• २० वैशाख २०८१, बिहिबार

धोबी खोला करिडोर डुबान नियन्त्रणका लागि छुट्टै योजना आवश्यक छ : मन्त्री चौधरी

blog

प्रस्तावित धोबी खोला करिडोरको कपन–बूढानीलकण्ठ डुवान नियन्त्रण आयोजना सम्बन्धित अन्तरक्रियामा धारणा राख्नुहुँदै शहरी विकासमन्त्री मेटमणी चौधारी ।

काठमाडौं, भदौ २६ गते। सहरी विकासमन्त्री मेटमणी चौधारीले धोबी खोला करिडोरको कपन–बुढानीलकण्ठ डुबान नियन्त्रणको लागि सरकारले छुट्टै आयोजना बनाएर काम गर्ने बताउनुभएको छ । 

आइतबार प्रस्तावित धोबी खोला करिडोरको कपन–बुढानीलकण्ठ डुबान नियन्त्रण आयोजना सम्बन्धित अन्तरक्रियालाई सम्बोधन गर्नुहुँदै मन्त्री चौधरीले यस्तो बताउनुभएको हो। 

उहाँले सरकारले धोबी खोला करिडोर निर्माणको लागि अब बस्ने मन्त्रिपरिषद्ले छुट्टै आयोजना बनाउने प्रस्ताव पास गर्ने बताउनुभयो। मन्त्री चौधरीले करिडोर निर्माणमा सरकारले जनताहरू त्यहाँबाट विस्थापित हुनु नपर्ने गरी बनाउने प्रतिबद्धता जनाउनु भयो। 

उहाँले धोबी खोला करिडोरको कपन–बुढानीलकण्ठ डुबान नियन्त्रणको विषयमा संसद् गगनकुमार थापाले विशेष पहल गर्नुपर्ने बताउनु भयो। मन्त्री चौधरीले संसद् थापाको पहललाई सहरी मन्त्रालयले शतप्रतिशत सहयोग गर्न तयार रहेको बताउनु भयो। 

मन्त्री चौधरीले करिडोरको विषयमा आफूले कोरिडोर क्षेत्रमा अनुगमन गरेर त्यहाँका स्थानीय जनताहरूको माग अनुसार समस्याको समाधान गर्ने बताउनु भयो। उहाँले करिडोरलाई विवादित बनाउने भन्दा पनि समस्या समाधान गर्न मात्रै छलफल गर्नुपर्ने भन्दै जनतालाई पीडा दिने खालका विषयमा छलफल गर्नु नहुने बताउनुभयो।