आरोग्य पर्यटन प्रवर्धन गर्न संयन्त्र बन्दै
सरकारले नेपाललाई अन्तर्राष्ट्रिय आरोग्य पर्यटन (वेलनेस टुरिजम) को हब बनाउने लक्ष्यका साथ आगामी १५ दिनभित्र विशेष रणनीति जारी गर्ने भएको छ । पूर्वीय दर्शन, ध्यान, योग र प्राकृतिक चिकित्सालाई समेटेर ‘नेपाल वेलनेस इयर २०२७’ मनाउने तयारी अनुसार सरकारले नेपालको योग र प्राकृतिक चिकित्सा पर्यटनलाई अन्तर्राष्ट्रिय रूपमा चिनाउने योजना अघि सारेको हो ।
नाफा सुरक्षित गर्दै लगानीकर्ता
सरकार गठनपछि खुलेकै दिन सेयर बजारमा उच्च गिरावट आएको छ । राजनीतिक स्थिरताले उछाल ल्याउने अपेक्षा गरिएको बजारले उल्टै गिरावटको बाटो समातेको हो । सरकार गठनको उत्साह टिक्न नपाउँदै बजारमा नाफा बुकिङ हाबी हुँदा पहिलो कारोबार दिनमै नेप्से परिसूचक ७१ अङ्कले ओरालो लागेको छ । कारोबार रकम भने १५ अर्ब रुपियाँ माथि लागेको छ । निरन्तर सुधारको लयमा रहेको बजार तीन हजारको विन्दुनजिक पुगेर फेरि २८ सयको विन्दुमा आएको हो ।
रोजगारी सिर्जना गर्न नयाँ कार्ययोजना
सरकारले देशमा रोजगारी सिर्जना, विकास तथा उद्यमशीलता प्रवर्धनलाई एकीकृत रूपमा सुदृढ गर्न नयाँ कार्ययोजना अघि सारेको छ । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा गठित वर्तमान सरकारले शनिबार सार्वजनिक गरेको ‘शासकीय सुधारसम्बन्धी एक सयबुँदे कार्यसूची’ मा रोजगारी सिर्जनाका यी कार्ययोजना अघि सारेको हो ।
जेनजी आन्दोलनका घाइते : बल्झिरहन्छ घाउ र पीडा
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा घाइते भएर ६४ दिन अस्पताल बसाइ पूरा भएपछि ‘डिस्चार्ज’ भएकी २० वर्षीया लिजा अधिकारी घरमै आराम गर्दै परीक्षाको नतिजाको प्रतीक्षामा हुनुहुन्छ । मोरङ घर भएकी अधिकारी काठमाडौँ विश्वविद्यालयमा अध्ययनरत हुनुहुन्छ । जेनजी आन्दोलनका क्रममा घाइते उहाँको हात र कुमको जोड्तीबाट गोली वारपार भएको थियो ।
संविधान संशोधन बहसपत्र बनाउन कार्यदल बन्ने
सरकारले दीर्घकालीन राजनीतिक तथा संस्थागत सुधारका लागि कार्यदल गठन गर्ने भएको छ । सो कार्यदलले ‘संविधान संशोधन बहसपत्र’ तयार गर्ने छ । सरकारले शनिबार सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीमा राजनीतिक तथा संस्थागत सुधार प्राथमिकतामा परेको छ । साझा प्रतिबद्धता, समन्वय र जनविश्वास शीर्षक अन्तर्गत सरकारले देशको दीर्घकालीन राजनीतिक तथा संस्थागत सुधार, निर्वाचन प्रणालीलगायतका विषयमा संविधान संशोधनसम्बन्धी विषयमा राष्ट्रिय सहमति निर्माण गरेर अगाडि बढ्ने रणनीति लिएको छ ।
पूर्वमन्त्री खड्का सात दिन हिरासतमा
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले आइतबार पक्राउ गरेका पूर्वऊर्जामन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्काविरुद्ध सम्पत्ति शुद्धीकरण अभियोगमा अनुसन्धान सुरु भएको छ ।
अब हुन सक्छ तोकिएकै समयमा काम
सरकारले सुशासन कायम गर्न र डिजिटल सेवा प्रवाह गर्ने स्पष्ट खाकासहितको सुशासन मार्गचित्र सार्वजनिक गरेको छ । सुशासन कायम गर्न अन्तरमन्त्रालय र अन्तरतहबिच देखिएका समस्या समाधानका उपाय, सेवा प्रवाह सहज बनाउन विभिन्न सरकारी निकायले गर्नुपर्ने कार्यका बारेमा मार्गचित्रमा उल्लेख गरिएको छ ।
इरान युद्ध अन्त्यका लागि वार्ताको पहल
प्रमुख क्षेत्रीय शक्तिहरूका शीर्ष कूटनीतिज्ञहरू मध्य पूर्वमा लडाइँ कसरी अन्त्य गर्ने भनेर छलफल गर्न आइतबार पाकिस्तानमा भेला भएका छन्।
नीलमको उपन्यास ‘राजमाता’ सार्वजनिक
पन्यासकार नीलम कार्की निहारीकाको ‘राजमाता’ उपन्यास सार्वजनिक भएको छ । फाइन प्रिन्टद्वारा प्रकाशित कार्कीको कृति आज नेपाल पर्यटन बोर्डमा सार्वजनिक भएको हो ।
‘राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी युनियन’ भङ्ग
मन्त्रिपरिषद्को बैठकबाट स्वीृकत सरकारको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीलाई स्वागत गर्दै ‘राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी युनियन’ भङ्ग गरिएको छ ।
