‘पम्प स्टोरेज’ जलविद्युत् आयोजनाले लियो गति
मकवानपुरमा एक सय मेगावाट क्षमताको पम्प स्टोरेज जलविद्युत् आयोजना निर्माणको प्रक्रियाले पुनः गति लिएको छ । इन्द्रसरोवरमा रहेको कुलेखानी जलाशयको पानी प्रयोग गरेर विद्युत् निकाल्ने र त्यो पानी पुनः जलाशयमै फिर्ता पठाउने गरी कुलेखानी–सिस्नेरी पम्पस्टोरेज जलविद्युत् आयोजना बनाउन खोजिएको हो ।
फेरि सुरु भयो किसान सूचीकरण
चार महिनादेखि रोकिएको किसान सूचीकरणको काम फेरि सुरु भएको छ । गत मङ्सिर अन्तिम सातादेखि रोकिएको सूचीकरण बिहीबारदेखि सुरु भएको कृषि सूचना तथा प्रशिक्षण केन्द्रले जनाएको छ ।
सहमति नहुँदा उम्मेदवारको टुङ्गो लागेन
राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलले सहमतिमै सभाका उपाध्यक्ष र समितिका सभापति बाँडफाँट गरेर जाने प्रयास गरे पनि सहमति हुन सकेको छैन । नेपाली कांग्रेसका प्रमुख सचेतक कृष्णबहादुर रोकायले आइतबार बिहानसम्म सहमति हुने दाबी गर्नुभयो । आइतबार नै उम्मेदवारी दर्ता हुने छ ।
छपाइ सकियो, ढुवानी अन्तिम चरणमा
सामुदायिक विद्यालयका विद्यार्थीले यस वर्ष पनि कक्षामा भर्ना भएकै दिन पाठ्यपुस्तक पाउने भएका छन् । पुस्तक छपाइको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड र निजी मुद्रण संस्थाले विद्यालय तहका लागि आवश्यक पर्ने पाठ्यपुस्तक छपाइ गरेर सम्बन्धित जिल्लामा पठाउन थालिसकेका छन् । अधिकांश जिल्लामा पुस्तक पुगिसकेको केहीमा पुग्ने क्रममा रहेको छ । चैतको अन्तिम सातासम्म पुस्तक सबै जिल्लामा पुगिसक्ने जनक शिक्षाले जनाएको छ ।
कांग्रेसको जरा अभियान
नेपाली कांग्रेसले सङ्गठनलाई सुदृढ, सशक्त र प्रभावकारी बनाउन जरा अभियानको घोषणा गरेको छ । महामन्त्री प्रदीप पौडेलका अनुसार ७७ वटै जिल्ला र पार्टीको तल्लो तहसम्म पुग्ने गरी एकमहिने जरा अभियान सञ्चालन गरिने भएको हो । कांग्रेसले ७७ वटै जिल्लामा खटिने केन्द्रीय प्रतिनिधिका लागि केन्द्रीय कार्यालय सानेपामा अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।
स्थानीय तहसम्मै भेटेरिनरी निरीक्षक
सरकारले पशु स्वास्थ्य, खाद्य सुरक्षा र जनस्वास्थ्यलाई सुदृढ बनाउने उद्देश्यले सङ्घीय संरचनादेखि स्थानीय तहसम्म भेटेरिनरी निरीक्षक परिचालन गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत पशु स्वास्थ्य महाशाखाले २०८२ पुस ३० गतेको मन्त्रीस्तरीय निर्णय अनुसार सङ्घीय संरचना र प्रदेशमा भेटेरिनरी निरीक्षक परिचालन गर्ने निर्णयको परिपत्र गरेको हो ।
अमेरिकाका दुई युद्धविमान नष्ट
इरानले दुई वटा अमेरिकी युद्धविमान नष्ट गरेको छ । यस घटनामा एक चालकको उद्धार गरिएको छ भने अर्का चालक अझै हराइरहेको अमेरिकी टेलिभिजन संस्था सिएनएनले जनाएको छ । पहिलो विमान इरानभित्र नष्ट भएको थियो । उद्धार गरिएको चालकको जीवन सुरक्षित छ तर हराइरहेको अर्को चालकको खोजीका लागि अमेरिकी सेनाले व्यापक उद्धार अभियान सुरु गरेको छ ।
