सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएका छौं : राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदिप गिरीप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।
प्रतिष्ठानको सुधारका लागि सरकार प्रतिबद्ध
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानी खापुङले धरानस्थित बीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानको सुधारका लागि सरकार प्रतिवद्ध रहेको धारणा व्यक्त गर्नुभएको छ ।
नेपालले एक सच्चा र असल नेता गुमायो: प्रधानमन्त्री
उपचारको क्रममा शनिबार राती निधन हुनुभएका नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य प्रदीप गिरीको अन्त्येष्टि ९आइतबार० गरिने भएको छ ।
कांग्रेस नेता प्रदीप गिरीको निधन
नेपाली कांग्रेसका बौद्धिक नेता, समाजवादी चिन्तक एवम् प्रतिनिधि सभा सदस्य प्रदीप गिरीको स्वास्थ्योपचारको क्रममा आज केहीबेर अघि ७५ वर्षको उमेरमा निधन भएको छ।
विकासको सपना पूरा गर्न सक्रिय राजनीति : वरिष्ठ नेता पौडेल
अमरराज नहर्कीतनहुँ, भदौ ४ गते । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकासको सपना पूरा नभएकोले राजनीतिमा सक्रिय रहनु परेको बताउनु भएको छ । भानु नगरपालिका –१ भन्सारमा शनिबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले सो कुरा बताउनु भएको हो । गाउँमा बिजुली, पानी, मोटर बाटो पुगेर पनि आम्दानी र रोजगारी नपाएर नअडिएकोले रोजगारी र आम्दानी दिने सपना पूरा गर्न सक्रिय राजनीतिमा लागेको पौडेलले बताउनुभयो । देशलाई सुशासन दिएर विकास गरेर यो देशका युवालाई स्वदेशमै रोजगारीको सिर्जना गर्ने सपना पुरा नभएकोले राजनीति नछाडेको पौडेले बताउनुभयो । ‘‘गाउँमै रोजगारी सिर्जना गर्ने हो । त्यसको लागि रोजगारीको अभियान सञ्चालन गर्ने हो’’, पौडेलले भन्नुभयो । यो देश बनाउने कांग्रेसले, देश बचाउने पनि काँग्रेस नै भएकोले अन्तर्राष्ट्रियले विश्वास गर्ने कांग्रेस भएको उहाँको दाबी छ । कम्युनिष्टलाई विदेशीले नपत्याउँने हुँदा कांग्रेसलाई विजयी बनाउनुपर्ने उहाँको भनाइ छ । नयाँ व्यवस्था बनाउन, संविधान बनाउन, महिलालाई अधिकार दिलाउन, जनजातिलाई अधिकार दिलाउन र सिंहदरबारको अधिकार गाउँमा ल्याउन केन्द्रीय राजनीतिमा बढी समय दिएको पौडेलले बताउनुभयो । गएको चुनावको परिणामले जिल्लामा विकास दिन नसकेको उहाँको भनाइ छ । काँग्रेस हार्दा विकास अवरुद्ध भएर पहिले भन्दापछि परेको पौडेलले आरोप लगाउनुभयो । भानु नमूनाको नगरपालिका बनाउने आफ्नो अठोट रहेको उहाँको भनाइ छ । कार्यक्रममा भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी, नेपाल विद्यार्थी सङ्घका निर्वतमान महामन्त्री दीपक भट्टराई, नेपाली कांग्रेस क्षेत्र नम्बर १ सभापति श्याम मौरती लगायतले तनहुँले नेताले देशकै नेतृत्व गर्ने नेता हुनु पर्ने त्यसको वरिष्ठ नेता पौडेले तनहुँबाट चुनाव लड्न आवश्यक रहेको कुरामा जोड दिनुभएको थियो । कार्यक्रम नेपाली कांग्रेस भानु नगरपालिका –१ का वडा सभापति कृष्णकुमार श्रेष्ठको अध्यक्षमा भएको थियो ।
