुन सकेको छैन ।
पण्डित लगनशील र कर्तव्यनिष्ठ पत्रकार
गोरखापत्र दैनिकका सह-सम्पादक शेषकान्त पण्डितको निधन भएको १३ औँ दिनको पुण्यतिथिमा आइतबार नेपाल प्रेस युनियन गोरखापत्र प्रतिष्ठान शाखाले शोक सभाको आयोजना गरेको छ।
चिनियाँ चाडपर्वले १५ दिन कोरला नाका बन्द
नेपाल-चीनको सीमामा पर्ने उत्तरी कोरला नाका १५ दिनका लागि बन्द हुने भएको छ।
गण्डकी सरकारको मन्त्रिपरिषद् बैठक बागलुङको पञ्चकोटमा हुने
गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठक बागलुङ नगरपालिका ६ स्थित ऐतिहासिक, धार्मिक स्थल पञ्चकोटमा बस्ने भएको छ ।
मर्स्याङ्दी जलविद्युत केन्द्रको मुआब्जा वितरण कार्य ९० प्रतिशत पुरा
तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत केन्द्रको बाँधको किनारमा रहेको जग्गा अधिग्रहणका लागि मुआब्जा वितरण कार्य ९० प्रतिशत पुरा भएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटस्थित केन्द्रको बाँध किनारमा रहेका विभिन्न व्यक्तिको जग्गा स्थायी रूपले प्राप्त गर्नका लागि मुआब्जा निर्धारण भई काम अन्तिम चरणमा पुगेको हो ।
माघमै फुल्यो लालीगुराँस
चैत–वैशाखमा फुल्ने लालीगुराँस यस वर्ष माघ महिनामै फुलेको छ । बेँसीसहर नगरपालिका–७ स्थित डिभिजन वन कार्यालय लमजुङका प्रमुख डिभिजन वन अधिकृत दीपकप्रसाद पण्डितका अनुसार राइनास नगरपालिकाको राइनासकोट, क्व्होलासोथर गाउँपालिका वडा नं १ रापासिङ, वडा नं ६ पसगाउँ, मस्र्याङ्दी गाउँपालिका वडा नं ३ सिउरुङलगायत जिल्लाका अधिकांश स्थानमा समयअगावै लालीगुराँस फुल्न थालेको हो ।
निसीमा खानेपानीको समस्या : बजेट अभावले आयोजना सुरु हुन सकेन
बागलुङको निसीखोला गाउँपालिका–५ निसीमा बस्ती विस्तार हुँदै गएको छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा पर्ने निसीगाउँ जनघनत्व बढ्न थालेसँगै खानेपानीको आपूर्तिमा समस्या हुन थालेको छ । अहिलेसम्म यहाँ एक घर एक धारा निर्माण हुनसकेको छैन ।
बादीकाको भिरमा सडक ढलान भएपछि ......
धवलागिरि गाउँपालिका–७ बादीकाको भिरको सडकमा ट्रयाक खन्नै मुस्किल थियो । स्थानीयको चन्दा संकलन गरी डोजर प्रयोगबाट १३ वर्षअघि अक्करे पहाडमा ट्रयाक खोलिएको थियो । अहिले सडकको स्तरोन्नति भएपछि भने अक्करे भिरमा सवारीसाधन सहजरूपमा वारपार गर्न सक्ने भएका छन् ।
पृथ्वीराजमार्ग पोखरा-मुग्लिन सडक विस्तारः पूर्वी खण्डमा २६ किलोमिटर कालोपत्रे
पृथ्वीराजमार्गको पोखरा-मुग्लिन विस्तार अन्तर्गत पूर्वी खण्डको काम तीव्र पारिएको छ । यस खण्डको दुईतर्फी गरी करिब २६ किलोमिटर कालोपत्रे भइसकेको छ ।
‘दलको कमजोरीका कारण राजावादी मौलाए’
नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालले सत्तामा बसेका पार्टीहरूले राम्रोसँग काम गर्न नसक्दा राजावादीहरू मौलाइरहेको बताउनुभएको छ ।
बेंसीसहर-चामे सडक सात किलोमिटर कालोपत्रे
बेंसीसहर-चामे सडक सात किलोमिटर कालोपत्रे गरिएको छ । लमजुङ-मनाङ जोड्ने एकमात्र सडकअन्तर्गत बेंसीसहरदेखि खुदीसम्मको सात दशमलव आठ किलोमिटर सडक कालोपत्रे भएको हो ।
