नेपालगन्जका १४० किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप
नेपालगन्ज ४ स्थित कन्या माविमा अध्ययनरत मुस्लिम र मधेशी समुदायका १४० जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको पहिलो खोप लगाइएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
गोवा हिँडेका एक सय नेपाली यात्रुलाई बाटोमा सास्ती
नेपालबाट भारतको गोवा जाने भनी भारतीय बसमा चार दिन अघि त्यसतर्फ हिँडेका पश्चिम नेपालका विभिन्न जिल्लाका सय जना नेपाली अझै गोवा पुगेका छैनन्।
७२ हजार नक्कली भारतीय रुपियाँसहित एक पक्राउ
यहाँस्थित नेपाल भारत सिमानामा रहेको भारतीय सीमावर्ती बजार रूपैडिहामा नक्कली भारतीय रुपियाँको कारोबार भइरहेको खुलासा भएको छ । ७२ हजार नक्कली भारतीय रुपियाँसहित एक जनालाई भारतीय प्रहरीले पक्राउ गरेपछि सो खुलासा भएको हो ।
मुलुकको विकासका लागि दुई ठुला पार्टी मिल्नुको विकल्प छैन : महासचिव पोखरेल
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोख्रेलले संसद्का दुई ठुला दल मिल्नुको विकल्प नभएको बताउनुभयो ।
बाँकेमा ट्राफिक नियम उल्लङ्घनमा कमी
पश्चिम नेपालको केन्द्र बाँके जिल्लामा ट्राफिक नियम उल्लङ्घन गर्ने क्रम विगतको तुलनामा उल्लेख्य मात्रामा घटेको देखिएको छ ।
लोकतन्त्र स्थायित्वका लागि एमाले–काँग्रेस सहकार्य: महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले लोकतन्त्रको स्थायित्वका लागि एमाले–कांग्रेसकाबिच सहकार्य भएको बताउनुभएको छ ।
खरका छाना विस्थापित, लगाइयो जस्तापाता
दुई नगरपालिका र १० गाउँपालिका गरी कुल १२ स्थानीय तह रहेको गुल्मीमा खरका छाना विस्थापित कार्यक्रमबाट नौ हजार ८५९ घरमा जस्तापाता लगाइएको छ । नागरिकलाई आगलागी र मनसुनजन्य विपत्बाट बचाई सुरक्षित आवास निर्माणका लागि नौ हजार ८५९ घरमा खरका छाना विस्थापित गरी जस्तापाता लगाइएको स्थानीय तहको तथ्याङ्कमा उल्लेख छ । मुसीकोट नगरपालिका गुल्मीमा एक हजार दुई सय खरका छाना भएका घरमध्ये एक हजार ५८ घरमा जस्तापाता लगाएको नगरपालिकाले जनाएको छ । बाँकी १४२ घरमा पनि जस्तापाता लगाउने कार्य अन्तिम चरणमा पुगेको र हालसम्म करिब पाँच करोड खर्च भएको सूचना प्रविधि अधिकृत समुन्द्र विक्रम रायमाझीले जानकारी दिनुभयो ।
विदेश पठाउने भन्दै साढे आठ करोड ठगी
वैदेशिक रोजगारीका लागि युएई पठाउने भन्दै काठमाडौँ बस्ने दाङको लमही निवासी दामोदर पोख्रेलले ठगी गरेको भन्दै पाँच जना युवाले सुरक्षित आप्रवासन सामी कार्यक्रम अन्तर्गत जिल्ला प्रशासन कार्यालय घोराहीमा रहेको सूचना परामर्श केन्द्रमा गएको जेठ ६ गते उजुरी दिए । घोराही उपमहानगरपालिका–५, भैँसापथ्रा निवासी डम्बर डाँगीको तीन लाख, ओमबहादुर डाँगीको तीन लाख, गोपाल डाँगीको दुई लाख ५० हजार, तुलसीपुर–९, बेलुवाका ओजबहादुर भण्डारीको दुई लाख र सोही ठाउँका वसन्त थापाको एक लाख ९० हजार रुपियाँ ठगी गरेको भन्दै पीडित युवाले उजुरी दिनुभएको थियो ।
गोलभेँडा रोप्नको लागि तयार गरिएको मल्चिङ
दाङको घोराही उपमहानगरपालिका–१६ स्थित तेरौटेमा बाँके कोहलपुरका नारायण पोख्रेलले गोलभेँडा खेतीका लागि निर्माण गर्नुभएको मल्चिङ । पोख्रेलले तेरौटेमा ११ बिघा जग्गा भाडामा लिएर पाँच वर्षदेखि व्यवसायिक तरकारी खेती गर्दै आउनुभएको छ ।
फोहोर नपाउँदा परीक्षणमै बायोग्यास प्लान्ट
फोहोरबाट ग्यास उत्पादन गरेर घर घरमा पुर्याउने योजना अनुसार दाङको घोराहीमा निर्माण गरिएको बायोग्यास प्लान्ट उद्घाटन भएको दुई वर्षभन्दा बढी भयो । २०७८ चैत १९ गते घोराही उपमहानगरपालिका नगरप्रमुख नरुलाल चौधरीले उद्घाटन गर्नुभएको उक्त प्लान्ट फोहोर अभावका कारण पूर्ण रूपमा सञ्चालन हुन सकेको छैन ।
