ओलीलाई कालो झण्डा देखाउने ११ जना पक्राउ
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनकपुरमा कालो झण्डा देखाउन प्रयास गरेका ११ जनालाई प्रहरीले प्रक्राउ गरेको छ । अध्यक्ष ओली सोमबार पार्टी प्रवेश तथा सभामा सहभागी हुन जनकपुर आउनुभएको छ । अध्यक्ष ओलीलाई नागरिकता नपाएका युवाले कालो भण्डा देखाउने प्रयास गरेका थिए ।
माओवादी अध्यक्ष दाहालसँग गृहमन्त्री खाण र कानुनमन्त्री शर्माको भेटवार्ता
गृहमन्त्री बालकृष्ण खाण र कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा(कोइराला) ले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गर्नुभएको छ ।
दाङ २ बाट महरा र पोखरेलको प्रतिस्पर्धा हुने निश्चित
मङ्शिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा दाङको क्षेत्र नं २ बाट नेकपा (माओवादी केन्द्र) उपाध्यक्ष कृष्णबहादुर महरा र नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको प्रतिस्पर्धा हुने निश्चित जस्तै भएको छ ।
दलितको प्रतिनिधित्व सुनिश्चितता माग
प्रदेश र सङ्घीय निर्वाचनमा मधेशी दलितको प्रतिनिधित्व सुनिश्चितताको माग गरिएको छ। दलित सरोकार मञ्च नेपालले आइतबार निर्वाचन आयोगलाई ज्ञापनपत्र बुझाउँदै सो माग गरिएको हो। आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले कानुनले प्रष्ट व्यवस्था नगरेको कारण मधेशी दलितको प्रतिनिधित्व कम भएको बताउनुभयो। उहाँले भन्नुभयो, “समानुपातिकतर्फ १३.८ प्रतिशत आरक्षण कोटामा एउटै जातिलाई सिफारिस गरेमा पनि हामी बदर गर्न सक्दैनौँ।” संविधानमा राज्यका सबै निकायमा दलितलाई समानुपातिक÷समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हकको व्यवस्था छ।
सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक आज
सत्ता साझेदार पाँचदलीय गठबन्धनका शीर्ष नेताहरूको बैठक सोमबार बिहान बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार भएको छलफलमा सिट बाँडफाँटमा औपचारिक सहमतिको कार्यविधि तयार गर्न शीर्ष नेताहरूको बैठक सोमबार बस्ने भएको हो ।
अध्यक्ष ली आज आउनुहुँदै
छिमेकी मुलुक चीनका राष्ट्रिय जनकङ्ग्रेस स्थायी समिति अध्यक्ष ली चान्सु तीनदिने औपचारिक नेपाल भ्रमणका क्रममा सोमबार नेपाल आउँदै हुनुहुन्छ । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ नेपालको औपचारिक भ्रमणमा आउन लाग्नुभएको हो । उहाँ भदौ २९ गतेसम्म नेपालमा रहनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । चिनियाँ नेता लीसहितको चिनियाँ प्रतिनिधिमण्डल विशेष विमानमार्फत आउने कार्यक्रम रहेको छ । सोमबार नै सभामुख सापकोटा र लीले दुई देशीय वार्ता गर्नुहुने कार्यसूची रहेको छ । वार्ताका क्रममा दुई देशको संसदीय अनुभव आदानप्रदान गर्नुका साथै नेपालको न्याय प्रणाली सबल बनाउन चीन सरकारले आगामी दिनमा पु-याउन सक्ने सम्भावित सहयोग र सहकार्यका सम्बन्धमा बृहत् छलफल हुनेछ । सभामुख सापकोटाले नेता ली तथा चिनियाँ प्रतिनिधिमण्डलको सम्मानमा सोमबार साँझ रात्रिभोजको आयोजना गर्नुहुने भएको छ । राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता
‘राजीनामा दिए महाभियोग फिर्ताको प्रस्ताव आयो’
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूले राजीनामा दिए महाभियोग प्रस्ताव फिर्ता लिने प्रस्ताव आएको दाबी गर्नुभएको छ। महाभियोग सिफारिस समितिमा जवाफ दिँदै जबराले दीपककुमार कार्कीलाई केही समय प्रधानन्यायाधीश बनाउन सहमत भए महाभियोग फिर्ताको प्रस्ताव आएको जिकिर गर्नुभएको हो। उहाँले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सल्लाहमा प्रस्ताव लिएर आएको भन्दै कांग्रेस नेतृ महालक्ष्मी उपाध्याय (डिना) ले प्रस्ताव गरेको दाबी गर्नुभएको हो। आफ्नो भनाइबारे उपाध्यायसँग थप बुझ्न पनि जबराले समितिलाई आग्रह गर्नुभयो।