एमालेका लागि झापा मक्का मदिना : अध्यक्ष ओली
पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा जिल्ला एमालेका लागि सधैं मक्का मदिना भएको बताउनुभएको छ । अखिल नेपाल महिला संघ झापाको नवौँ जिल्ला अधिवेशनको शनिबार उदघाटन गर्नुहुँदै अध्यक्ष ओलीले सो कुरा बताउनुभयो । झापाले देश निर्माणको लागि र राजनैतिक चेतका लागि भूमिका खेलिरहेको उहाँले बताउनुभयो ।
दुई पटक मात्र प्रधानमन्त्री हुने व्यवस्था गरौं : महामन्त्री शर्मा
सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव गर्नुभएको छ । एक पटक राष्ट्रपति, दुई पटकसम्म प्रधानमन्त्री, तीन पटकसम्म मन्त्री र चार पटकभन्दा बढी सांसद हुन नपाउने व्यवस्था गर्न उपयुक्त हुने धारणा उहाँको छ ।
प्रस्तावित २१ सदस्यीय पदाधिकारी (नामावलीसहित)
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी पदाधिकारीहरुको नाम प्रस्ताव गर्नुभएको छ । शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष दाहालले महासचिवसहित २१ सदस्यीय पदाधिकारीहरुको नाम प्रस्ताव गर्नुभएको हो ।
वरिष्ठ उपाध्यक्ष श्रेष्ठको नेतृत्वमा निर्वाचन घोषणापत्र मस्यौदा समिति गठन
शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले वरिष्ठ उपाध्यक्ष श्रेष्ठको नेतृत्वमा मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि १७ सदस्यीय निर्वाचन घोषणापत्र मस्यौदा समिति गठन भएको हो ।
‘जनताको साथमा कांग्रेस’ : तीन चरणको चुनावी अभियान
नेपाली कांग्रेसले भदौ १० देखि २४ गतेसम्म ‘जनताको साथमा कांग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ । कांग्रेसले बीपी कोइरालाको बीपी जन्मजयन्ती सन्दर्भ पारेर १४ दिने अभियान सञ्चालन गर्ने भएको हो ।
मन्त्री कार्कीद्वारा लौकही सभाहलको निरीक्षण
सुनसरीको कोशी गाउँपालिका १ लौकहीमा निर्माणाधीन सभाहलको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निरीक्षण गर्नुभएको छ । शनिबार सुनसरीको कार्यक्रममा सहभागी हुन आउनुभएका नेपाल सरकारका प्रवक्ता एवम् मन्त्री कार्कीले लौकही टन हल निर्माणको चरण र अवस्थाबारेमा जनाकारी लिनुभएको हो ।
पाँच वर्षमा प्रदेश सरकारबारे टुङ्गो लाग्छ : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी ५ वर्षमा प्रदेश सरकार रहने वा नरहने विषय टुङ्गो लाग्ने बताउनुभएको छ । कांग्रेस प्रदेशसभा क्षेत्रीय समितिले काठमाडौंमा शनिबार आयोजना गरेको कार्यक्रममा उहाँले त्यस्तो बताउनुभयो ।
‘शान्ति प्रक्रियाको मौलिक नेपाली मोडल सफल होस्’
नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधिसहित यहाँस्थित अन्तर्राष्ट्रिय समुदायले नेपालको शान्ति प्रक्रियाको मौलिक नेपाली मोडल सफल होस् भन्दै सुभेच्छा प्रकट गरेको छ ।
राष्ट्रपतिद्वारा काँग्रेस नेता गिरीको शीघ्र स्वास्थ्य लाभको कामना