व्यावसायिक बाख्रापालक किसान पेसा प्रवर्द्धन गर्न एकताबद्ध
तनहुँमा व्यावसायिकरुपमा बाख्रापालन गर्दै आएका किसान एकत्रित भएका छन् । माछामासुमा आत्मनिर्भर तनहुँका किसान अन्य जिल्लाबाट खसीबोका ल्याउने कार्यलाई निरुत्साहन गर्न एकजुट भएका हुन् ।
मर्स्याङ्दी जलविद्युतको उत्पादन आधा घट्यो
तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत केन्द्रको विद्युत उत्पादन आधा घटेको छ । सुख्यायामसँगै नदीमा पानीको बहाव कम हुन थालेपछि उत्पादन ३५ मेगावाट घटेको केन्द्रले जनाएको छ ।
सडक स्तरोन्नतिपछि यात्राअवधि छोटियो
म्याग्दीको दरवाङ–धारापानी सडक स्तरोन्नति भएपछि यात्राअवधि छोटिएको छ । मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि सोही पालिकाको वडा नं ५ फेदी हुँदै धौलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने सडकको धारापानीसम्मको खण्ड स्तरोन्नति सकिएको छ ।
सरकारको विकल्प तयार छैन : झलनाथ खनाल
पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले वर्तमान सरकारको विकल्प तयार भइनसकेको बताउनुभएको छ।
बागलुङको पाण्डवखानी गाउँ
पश्चिम बागलुङको दुर्गममा रहेको पाण्डवखानी गाउँ । गलकोट नगरपालिका–१० मा पर्ने यस गाउँ पर्यटकीय हिसाबले निकै आकर्षक छ । तस्बिर : डम्मर बुढामगर, ढोरपाटन/रासस
दरबाङ–धारापानी सडकको स्तरोन्नति
म्याग्दीको पश्चिम दरवाङदेखि धारापानीसम्मको सडक स्तरोन्नति योजना सम्पन्न भएको छ । मालिका गाउँपालिका केन्द्रदेखि धवलागिरी गाउँपालिकाको केन्द्र मु्नालाई जोड्ने सडक अन्तर्गत करिब ७ किलोमिटर सडक स्तरोन्नति गरिएको हो ।
सडक स्तरोन्नतिले यात्रा सहज
म्याग्दीको मालिका र धवलागिरी गाउँपालिका जोड्ने दरबाङ–धारापानी सडक स्तरोन्नति भएपछि यात्रा सहज भएको छ ।
अफ्रिकन स्वायन फिबर गोरखामा पनि भेटियो
गोरखा नगरपालिका –९ लक्ष्मीबजारमा बङ्गुरमा पाइने स्वायन फिबरको सङ्क्रमण भेटिएको छ । बङ्गुर फर्ममा एक हजारभन्दा बढी बङ्गुर बिरामी पर्न थालेपछि परीक्षण गर्दा अफ्रिकन स्वायन फिबर पुष्टि भएको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रकी प्रमुख शर्मिला कुमालले जानकारी दिनुभयो ।
राजनीति ठीक नभई अरु क्षेत्र सुध्रिFदैन : उपाध्यक्ष पौडेल
नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले देशको समृद्धिका लागि सबैभन्दा पहिले राजनीति ठीक हुनुपर्ने बताउनुभएको छ ।
नेपाल चरा उत्सव सुरु
ग्रामीण क्षेत्रमा चरा, वन्यजन्तु संरक्षणको सन्देश दिने उद्देश्यले उत्सवको आयोजना गरिएको पोखरा पंक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेले जानकारी दिनुभयो ।
बालविवाह रोक्न ‘छोरी सुनौलो भविष्य कार्यक्रम’
पश्चिम नवलपरासीमा बालविवाह रोक्न चुनौती नै बनेको छ । लुम्बिनी प्रदेशभर देखिएको तथ्याङ्कअनुसार पश्चिम नवलपरासीमा बाल विवाह रोक्न चुनौती रहेको छ । पश्चिम नवलपरासी लुम्बिनी प्रदेशमा बाल विवाह गर्ने तथ्याङ्कमा चौथो स्थानमा रहेको छ । यसैबीच जिल्लाको सुस्ता गाउँपालिकाले बालविवाह रोक्नलाई ‘छोरी सुनौलो भविष्य कार्यक्रम’ ल्याएको हो ।