• १८ कात्तिक २०८२, मङ्गलबार

जापानमा भालुको आक्रमणमा परी दुई जना घाइते

blog

टोकियो, कात्तिक १७ गते । जापानको अकिता प्रान्तमा भएको छुट्टा–छुट्टै भालु आक्रमणमा दुई जना घाइते भएको उल्लेख गर्दै यस क्षेत्रमा भालुहरूको मुठभेड तीव्ररूपमा बढेको स्थानीय प्रहरीले जनाएको छ ।

किता शहरमा, एक ६५ वर्षीय व्यक्तिलाई उहाँको घरको नजिकै आइतबार स्थानीय समय अनुसार बिहान ५:३० मा आक्रमण गरेको तथा घटना स्थलमा दुई वटा भालु देखिएको प्रहरीले जनाएको छ । पीडित घाइतेलाई उपचारका लागि अस्पताल लगिएको तथा स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।

दाइसेन शहरमा, आइतबार बिहान भएको आक्रमणमा एक व्यक्ति घाइते भएको तथा घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । नोभेम्बरको सुरुमा अकितामा भालुसम्बन्धी घटनामा तीन जनाको मृत्यु हुनुका साथै ५० भन्दा बढी घाइते भएको जनाइएको छ । प्रान्तीय सरकारले उक्त क्षेत्रका लागि चेतावनी जारी गर्दै बासिन्दालाई सतर्क रहन र भालु देखा पर्न सक्ने पाहाडी क्षेत्रबाट टाढा रहन आग्रह गरेको छ । रासस/सिन्ह्वा