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली काँग्रेसका बौद्धिक नेता एवम् समाजवादी चिन्तक प्रदीप गिरीको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।
काँग्रेस नेता प्रदीप गिरीको अवस्था गम्भीर
नेपाली काँग्रेसका बौद्धिक नेता प्रदीप गिरीको अवस्था गम्भीर बन्दै गएकाे उहाँका स्वकीय सचिव कृष्ण खनालले जानकारी दिनुभयो । क्यान्सर रोगबाट पीडित नेता गिरीको ललितपुरको मेडिसिटी अस्पालमा उपचार भइरहेको छ ।
धनिराम मृत्यु प्रकरणः छानबिन समिति गठन
कर्णाली प्रदेश सरकारले लेकबेसी नगरपालिका १० सुर्खेतका ५९ वर्षीय धनिराम लामिछानेको मृत्युको सत्यतथ्य ल्याउन छानबीन समिति गठन गरेको छ ।
कांग्रेस नेता प्रदीप गिरीको स्वास्थ्य अवस्था जटिल
नेपाली कांग्रेसका बौद्धिक नेता प्रदीप गिरीको स्वास्थ्य अवस्था जटिल बनेको छ। क्यान्सर रोगबाट पीडित गिरीको हाल ललितपुरको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।
गण्डकी र प्रदेश १ सँग निर्वाचन आयोगले माग्यो स्पष्टीकरण
निर्वाचन आयोगले प्रदेश नम्बर १ र गण्डकी प्रदेशका निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको विषयमा स्पष्टीकरण माग गरेको छ।
कांग्रेस नेता गिरीको स्वास्थ्य लाभका लागि सामूहिक प्रार्थना
काठमाडौं, भदौ ३ गते। नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभाका सांसद प्रदीप गिरीको स्वास्थ्य लाभ तथा दीर्घायुको कामना गर्दै शुक्रबार सामूहिक प्रार्थना सभा गरिएको छ। ललितपुरको मेडिसिटी अस्पतालमा उपचार गराइ रहनु भएका राजनीतिक विश्लेषक, समालोचक एवं साहित्यकारसमेत रहनुभएका नेता गिरीको स्वास्थ्य लाभ तथा दीर्घायुको कामना गर्दै सामूहिक प्रार्थना सभा गरिएको हो।समाजवादी चिन्तक गिरी विगत लामो समयदेखि क्यान्सर रोगबाट पीडित हुनुहुन्छ। भारतमा उपाचारपाछि स्वास्थ लाभ गरिरहनु भएका गिरीको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो। मेडिसिटी अस्पतालको आईसीयूमा उपचारत गिरीको स्वास्थ्य लाभको कामना गर्दै नेपाली कांग्रेस वैचारिक अभियानले नेपाल सांस्कृतिक संघ डिल्ली बजारमा प्रार्थना सभाको आयोजना गरेको हो। सभामा नेपाली कांग्रेसका नेता एनपी साउदले नेपाली राजनीतिलाई मुल बाटोमा डोर्याउने नेता गिरी जस्ता चिन्तक देशलाई अझ आवश्यक रहेकाले पुनः स्वास्थ्य लाभको कामना गर्नुभयो। नेता साउदले भन्नुभयो, “श्रद्धेय नेता र बौद्धिक व्यक्तित्व प्रदीप गिरीजी अस्पतालको शैय्यामा हुनुहुन्छ, युवराज खातीले कार्यक्रमको आयोजना गरेको मैले उहाँलाई सुनाएँ। सायद सुन्नुभयो होला। तर, केही प्रतिक्रिया दिन सक्नु भएन।”
सिट बाँडफाँटको साझा अवधारणा बनाउने जिम्मा कार्यदललाई
सत्ता गठबन्धनले सिट बाँडफाँटका लागि साझा अवधारणा बनाउने जिम्मेवारी कार्यदललाई प्रदान गर्ने निर्णय गरेको छ।
नागरिकता विधेयकले राष्ट्रियता बलियो बनाउँछ : गृहमन्त्री खाण
गृहमन्त्री बालकृष्ण खाणले बिहीबार प्रतिनिधि सभाबाट बहुमतले पारित भएको नागरिकता ऐनको संशोधन विधेयकले राष्ट्रियतालाई बलियो बनाउने बताउनु भएको छ।