निलम्बित प्रधानन्यायाधीशको बाँकी बयान मङ्गलबार हुने
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले महाभियोग सिफारिस समितिको बैठकमा आइतबार चौंथो दिन बयान दिनुभएको छ। बयान नसकिएकाले यही भदौ २८ गते थप बयान हुने तय भएको छ।
निर्वाचन र उच्च स्तरीय भ्रमण सुरक्षामा गृहमन्त्रीको चासो
गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा केन्द्रीय सुरक्षा समिति बैठक बसेको छ। आइतबार अपरान्ह गृह मन्त्रालयमा बसेको सुरक्षा समिति बैठकमा गृहमन्त्री खाणले विपद्को उद्धार, उच्च स्तरीय भ्रमण र निर्वाचन सुरक्षाको विषयमा चासो राख्नुभएको छ।
बाँकी जीवन आर्थिक क्रान्तिका लागि समर्पण गर्छु : अध्यक्ष दाहाल
नेकपा (माओावदी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक परिवर्तनका लागि लामो सङ्घर्ष गरेको स्मरण गर्दै अबको बाँकी जीवन राजनीतिक स्थायित्व, शान्ति, विकास र समृद्धिका लागि लगाउने बताउनुभएको छ।
निर्वाचन क्षेत्र रणनीतिक सडकको शिलान्यास
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले निर्वाचन क्षेत्र रणनीतिक सडकको शिलान्यास गर्नुभएको छ।
कृषियोग्य जमिन बाँझो राख्न नपाइने
हुप्सेकोट गाउँपालिकामा कृषियोग्य जमिन खेती नगरी लागातार दुई वर्षसम्म बाँझो राख्न नपाइने भएको छ । कृषि क्षेत्रमा विभिन्न तालिम, विनाधितो ऋण, अनुदानसहितको कार्यक्रमहरु सञ्चालन गरिएकाले कुनै पनि खेतीयोग्य जमिन बाँझो नराखी उत्पादन गर्ने लक्ष्य लिइएको गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले वताउनुभयो ।
तातोपानी नाका तत्काल खुला गर्ने प्रयास भइरहेको छ : मन्त्री खड्का
परराष्ट्रमन्त्री डा. नारायण खड्काले सिन्धुपाल्चोकको तातोपानी नाका तत्काल खुला गर्ने प्रयास भइरहेको बताउनुभएको छ।
न्यायोचित सिट बाँडफाँट नभए एक्लै चुनावमा : महामन्त्री सिंह
नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले गठबन्धन दलमा न्यायोचित सिट बाँडफाँट नभए आफ्नो दल एक्लै निर्वाचनमा जाने बताउनुभएको छ । गृह जिल्ला प्युठानमा आज प्रगतिशील पत्रकार संघले आयोजना गरेको पत्रकार भेटघाटमा महामन्त्री सिंहले सो कुरा बताउनुभएको हो ।
करिडोर निर्माण गर्दा घर संरक्षणको विषय पनि सोच्नुपर्छ : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले धोबीखोला करिडोरको कपन–बुढानीलकण्ठ डुबान नियन्त्रणका लागि सरकारले छुट्टै आयोजना बनाउनु पर्नेमा जोड दिनुभएको छ ।
धोबी खोला करिडोर डुबान नियन्त्रणका लागि छुट्टै योजना आवश्यक छ : मन्त्री चौधरी
सहरी विकासमन्त्री मेटमणी चौधारीले धोबी खोला करिडोरको कपन–बुढानीलकण्ठ डुबान नियन्त्रणको लागि सरकारले छुट्टै आयोजना बनाएर काम गर्ने बताउनुभएको छ ।
देशलाई बलियो शक्तिको खाँचो छ : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले देशलाई अहिले गठबन्धनभन्दा बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको बताउनुभएको छ । प्रेस चौतारी नेपाल, दाङ शाखाले आइतवार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सो कुरा बताउनुभएको हो । देशको विकास र समृद्धिका लागि देशलाई बलियो राष्ट्रिय शक्ति आवश्यक रहेको उहाँको भनाइ छ ।
कृषि उद्योगहरूको कारण देशको आर्थिक स्थिति बलियो बन्छ : अध्यक्ष प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले देशको आर्थिकस्थिति बलियो बनाउन लागि कृषिमा आधारित उद्योगहरुको विकास गर्नुपर्ने बताउनुभएको छ ।
पाँच दलीय गठबन्धनबीच सिट बाँडफाँट : सहमति प्रयास जारी
