तीन महिनामा तिस उपलब्धि
सरकारले दुर्गम जिल्लाका थप पाँच गाउँपालिकामा फोरजी इन्टरनेट सेवाको पहुँच विस्तार गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आफ्नो तीन महिनाको उपलब्धि सार्वजनिक गर्दै नेपाल टेलिकमको सक्रिय ग्राहक सङ्ख्या तीन महिनामा दुई लाख वृद्धि भएको बताउनुभएको छ । उहाँले आफू मन्त्री भएको तीन महिनामा ३० वटा उपलब्धि सार्वजनिक गर्नुभएको छ ।
बागमतीमा फोहोर सङ्कलन गर्न ‘ट्रास ब्यारियर’
बागमती नदी सरसफाइका लागि आधुनिक प्रविधिको प्रयोग आरम्भ गरिएको छ । अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले नदीमा फालिएका तैरिने फोहोर पदार्थ सङ्कलन गर्न ट्रास ब्यारियर राखेको हो ।
लामिछाने पुनः कार्यकारी भूमिकामा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टीको कार्यकारी (सभापति) जिम्मेवारीमा फर्किनुभएको छ । आइतबार बसेको पार्टीको ६४ औँ केन्द्रीय कमिटीको बैठकमा पार्टीका कार्यवाहक सभापति डिपी अर्यालले आफूले समाल्दै आएको कार्यकारी सभापतिको जिम्मेवारी लामिछानेलाई हस्तान्तरण गर्नुभएको थियो ।
अनुदानका लागि प्रस्ताव मागियो
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै गाउँपालिका र नगरपालिकालाई आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सङ्घीय सरकारले स्थानीय तहलाई प्रदान गर्ने समपूरक अनुदान र विशेष अनुदानका लागि कार्यक्रमको प्रस्ताव पेस गर्न आग्रह गरेको छ ।
आइपुगेन उपचार शोधभर्नाको विवरण
जेनजी आन्दोलनका घाइतेको उपचार गर्ने ८० अस्पतालमध्ये २३ वटा अस्पतालले मात्र उपचार खर्चको शोधभर्नाका लागि विवरण पठाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपत्कालीन तथा विपत् व्यवस्थापन एकाइ (एचइओसी) ले ८० वटै अस्पताललाई शोधभर्नाका लागि सम्पूर्ण विवरण पठाउन आग्रह गरेको थियो ।
‘ओभरस्टे’ को अवधारणा शरणार्थीलाई लागु नहुने
सामूहिक पुनर्वास कार्यक्रम स्थगनपछि नेपाल सरकारले ‘एक्जिट पर्मिट’ नदिँदा रोकिएका भुटानी शरणार्थीले प्रक्रियासम्मत रूपमा तेस्रो मुलुक जाने अनुमति मागे अनुमति प्रदान गर्न सर्वोच्च अदालतले सरकारलाई परमादेश आदेश जारी गरेको छ ।
मतपत्र छपाइको तयारी पूरा
आगामी फागुन २१ गतेका लागि निर्धारण गरिएको प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र छपाइको तयारी पूरा भएको छ । सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले मतपत्र छपाइ गर्न लागेको हो । यसअघि निर्वाचन आयोगले मौखिक र पत्रमार्फत मतपत्र छपाइका लागि तयारी अवस्थामा रहन केन्द्रलाई अनुरोध गरेको थियो ।
जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
ताप्लेजुङको फुङ्लिङ नगरपालिकास्थित शान्ति आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरिएको छ ।
आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते
जिल्लाको कमलामाई नगरपालिका ६ धुराबजारस्थित एक घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
पूर्व प्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबिच भेटवार्ता
नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल र नेपालका लागि चिनियाँ राजदूत छन सोङबिच आज बिदाइ भेटवार्ता भएको छ । चिनियाँ दूतावासमा भएको शिष्टाचार भेटवार्तामा उहाँहरूबिच आपसी हित एवं चासोको विषयमा कुराकानी भएको हो ।
‘काजिनसारा ताल’ विश्वकै उचाइमा पर्ने सम्भावना