बालुवाटारमा सत्ता गठबन्धनको बैठक
काठमाडौं, भदौ ३ गते । सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा जारी छ। प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित गठबन्धनका शीर्ष नेता बैठकमा सहभागी हुनुभएको उहाँका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिनुभयो। बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समजावादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समजावादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेता सहभागी हुनुभएको छ। परियारले बैठकमा राजनीतिक एवम् समसामयिक विषयमा छलफल भइरहेको जानकारी दिनुभयो। मङ्सिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि गठबन्धनमा सिट बाँडफाँटको छलफल हुँदै आएको छ। नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वको ११ सदस्यीय कार्यदलले सिट बाँडफाँटमा शीर्ष नेतासँग छलफलपछि सहमति जुटाउने जनाएको थियो।
विजयी हुनेगरी सक्रिय हुनुस् : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनलाई परास्त गरी विजयका लागि सक्रिय हुन पार्टी पङ्तिलाई निर्देशन दिनुभएको छ । नेपाल यातायात स्वतन्त्र मुजदुर संगठन ई–रिक्सा दमक नगर समितिको तेस्रो नगर अधिवेशनको शुक्रबार यहाँ उद्घाटन गर्दै उहाँले त्यस्तो निर्देशन दिनुभयो ।
काठमाडौंको फोहोर उठाउन नसक्नु लज्जास्पद : विश्वप्रकाश शर्मा
काठमाडौं, भदौ ३ गते। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौंको फोहोर उठाउन नसक्नु लज्जास्पद रहेको बताउनुभएको छ। शुक्रबार काठमाडौंमा आयोजित ‘कमरेडको जनै’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै महामन्त्री शर्माले तीन तहको सरकार हुँदा पनि काठमाडौंको फोहोर उठाउन नसक्नु लज्जास्पद कुरा भएको बताउनुभएको हो। उहाँले यस्तो लज्जित अवस्थाको अन्त्य गर्नुपर्ने बताउनुभयो । उहाँले फोहोर समस्याको दीर्घकालीन समाधानका लागि सबै राजनीतिक दलहरुले साझा ढङ्गले सोच्नुपर्ने बताउनुभयो। महामन्त्री शर्माले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहलाई साथ दिनुपर्ने र बञ्चरेडाँडाँका नागरिकको मागको पनि राज्यले सम्बोधन गर्नुपर्ने बताउनुभयो। महामन्त्री शर्माले भन्नुभयो, ‘शासनहरु बदलिन्छन् । राजसंस्थाबाट हामी गणतन्त्रमा पुग्छौँ । यो दलको शासनबाट त्यो दलको शासनमा पुग्छौँ । दलहरुबाट फेरि स्वतन्त्रमा पनि पुग्छौँ। तीन तहको सरकार हुँदै गर्दा पनि बिहान र साँझको गरेर दुई खेपको फोहोर उठाउन नसक्ने अवस्था भनेको लज्जास्पद कुरा हो।’’तीन तहको सरकारले फोहोर उठाउन नसक्नु लज्जाको विषय भएको उहाँको टिप्पणी छ। महामन्त्री शर्माले थप भन्नुभयो, ‘‘मैले अपिल गर्नैपर्छ, भन्नैपर्छ, बिहान एक छाकको साँझ एक छाकको गरेर दुई छाकको फोहोर उठाउन तीन/तीन तहको सरकारले नसक्ने खालको लज्जित अवस्थाबाट यसलाई अन्त्य गर्नुपर्छ।’’उहाँले समस्या समाधानका लागि सङ्घ, प्रदेश र स्थानीय तह सबै जिम्मवार हुनुपर्ने बताउनुभयो।