• १७ कात्तिक २०८२, सोमबार

फिलिपिन्समा सुपर टाइफुन हाइयानका कारण हजारौँ विस्थापित

blog

मनिला, कात्तिक १७ गते । फिलिपिन्सका तटीय प्रान्तमा सुपर टाइफुन हाइयानको कारण सोमबार हजारौंलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको जनाइएको छ । राष्ट्रिय मौसम विभागका अनुसार टाइफुन १५० किलोमिटर प्रति घण्टासम्मको गतिका साथ आउने अनुमान गरिएको छ ।

सन् २०१३ मा सुपर टाइफुन हाइयानले छ हजारभन्दा बढी मानिसको ज्यान लिएको बताउँदै विपद अधिकारी रोएल मोन्टेसाले प्रभावित क्षेत्र “पालो र तानाउनमा निकासी जारी रहेको बताउनुभएको छ । नागरिक सुरक्षा अधिकारी र्यान्डी निकार्टका अनुसार छिमेकी सामार टापुमा आइतवारदेखि हजारौं बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ ।  

स्थानीय सरकारले गुइआनमा तीव्र निकासी गरिरहेका छन्, जहाँ आँधीले अवतरण गर्ने सम्भावना रहेको जनाइएको छ । फिलिपिन्स प्रत्येक वर्ष औसत २० वटा आँधीबेहरी र टाइफुनको चपेटामा पर्ने गरेको जनाइएको छ । फिलिपिन्सका मौसम विभागका विशेषज्ञ चार्माइन वरिल्लालाई उद्धृत गर्दै एएफपीले डिसेम्बरको अन्त्यसम्ममा कम्तीमा “तीन देखि पाँच वटा थप“ आँधीबेहरीको सम्भावना रहेको जनाएको छ ।   

डिनागट टापु प्रान्तको लेइटको दक्षिणमा १० देखि १५ हजार मानिसलाई पहिले नै सुरक्षित क्षेत्रमा सारिएको गभर्नर निलो डेमेरीले बताउनुभएको छ । विपद अधिकारी जोय कोनालेसले दिनगतको लोरेटो सहरका बासिन्दालाई सुरक्षाका लागि उच्च स्थानमा खाली गर्न भनिएको बताउनुभएको छ ।

वैज्ञानिकले मानव–सञ्चालित जलवायु परिवर्तनका कारण आँधीबेहरी अझ शक्तिशाली हुँदै गएको चेतावनी दिएका छन् । मध्य र पूर्वी भूमध्यरेखीय प्रशान्त महासागरमा सामान्यतया धेरै सङ्ख्यामा चक्रवातहरू आउने गरेको भेरिलाले बताउनुभएको छ । सेप्टेम्बरमा फिलिपिन्समा सुपर टाइफुन रागासासहित दुई वटा ठुला आँधी आउँदा छिमेकी ताइवानमा १४ जनाको मृत्यु भएको थियो । रासस/एएफपी