गाजामा बायरन आँधीका कारण दुई लाख भन्दा बढी मानिस प्रभावित : युएनआरडब्लुए
प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य एजेन्सी (युएनआरडब्लुए)ले गाजा पट्टीमा करिब दुई लाख ३५ हजार मानिस हालै आएको बायरन आँधीबाट प्रभावित भएको जनाएको छ ।
गाउँमा झल्किन्छ परम्परागत वस्तीको सुन्दरता
म्याग्दीको धवलागिरी गाउँपालिकाको केन्द्र मुनाको सुन्दर वस्ती । परम्परागत मौलिक शैलीमा निर्माण गरिएका ढुङ्गे घरहरुले ग्रामीण जिवनशैलीलाई झल्काउँछ ।
बङ्गलादेश : खालिदा जियाको निधन
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री तथा बङ्गलादेश नेसनालिस्ट पार्टी (बिएनपी)की अध्यक्ष बेगम खालिदा जियाको ८० वर्षको उमेरमा मङ्गलबार बिहान निधन भएको छ । पार्टीले जारी गरेको विज्ञप्तिमा उहाँको निधन फजरको प्रार्थनापछि बिहान ६ बजे भएको जनाइएको छ ।
तमु ल्होसारको रौनक (फोटो फिचर)
गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै मङ्गलबार ‘तमू ल्होसार’ मनाइरहेका छन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमू ल्होसार’ भनिएको हो ।
नेपालगन्ज भन्सारः पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन
नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा रु सात अर्ब ६५ करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
सुदूरपश्चिममा मनाइने चाडपर्व
सुदूरपश्चिम सांस्कृतिक हिसाबले समृद्ध प्रदेश हो । यहाँको माटोमा संस्कृतिका अनेकन पक्ष पाइन्छन् । यहाँको समाजमा विभिन्न समुदाय एवं जातिको बसोबास भएका कारण फरक फरक संस्कृतिको उपस्थिति पा
चरन क्षेत्र हिउँले छपक्कै पुरियो, चौरीलाई बस्तीमा झारियो
उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाको उच्च हिमाली क्षेत्रमा बाक्लो हिउँ जम्ने, पानी र चरन अभावका कारण याकचौरी बेसी झारिएका छन् ।
प्रविधिको दुरुपयोग रोक्नु चुनावको मुख्य चुनौती हो
आउँदो फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन हुँदै छ । निर्वाचन आयोगले स्वीकृत निर्वाचन तालिकाबमोजिम काम गरिरहेको छ । जस अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले उम्मेदवारको बन्दसूचीसमेत बुझाइसकेका छन् ।
नाका खुलेपछि स्थानीयलाई भ्याइनभ्याइ
उपल्लो मुस्ताङको ल्होमन्थाङ गाउँपालिका–२, छोसेरका २८ वर्षीय पेमा छिरिङ गुरुङले सिकर्मी छोडेर कोरला नाकामा व्यवसाय सुरु गर्नुभयो । छोसेर र ल्होमन्थाङ क्षेत्रमा सार्वजनिक भवन, व्यक्तिगत घर बनाउन जाने गुरुङ दुई वर्षअगाडिदेखि नेपाल–चीन जोड्ने उत्तरी कोरला नाकास्थित दसगजा क्षेत्रमा व्यापार गरिरहनुभएको छ । युवा व्यवसायी गुरुङले कोरला नाका घुम्न जानेलाई आफ्नो पसलमा लगेर सामान बिक्री गर्नेदेखि सीमापारि पुगेर सामान खरिद गरी मनग्गे आम्दानी गर्नुहुन्छ ।
महालक्ष्मी सडक धमाधम कालोपत्रे
धनकुटाको महालक्ष्मी नगरपालिकाले मध्यमहालक्ष्मी सडक कालोपत्रे गर्न सुरु गरेको छ । जितपुर बजारबाट सङ्खुवासभाको धर्मदेवी नगरपालिका जोड्ने करिब १०.५ किलोमिटरमध्ये यो वर्ष पाँच किलोमिटर
प्रदेशको विकासका लागि सङ्घीयता
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले शिक्षा, जलस्रोतका क्षेत्रमा प्रदेशका जनतालाई सुविधा सम्पन्न गराएर अघि बढ्ने सङ्कल्प गरेको बताउनुभएको छ । उहाँले प्रदेशको विकासका लागि सङ्घीयता चाहिएको प्रमाणित भएको बताउनुभयो ।
सबै क्षेत्रमा सुधार आवश्यक
जेनजी आन्दोलनपछिको राजनीतिक परिवेश र त्यसले महिला जनप्रतिनिधिको मनोविज्ञानमा पारेको प्रभावबारे नेपालगन्जमा गहन छलफल गरिएको छ । सञ्चारिका समूह बाँकेको आयोजनामा सम्पन्न छलफलमा आन्दोलनको पृष्ठभूमि, त्यसपछिका घटनाक्रम तथा ति घटनाले महिला नेतृत्वको निर्णय प्रक्रिया, कार्यशैली र जनतासँगको सम्बन्धमा ल्याएको परिवर्तनलाई केन्द्रमा राखेर बहस गरिएको हो ।
सीमानाकाबाट किशोरीको उद्धार