अतिक्रमित संरचनामा ‘डोजर’
सर्वोच्च अदालतले फेवाताल अतिक्रमण हटाउन र सौन्दर्यकरण गर्न ऐतिहासिक फैसला गरेको सात वर्षपछि आदेश कार्यान्वयन हुने आशा जागेको छ । प्राकृतिक र मानवीय दुवै थरी अतिक्रमणले ताल छ दशकमा आधा पुरिइसकेको छ । विसं २०१८ मा १०.३५ वर्ग किमी रहेको ताल २०७७ मा ५.७ वर्ग किमीमा खुम्चिएको तथ्याङ्क छ ।
स्थानीय तहमा निमित्त प्रमुख शून्य बनाउने अभियान
सरकारले स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत रहने प्रवृत्ति अन्त्य गर्ने कार्यलाई तीव्रता दिएको छ । स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत हुँदा विकासनिर्माण, दीर्घकालीन महत्वका योजना, अन्तरतह समन्वय कमजोर बन्दै गएका कारण सरकारले निमित्त प्रमुख नराख्ने भएको हो ।
कछुवा गतिमा गौरवका आयोजना
नयाँ सरकारसामु मुलुकमा भ्रष्टाचार र अनियमितता नियन्त्रण गरी सुशासनको प्रत्याभूति दिलाउनुका साथै राष्ट्रिय गौरवका आयोजनालाई तीव्रता दिनु अवसर र चुनौतीका रूपमा देखिएको छ । समयमा काम सम्पन्न नहुने, पटक पटक म्याद थप्नुपर्ने, बर्सेनि लागत बढ्दै जाने तथा भएका काम पनि गुणस्तरहीन हुने राष्ट्रिय गौरवका आयोजनालाई तीव्रता दिन सक्नु नयाँ सरकारका लागि अवसर र चुनौतीका रूपमा देखिएको छ । यी आयोजनाको
एमालेद्वारा सांसदहरुलाई संसदीय अभ्यासबारे प्रशिक्षण
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सङ्घीय सांसदहरुलाई संसदीय अभ्यासबारे प्रशिक्षण दिएको छ। सिंहदरबारस्थित संसद् सचिवालयमा आज प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरुलाई प्रशिक्षण दिइएको सांसद ऐन महरले जानकारी दिनुभयो ।
‘छिटो न्यायको व्यवस्था हुनुपर्छ’
कानुनी विवादमा परेका बालकहरूले आफूहरू सुधारका लागि बालसुधार गृहमा बसेको भए पनि शिक्षा, सीप, कानुनी सुविधा र छिटो न्यायको व्यवस्था आवश्यक रहेको बताएका छन् ।
भिरबाट लडेर गोठालाको मृत्यु
कालीकोटको रास्कोट नगरपालिका वडा १ मा एक जना गोठालाको मृत्यु भएको छ । सिराडी धौले भिरमा बाख्रा चराउन गएका अन्दाजी बर्ष २६ का दिपक बमको भिरबाट लडेर मृत्यु भएको हो ।
ज्येष्ठ नागरिक दिवा सेवा कार्यक्रम चलाउन पितृ सप्ताह
ज्येष्ठ नागरिक र असक्तहरुको लागि दिवा सेवा कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले बागलुङमा श्रीमद भागवत महापुराण पितृ सप्ताह सुरु भएको छ ।
आँबुखैरेनीको विकट बस्तीमा सडक कालोपत्र
तनहुँको आँबुखैरेनी गाउँपालिका –६ का बासिन्दाले वर्षौंदेखि देख्दैआएको पक्की सडकको सपना साकार भएको छ । गाउँपालिकाको विकट मानिने यस वडामा पहिलो पटक सडक कालोपत्र सुरु भएपछि स्थानीयमा खुसीयाली छाएको छ ।
सांसद जोशीसँग भेटघाट