मनाङ जिल्लाको चामे गाउँपालिका–४, सिङ्गारखर्कमा फेला परेको नयाँ हिमताल ‘काजिनसारा ताल’ को प्रारम्भिक मापन सार्वजनिक भएपछि यसलाई विश्वकै सबैभन्दा उचाइमा अवस्थित ठूलो तालका रूपमा स्थापित गर्न सकिने सम्भावनाले राष्ट्रिय चासो बढाएको छ ।
नेप्से परिसूचकमा १९ अङ्कको गिरावट
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १९ दशमलव ९२ अङ्कले घटेर दुई हजार ५९५ दशमलव १० को बिन्दुमा कायम भएको हो ।
स्थानीय तहमा सञ्चार ऐन जारी गर्न माग
नेपाल पत्रकार महासङ्घले सञ्चार सम्बन्धि दुविधाको निराकरणसँगै कार्य सम्पादनमा सहजताका लागि सञ्चार ऐन बनाउन स्थानीय तहहरुसँग आग्रह गरेको छ ।
विद्युत विस्तारलाई तिब्रता दिने सहमति
लामो समयदेखि सम्पन्न हुन नसकेको पूर्ण विद्युतीकरण ठेक्का कार्यको प्रगति र समाधानका विषयमा यहाँ छलफल भएको छ ।
मध्यविन्दु नगर अस्पताल उद्घाटन
मध्यविन्दु नगर अस्पतालको आइतबार उद्घाटन गरिएको छ । नगर प्रमुख भीमलाल अधिकारीले अस्पताल भवनको उद्घाटन गर्नुभएको हो ।
सुम्हात्लुङ मिनि म्याराथन पुरुष र महिला दुवै विधामा
चासोक तङनामको अवसरमा आठौ संस्करणको सुम्हात्लुङ मिनि म्याराथन आयोजना गरिने भएको छ ।
महिलालाई वित्तीय साक्षरता कार्यक्रम
मुक्तिनाथ विकास बैंक लिमिटेड धनकुटा शाखाले करिब ५० जना भन्दा बढी महिलाका लागि वित्तीय साक्षरता कार्यक्रम सम्बन्धि जानकारी गराएको छ ।
हुलाकी राजमार्ग सडकको काम समयमै सक्न मन्त्री घिसिङकाे निर्देशन
ऊर्जा, सिँचाइ तथा सहरी विकास मन्त्री कुलमान घिसिङले आइतबार पश्चिम नवलपरासीको भ्रमण गरी निर्माणाधीन आयोजनाहरूको स्थलगत अवलोकन गर्नुभएको छ। भ्रमणका क्रममा मन्त्री घिसिङले यस क्षेत्रको विकासको मेरुदण्ड मानिने हुलाकी राजमार्ग सडक खण्डको अवस्थाबारे प्रत्यक्ष जानकारी लिनुभयो।
शिक्षण सिकाइमा ध्यान दिन अभिभावकलाई आग्रह
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरको पुरानो विद्यालय लक्ष्मी चण्डी मुरारका माध्यमिक विद्यालयका (लचमुमावि) शिक्षकहरुले शिक्षण सिकाइको वातावरण निर्माणमा ठुलो भूमिका अभिभावकहरुको भएकोले अभिभावकहरुलाई यसप्रति ध्यान दिन आग्रह गरेका छन् ।
एक सय सात जनाको मोतीविन्दु शल्यक्रिया
धादिङबेँसीमा सम्पन्न मोतीविन्दु शल्यक्रिया शिविरमा एक सय सात जनाको सफल शल्यक्रिया गरिएको छ ।
मुसिकोटको गङ्गा प्राविमा पुस्तकालय स्थापना
गुल्मीको मुसिकोट नगरपालिका-२ को गङ्गा प्राविमा पुस्तकालय स्थापना गरेर हस्तान्तरण गरिएको छ । कर्म फ्लाईट्स फाउन्डेसन नेपाल कास्कीले पुस्तकालय स्थापना गरेको हो ।
विदेशमा सिकेको सीप स्वदेशमा उपयोग गर्दै व्यवसायी खनाल
रोजगारीका क्रममा विदेशका धेरै सङ्घर्षपूर्ण भोगाइ र अनुभव सँगालेका बाग्लुङको ढोरपाटन नगरपालिका बुर्तिबाङका कृष्ण खनालको सङ्घर्ष र सफलताका कथा यतिखेर अरुका लागि पनि अनुकरणीय बनेको छ ।
कागती बिक्री नभएपछि रस र चुक बनाइँदै
यहाँ उत्पादित कागती बिक्री नभएपछि किसानले विकल्पको खोजी गरेका छन् । स्याङ्जाको वालिङ नगरपालिकाका विभिन्न ठाउँमा व्यावसायिक रूपमा उत्पादन भएको कागतीको दानाले बजार नपाएपछि विकल्पका रूपमा कागती पेलेर रस तथा चुक नै बिक्री गर्ने अवस्थामा किसानहरू पुगेका हुन् ।
आहा ! आलिताल
पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको छ । यसका लागि आलिताल गाउँपालिकाले आलिताल –३ मा स्थित तालको संरक्षणका लागि कार्ययोजना बनाएको छ ।