भैँसीको व्यापारबाट वार्षिक ३५ लाखको कारोबार
जिल्लाको गढवा गाउँपालिका-४ का ५६ वर्षीय महाबुव अली मुसलमानले भैँसीको व्यापार गर्न थाल्नुभएको ३२ वर्ष भयो ।
फलामको रड प्रहार गरी श्रीमतीको हत्या
दाङमा श्रीमानले फलामको रड प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । राजपुर गाउँपालिका–१ रसरी खोला निवासी ३८ वर्षीय गणेश घर्तीले फलामको रड प्रहार गरी ३७ वर्षीया श्रीमती वसन्ती घर्तीको हत्या गरेका हुन् ।
सुत्केरीलाई कोसेली : लोकल कुखुराको भाले र घिउ
महिला सुत्केरी भएको समयमा झोलिलो र पोसिलो खाना आवश्यक पर्ने भन्दै यहाँका एक स्थानीय तहले सुत्केरी भेट्न जाँदा लोकल भाले लिएर जाने नियम बनाएको छ ।
दुईको शव भेटियो, पहिचान हुन बाँकी
नेपालगन्ज उपमहानगरपालिका–१८ मा एकै दिन दुई जना मृत अवस्थामा फेला परेका छन् । एक युवक र एक जना वृद्ध मृत फेला परेको र उनीहरूको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
कृषि प्राविधिक शिक्षाका विद्यार्थी
दाङको घोराही उपमहानगरपालिका(१७ स्थित मदन भण्डारी कृषि प्राविधिक शिक्षालय एग्रिकल्चर इन प्लान्ट साइन्स तेश्रो वर्ष छैठौँ सेमेस्टरका विद्यार्थी घोराही(१६ तेरौटेमा रहेको नविनतम कृषि फर्ममा फलेर सकिएको गोलभेँडाको झाल उखेल्दै ।
सल्लाको खोटोबाट बत्तिस लाख राजस्व
दाङमा सल्लाको खोटोबाट ३२ लाखभन्दा बढी राजस्व सङरकलन भएको छ । जिल्लामा आर्थिक वर्ष २०८०/८१ मा दुई लाख ७२ हजार १२ केजी सल्लाको खोटो बिक्री हुँदा ३२ लाख ७३ हजार
सामाजिक सुरक्षा भत्ताका लागि बाँकेमा दुई अर्ब निकासा
आर्थिक वर्ष २०८०।०८१ मा बाँके जिल्लामा सामाजिक सुरक्षा भत्ताका लागि करिब दुई अर्ब निकासा गरिएको छ ।
पक्की सडकले सुगम बन्दै खजुराका ग्रामीण बस्ती
पक्की सडक निर्माणसँगै जिल्लाको खजुरा गाउँपालिकाका ग्रामीण बस्ती सुगम बन्दै गएका छन् । खजुरा-१ मा भारतीय सीमाक्षेत्रसँगै जोडिएको जलपोखरी, सैनिकलगायत राधापुरका बस्तीसम्म पक्की सडक निर्माण भएका छन् ।
आम्दानी बढाउन बाख्रा पालन
गुल्मीमा कृषकको आम्दानीमा वृद्धि ल्याउनका लागि बाख्रा पालन कार्यक्रमलाई तीव्रता दिइएको छ। बालीवस्तु विशेष सघन व्यावसायिक उत्पादन क्षेत्र विकास कार्यक्रम अन्तर्गत पशुपालन व्यवसायतर्फ बाख्रा पालनको प्रवर्द्धन र व्यावसायिक उत्पादन गरी कृषकको आयस्तरमा वृद्धि गर्ने उद्देश्यसहित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले बाख्रा पालन कार्यक्रमलाई तीव्रता दिइएको हो।
रेसुङ्गा विमानस्थलमा एक महिनादेखि उडान अवरुद्ध
जिल्लाको रेसुङ्गा विमानस्थलमा एक महिनादेखि हवाई उडान प्रभावित बनेको छ । वर्षाको समयमा पानी परिरहने र बाक्लो कुहिरो लाग्ने भएकाले असार दोस्रो सातादेखि उडान अवरुद्ध बनेको रेसुङ्गा विमानस्थलका प्रमुख सुमन थापाले जानकारी दिनुभयो ।
गुल्मीमा ८९ प्रतिशत धान रोपाइँ
गुल्मीमा हालसम्म ८९ प्रतिशत धान रोपाइँ भएको छ ।
नुहाउने क्रममा करेन्ट लागेर मृत्यु
कपिलवस्तुमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । कपिलवस्तुको शुद्धोधन गाँउपालिका –५ सिवलवा बस्ने ५६ वर्षीय गम्तरा अहिरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
नेपालगन्ज मेडिकल कलेजबाट तीन हजारभन्दा बढी चिकित्सक उत्पादन
नेपालगन्ज मेडिकल कलेजबाट तीन हजारभन्दा बढी चिकित्सक उत्पादन भएका छन् ।
अर्घाखाँचीमा ८० प्रतिशत रोपाइँ, उत्पादन बढ्ने
अर्घाखाँचीमा ८० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । समयमा पानी परेकाले धान उत्पादनमा वृद्धि हुने अनुमान गरिएको छ ।