• १३ कात्तिक २०८२, बिहिबार

२५ हजार भन्दा बढी प्यालेस्टिनी बालबालिका अस्थायी सिकाइमा सहभागीः युएनआरडब्लुए

blog

न्युयोर्क, कात्तिक १२ गते । प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत र कार्य एजेन्सी (युएनआरडब्लुए) ले गाजा पट्टीका २५ हजार भन्दा बढी प्यालेस्टिनी बालबालिकाहरू एजेन्सीले स्थापना गरेको अस्थायी सिकाइमा सहभागी भएको पुष्टि गरेको छ ।

युएनआरडब्लुएका आयुक्त-जनरल फिलिप लाजारिनीले “युद्धविरामसँगै, युएनआरडब्लुएले भौतिक तथा अनलाइन दुवै माध्यामबाट गाजामा “ब्याक टु लर्निङ” कार्यक्रमलाई अगाडि बढाइरहेको बताउनु भएको छ ।  एजेन्सीले आवाश्यकता र सम्भावनाका आधारमा यस्ता सिकाई स्थानको सङ्ख्या बढाउने कार्य जारी राख्ने कुरामा उहाँले जोड दिनु भयो ।  

युएनआरडब्लुएले गाजा पट्टीका करिब तीन लाख बालबालिकासम्म पुग्ने उद्देश्यले कक्षा सञ्चालन गरिरहेको लाजारिनीले बताउनु भएको छ । साक्षरता र शिक्षाले पिडित बालबाललिकाको जिवन निर्वाहको महत्वपुर्ण आधार तय गर्नें लाजारिनीले सामाजिक सञ्जाल एक्स मार्फत जनाउनु भएको छ ।  रासस/क्युएनए