विद्यार्थी जोशीले बनाए विद्युतीय मोटरसाइकल
निजी क्षेत्रबाट सञ्चालित धनगढीको सिसिएस विद्यालयका विद्यार्थी आसिस जोशीले रिमोटबाट चल्ने विद्युतीय मोटरसाइकल बनाउनुभएको छ ।
श्रमसँँग सम्बन्धित विषय कार्य योजना तत्काल कार्यान्वयन गर्न मन्त्री साहको निर्देशन
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार साहले मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेका श्रम तथा रोजगारको क्षेत्रलाई व्यवस्थित, मर्यादित एवंम सुरक्षित बनाउन तत्काल कार्ययोजना बनाई कायान्वयन गर्न निर्देशन दिनुभएको छ ।
पूर्वमन्त्री खड्कालाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
जिल्ला अदालत काठमाडौँले नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्कालाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
'बेटिङ एप' र 'वेबसाइट' बन्द
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘अनलाइन’ सट्टेबाजी एप (बेटिङ एप) र त्यससम्बन्धी ‘वेबसाइट’ बन्द गराएको छ।
चार जनालाई आजीवन जन्मकैदको मागसहित अदालतमा अभियोगपत्र दायर
सुर्खेतकी १६ वर्षीया इनिसा विकको सामूहिक बलात्कारपछि हत्या गरिएको दाबी गर्दै जिल्ला सरकारी वकिलको कार्यालय सुर्खेतले जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको छ ।
आगो नियन्त्रण सम्बन्धी तालिम
गर्मीयाम सुरु भएसँगै बढ्दो आगलागीको जोखिमलाई मध्यनजर गर्दै नेपालगन्ज उपमहानगरपालिकाले गृहिणी महिलालाई लक्षित गरी घरायसी आगो नियन्त्रण सम्बन्धी पुनर्ताजगी तालिम सञ्चालन गरेको छ ।
सरकारी जागिर लगाई दिने भन्दै ठगी गर्ने एक पक्राउ
सरकारी जागिर लगाइ दिने र अनुदान उपलब्ध गराइ दिने भन्दै करोडौं ठगी गर्ने एक व्यक्तिलाई कैलाली प्रहरीले पक्राउ गरेको छ ।
सुक्खा पहिरोले मेची राजमार्ग अवरुद्द
इलामको रोङ गाउँपालिका ४ बागखोरस्थित मेची राजमार्गमा सडक मर्मत भइरहेको स्थानमा शुक्खा पहिरो झरेपछि साँझाट मेची राजमार्ग अवरुद्द भएको छ ।
३० दिनभित्र फाइल ट्र्याकिङको व्यवस्था गर्दै सरकार
नेपाल सरकार, मन्त्रीपरिषद्को मिति चैत १३ को बैठकबाट शासकीय सुधारसम्बन्धी पारित भएको एक सय कार्यसूची बमोजिम सार्वजनिक प्रशासनलाई पूर्णतः राजनीतिक हस्तक्षेपबाट मुक्त गर्दै निष्पक्ष, तटस्थ र नागरिकप्रति उत्तरदायी बनाउन विभिन्न सेवा प्रवाहलाई डिजिटल तथा प्राविधिक रुपान्तरणको कार्य यथासक्दो चाँडो अघि बढाइने बताइएको छ ।
सिमेन्ट उद्योग प्रभावितद्वारा सडक कालोपत्रेको माग गर्दै ज्ञापनपत्र
सिमेन्ट उद्योगका लागि चुनढुङ्गा बोक्ने टिप्परका कारण प्रभावित घोराही उपमहानगरपालिका–१७ असारेका स्थानीयले सडक कालोपत्रे गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका छन्।
२० करोडमा भवन बनाउँदै अमरसिंह नमुना विद्यालय
विद्यार्थी सङ्ख्या बढ्दै गएपछि विद्यालयले पूर्वाधारसमेत थप्दै लगेको व्यवस्थापन समिति अध्यक्ष कृष्णप्रसाद कोइराला बताउनुहुन्छ । विद्यालयमा भौतिक पूर्वाधार विकासका लागि यो वर्ष भारतीय दूतावासले २० करोड रुपियाँ अनुदान दिने भएको छ ।
जलेको अवस्थामा भेटिएकी युवतीको पहिचान खुल्यो, तीन जना पक्राउ
बाँकेको नेपालगन्जमा आगोले जलेको अवस्थामा भेटिएकी एक युवतीको उपचारका क्रममा मृत्यु भएको घटनामा तीन जना पक्राउ परेका छन् ।
सल्यानमा एमालेको प्रदर्शन र जिल्ला प्रशासनमार्फत ज्ञापनपत्र पेश
नेपाल कम्युनिष्ट पार्टी (एमाले) सल्यानले पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको रिहाइको माग गर्दै सदरमुकाम खलङ्गामा प्रदर्शन सहित जिल्ला प्रशासन कार्यालय मार्तफ सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।
सप्तरीमा ११औँ दिनाभद्री जन्मोत्सव मनाइयो
नेपाल राष्ट्रिय मुसहर संघ, जिल्ला समिति सप्तरीको आयोजनामा ११औँ दिनाभद्री जन्मोत्सव आइतवार विभिन्न कार्यक्रम गरी मनाइएको छ ।