रुपन्देहीको बेलहिया–सुनौली सीमानाकाबाट माइती नेपालले सन् २०२५ को डिसेम्बर २५ सम्ममा बेचबिखनको जोखिममा परेका २०१ जना महिला तथा किशोरीलाई उद्धार गरेको छ । चेलीबेटी तथा बालबालिका बेचबिखनविरुद्ध कार्यरत गैरसरकारी संस्था माइती नेपालले सीमामा निगरानी, बेचबिखन रोकथाम, बेचिएकाको उद्धार तथा पीडितलाई परिवार र समाजमा पुनस्र्थापना गर्दै आएको छ ।
चार वर्षपछि सडक कालोपत्रे
चार वर्षदेखि अलपत्र अवस्थामा रहेको मधुवन नगरपालिकाको कुसुम्बाबजारदेखि नगरपालिका कार्यालय जोड्ने सडक कालोपत्रे भएको छ । पटक पटक म्याद थप गर्दासमेत काम नगरेर हैरान पारेको निर्माण कम्पनीले अन्ततः कालोपत्रे गरेको छ ।
प्रसारण लाइनको काम अन्तिम चरणमा
लालबन्दी–सलेमपुर १३२ केभी प्रसारण लाइन आयोजना अन्तर्गत ग्रिड सबस्टेसन निर्माण र विद्युत् प्रसारण स्तम्भ (इलेक्ट्रिकल टावर) खडा गर्ने काम अन्तिम चरणमा पुगेको छ । सर्लाहीका आधा दर्जन
निर्धारित समयभित्र काम सम्पन्न गर्ने व्यवसायी सम्मानित
बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ थप ५० योजनाका लागि रु एक करोड ३९ लाख बजेट विनियोजन गरेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बान्तावा भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बान्तावा भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित कुलुङ भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित कुलुङ भाषा
लैङ्गिक हिंसा निवारण कोष स्थापना
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले लैङ्गिक हिंसामा परेका महिला, किशोरी तथा बालबालिकालाई उद्धार, राहत र सहयोग गर्न लैङ्गिक हिंसा निवारण कोष स्थापना गरेको छ ।
संरक्षणको पर्खाइमा सुन्दरी तोप
कोतगढीको मौन प्राङ्गणमा उभिएको सुन्दरी तोप दैलेख इतिहासको साक्षी हो । तत्कालीन समयमा युद्धको तयारीमा गर्जिएको यो तोप आजभोलि घामपानीको सिधा मार सहँदै खुला आकाशमै राखिएको छ ।
कर्मचारी छ महिनादेखि तलबविहीन
यहाँको जुनीचाँदे गाउँपालिकाका कर्मचारीले छ महिनादेखि पारिश्रमिक पाउन सकेका छैनन् । गाउँपालिकाभित्रका कार्यरत कर्मचारी, शिक्षक स्वास्थ्यकर्मी, सामाजिक सुरक्षा भत्ता, बाल पोषण भत्ता निकासा नगरेपछि समस्या भएको छ । लामो समय प्रमुख प्रशासकीय अधिकृत, गाउँपालिका अध्यक्ष, उपाध्यक्षको झगडाका कारण कार्यरत कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मी, सामाजिक सुरक्षा भत्ता पाउन नसकेपछि चिन्तित भएका छन् । स्थायी, करार कर्मचारी तथा प्रावि, निमावि, माविका कार्यरत करिब ६०९ कर्मचारी छ महिनादेखि तलबविहीन छन् ।
विद्युतकाे पहुँचमा छयानब्बे प्रतिशत घरधुरी
डडेलधुरामा हालसम्म ९६ प्रतिशत बढी घरधुरीमा विद्युत् पुगेको छ । योसँगै सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरसहित डडेलधुरा पनि विद्युत् पहुँच भएको जिल्ला भएको छ । कैलाली र कञ्चनपुरमा शतप्रतिशत विद्युत् पुगेको छ । जिल्लाभर रहेका ३१ हजार १७२ घरधुरीमध्ये ३० हजार १५१ घरपरिवारमा विद्युत् पुगेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र डडेलधुराका प्रमुख कपिल जोशीले बताउनुभयो ।
पुँजीगत खर्च बढाउन कमजोरी सुधार गर्नुपर्ने
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पुँजीगत खर्च बढाउन कमजोर सुधार गर्न आवश्यक रहेको औँल्याउनुभएको छ । प्रदेश सरकारको चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्मको कार्यप्रगति, समस्या र चुनौती समीक्षा कार्यक्रममा उहाँले भइरहेका कमजोरी सुधार गरेर पुँजीगत खर्च बढाउनुपर्ने औँल्याउनुभएको हो । मुख्यमन्त्री शाहले प्रदेश सरकारमातहतका सबै मन्त्रालय तथा मातहतका कार्यालयलाई १५ दिनभित्र स्पष्ट, समयबद्ध, नतिजामुखी कार्यायोजना तयार गर्न निर्देशन दिनुभएको छ ।
उम्मेदवारका आकाङ्क्षी गाउँमा, मतदाता विदेशमा
आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्यका लागि सरकारले निर्वाचन घोषणा गरेसँगै अहिले दलका नेता तथा कार्यकर्ता गाउँबस्तीमा जनतासँग भेटघाटमा व्यस्त देखिएका छन् ।