कैलाली घर भइ विभिन्न कारणले काठमाडौँमा बस्दै आएका कैलालीका आफ्ना सहयोगीसँग सांसद जगतप्रसाद जोशीले भेटघाट गर्नुभएको छ ।
घमिरका तेह्रसय नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा
गुल्मीको मालिकामा सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरमा तेह्रसयले सेवा लिएका छन् । मालिका गाउँपालिका –७ घमिरमा खेलकुद तथा सांस्कृतिक युवा क्लवको आयोजना तथा वडा कार्यालयको समन्वयमा शिविर सञ्चालन गरिएको थियो।
नयाँ वर्षमा तेस्रो आदिवासी जनजाति महोत्सव हुँदै
नेपाली नयाँ वर्ष २०८३ को अवसर पारेर नवलपुरमा तेस्रो आदिवासी जनजाति महोत्सव हुने भएको छ । चैत २६ गतेदेखि वैशाख ७ गतेसम्म कावासोती –२ भाटटोला बेलचोकस्थित नवदुर्गा रंगशाला खेल मैदानमा महोत्सव आयोजना हुन लागेको शनिबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।
जुम्लाको १४ वटै केन्द्रमा उत्तरपुस्तिका परीक्षण सुरु
जुम्लामा एसर्ईई परीक्षाको उत्तरपुस्तिका परीक्षण सुरु भएको छ । प्रमुख जिल्ला अधिकारी दिपक पौडेलका अनुसार शुक्रवारदेखि जुम्लामा उत्तरपुस्तिका परीक्षण सुरु भएको जानकारी दिनुभयो ।
रुद्रवेणी–वामीटक्सार–खर्बाङ् सडक पुनः अवरुद्ध
गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ् सडकखण्ड पुनः बन्द भएको छ। उक्त सडकखण्ड अन्तर्गत सत्यवती गाउँपालिकाले खैरेनी बजारस्थित जुम्दी खोलाको पुल निर्माणको काम भइरहेको हुँदा शुक्रबारदेखि १० दिनका लागि सडक बन्द भएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ।
दाङमा चार साहित्यकार पुरस्कृत
दाङमा चार जना साहित्यकार पुरस्कृत हुनुभएको छ । राप्ती साहित्य परिषद् दाङ शाखाको १८ औं बार्षिकोत्सवको अवसरमा शनिवार घोराहीमा चारजना साहित्यकार पुरस्कृत हुनुभएको हो ।
युक्रेनमा भएको रूसी आक्रमणमा पाँचको मृत्यु, १९ जना घाइते
युक्रेनी शहर निकोपोलको बजारमा शनिबार भएको रूसी ड्रोन आक्रमण परी पाँच जनाको मृत्यु हुनुका साथै १९ जना घाइते भएको अधिकारीले बताएका छन् । क्षेत्रीय गभर्नर ओलेक्सान्डर गन्जाले टेलिग्राम पोस्ट मार्फत आक्रमणमा तीन महिला र दुई पुरुष गरी पाँच जनाको मृत्यु भएको बताउनु भएको छ ।
हजार दिनका आमालाई पोषण सामग्री
पाँचथरको फाल्गुनन्द गाउँपालिका –१ मा हजार दिनको आमालाई पोषण सामग्री वितरण गरिएको छ । गर्भावस्थादेखि सुत्केरीपछिको एक हजार दिनसम्मका आमाहरूलाई वडा कार्यालयले पोषणयुक्त खाद्य सामग्री उपलब्ध गराएको हो ।
ज्यानसम्बन्धी कसुर मुद्दामा तीन जना पक्राउ
ङको राप्ती गाउँपालिका –४ मा भएको ज्यानसम्बन्धी कसूर मुद्दामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार राप्ती गाउँपालिका –२ निवासी आयुष्मान थापा मगरमाथि धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाइएको घटनामा अनुसन्धान गर्ने क्रममा प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको हो।