सत्ता साझेदार पाँच दलीय गठबन्धनबीच सिट बाँडफाँटको गृहकार्य सुरु भएको एक महिनाभन्दा बढी हुँदा पनि सहमतिको औपचारिक घोषणा हुन सकेको छैन। नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्षनेताबीच छलफल जारी रहे पनि सहमति जुट्न नसकेको हो।
राहत सामग्रीसहित उद्योगमन्त्री बडू दार्चुलामा
नेपाल सरकारका उद्योग तथा वाणिज्यमन्त्री दीलेन्द्रप्रसाद बडू, सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रणबहादुर रावल, सुदूरपश्चिम प्रदेशका वन वातावरण उद्योग तथा पर्यटनमन्त्री मानबहादुर धामीसहितको टोली सदरमुकाम खलङ्गा पुगेको छ।
सिटको बाँडफाँट सम्मानजनक हुनुपर्छ : अध्यक्ष यादव
जनता समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले मंसिर ४ गते हुने निर्वाचनका लागि गठबन्धन दलबीचमा सम्मानजनक तरिकाले सिटको बाँडफाँट हुनुपर्ने बताउनुभएको छ । पिछडा वर्ग महासंघ नेपालको तेस्रो राष्ट्रिय सम्मेलनलाई शनिबार मधेश प्रदेशको राजधानी जनकपुरधाममा सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
समानुपातिकमा २० लाख मत पाउँछौँ : अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा समानुपातिकमा २० लाख मत पाउने दाबी गर्नुभएको छ।
बाँके गठबन्धनका लागि ‘ग्रिन जोन’ भएको दावी
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनसम्बन्धी कार्यतालिका सार्वजनिक भएसँगै निर्वाचनको माहोल देशभरि तात्दैगएको छ । विशेषगरी भिआइपी उम्मेदवार उठ्ने निर्वाचन क्षेत्रको चर्चा बढी हुनेगरेको छ ।
गठबन्धनविरुद्ध भाषण गर्दै हिँड्न मिल्दैन : गृहमन्त्री खाण
काठमाडौं, भदौ २५ गते। गृहमन्त्री बालकृष्ण खाणले नेपाली कांग्रेसका नेताले सत्तारुढ गठबन्धनविरुद्ध भाषण गर्दै हिँडन नमिल्ने बताउनु भएको छ। नेपाली कांग्रेसका नेतासमेत रहनु भएका गृहमन्त्री खाणले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन अघि गठबन्धन तोड्ने पक्षमा पार्टीको केन्द्रीय समिति नरहेको उल्लेख गर्दै त्यसविरुद्धमा पार्टीका नेताले भाषणबाजी गर्दै हिँड्न नमिल्ने बताउनु भएको हो। नेपाली कांग्रेसमा आवद्ध नेपाल तरुण दल, काभ्रे जिल्लाले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले गठबन्धनमा आवद्ध भएको हुनाले नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले गठबन्धनले उठाएको उम्मेदवारको पक्षमा उभिनु राजनीतिक धर्म र दायित्व दुवै भएको स्पष्ट पार्नुभयो। उहाँले आफू कांग्रेस केन्द्रीय सदस्य र गृहमन्त्री भएको नाताले सत्तारुढ गठबन्धनलाई बचाएर आगामी निर्वाचनलाई सुनिश्चित र सुरक्षित गराउने दायित्व पूरा गराउन प्रतिवद्ध रहेको बताउनुभयो। गृहमन्त्री खाणले भन्नुभयो, ‘‘आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा बुद्धिमतापूर्वक सिट बाँडफाँटमा पार्टीले आफ्नो अडान राख्नु पर्दछ। तर, गठबन्धन तोडेर हेरौं भनेर भन्नु हुन्छ भने नेपाली कांग्रेसको केन्द्रीय समितिले अहिले गठबन्धन तोड्दैन। नेपाली कांग्रेसका केन्द्रीय सदस्य साथीले यसरी पार्टीका तरुण साथीलाई बोलाउने र गलत भ्रम हुने गरी भाषण गर्नु हुँदैन। तपाईहरुलाई जे हो ? त्यही भनिदिनु पर्दछ। अहिले नेपाली कांग्रेसको भूमिका के हो ? नेपाली कांग्रेसको एउटा केन्द्रीय सदस्य, गठबन्धन सरकारको गृहमन्त्री भएको नाताले यो गठबन्धनलाई बचाएर आगामी निर्वाचन सुनिश्चित र सुरक्षित गर्ने, यो निर्वाचनलाई शान्ति, सुरक्षा प्रदान गर्ने, निर्वाचन निष्पक्ष, स्वतन्त्र, भयरहित रुपमा सम्पन्न गर्ने दायित्व मेरो हो। त्यो म पूरा गर्नेछु। हामी गठबन्धनमा आवद्ध छौं। गठबन्धनको उम्मेदवारलाई जिताउने हाम्रो राजनीतिक विश्वसनीयता हो। राजनीतिक धर्म र दायित्व हो।’’ मन्त्री खाणले नेपाली कांग्रेसले आफ्नो हैसियत अनुसार निर्वाचनको सिट संख्या बाँडफाँड गराउने काममा भने बुद्धिमतापूर्वक काम गर्नुपर्ने बताउनु भयो।