श्रम मन्त्रीद्वारा ‘इपिए’को निरीक्षण
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार साहले आज भैँसेपाटीस्थित राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (इपिए)को निरीक्षण गर्नुभएको छ ।
राससका कार्यकारी अध्यक्ष झाद्वारा राजीनामा
राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले पदबाट राजीनामा दिनुभएको छ । उहाँले आज सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनासमक्ष राजीनामा दिनुभएको हो ।
वीर अस्पतालमा आजदेखि महिलालाई निःशुल्क क्यान्सर परीक्षण
आजदेखि वीर अस्पतालमा महिलालाई निःशुल्क रुपमा क्यान्सर परीक्षण सुरु गरिएको छ ।
साथीको जन्मदिन मनाउन निस्केकी किशोरी मृत फेला
दाङको बबई गाउँपालिका वडा ३ स्थित बनमा एक किशोरी मृत फेला पर्नुभएको छ ।
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले जनतामा आशा जगाउने सुधारका कार्ययोजना ल्याउन सम्बन्धित निकायहरुलाई निर्देशन दिनुभएको छ ।
मकवानपुरमा डेङ्गु सङ्क्रमणमा वृद्धि
पछिल्लो समय मकवानपुरमा डेङ्गु सङ्क्रमण बढ्दै गएको छ ।
राष्ट्रपतिद्वारा सङ्घीय संसद्को दुबै सदनको अधिवेशन आह्वान
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ ।
यातायात कार्यालय एकान्तकुनाबाट विचौलियाको आरोपमा १५ जना पक्राउ
यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट १५ जनालाई विचौलियाको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
पर्यटनमन्त्रीसँग पोखरेलीको अपेक्षा : ‘विदेश उडान होस्, फेवा जोगियोस्’
पर्यटन राजधानी पोखराकै बासिन्दा खडकराज पौडेल (गनेस) सङ्घीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री नियुक्त भएपछि पोखरेली उत्साहित छन् ।
मुख्यमन्त्री यादवद्वारा संशोधन विधेयक फिर्ता
मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सभामा प्रस्तुत गरिएको गाउँ सभा, नगर सभा तथा जिल्ला सभा कार्य सञ्चालन (कार्यविधि) ऐन, २०७७ संशोधन विधेयक फिर्ता लिनुभएको छ ।
गोरखापत्र संस्थानका महाप्रबन्धक ऐरीको बिदाइ : संस्थानको श्रीवृद्धिमा विशिष्ट योगदान
गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीको चार वर्षे सफल कार्यकाल पूरा भएको अवसरमा सोमबार एक कार्यक्रमका बीच उहाँलाई बिदाइ गरिएको छ।
सुदूरपश्चिमबाट ५४ हजार परीक्षार्थीले एसईई दिने
माध्यमिक शिक्षा परीक्षा (एसईई) मा यसवर्ष सुदूरपश्चिम प्रदेशबाट करिब ४५ हजार परीक्षार्थी सहभागी हुने भएका छन् ।
विकास बजेटमा कर्णालीलाई प्राथमिकता दिन कर्णालीका सांसद्हरुको प्रधानमन्त्रीसँग आग्रह
कर्णाली प्रदेशलाई आगामी आर्थिक वर्षको विकास बजेटमा प्राथमिकतामा राख्न कर्णालीबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूले प्रधानमन्त्री बालेन्द्र शाहसँग आग्रह गरेका छन् ।
फिनल्याण्डमा युक्रेनी ड्रोन दुर्घटना, गलत निशाना लागेको भन्दै क्षमा याचना
गत साताको अन्त्यमा दक्षिणी फिनल्याण्डमा दुई युक्रेनी ड्रोन दुर्घटनाग्रस्त भएको पु्ष्टि गर्दै युक्रेनले सोमबार हेलसिन्कीसँग यसका लागि माफी मागेको छ । युक्रेनी विदेश मन्त्रालयले घटना गल्तीबस भएको भन्दै माफी मागेको हो ।
एसईई सञ्चालन गर्न केन्द्राध्यक्ष तोकियो
यही चैत १९ गते बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि ताप्लेजुङमा केन्द्राध्यक्ष तोकिएको छ । एसईई सञ्चालन हुने जिल्लाका ११ वटा केन्द्रका लागि केन्द्राध्यक्ष तोकिएको हो ।
इजरायली आक्रमणमा सन्यै कमान्डरको हत्या भएको इरानको पुष्टि
इरानले इजरायली आक्रमणमा सैन्य कमान्डरको हत्या भएको पुष्टि गर्दै आक्रमण स्ट्रेट अफ हर्मुजको अवरोध हटाउनका लागि गरिएको बताएको बताएको छ । सेपाह न्यूजको वेबसाइटमा गत हप्ता भएको आक्रमणमा परी सैन्य कमान्डर अलिरेजा ताङ्सिरीे गम्भीर घाइते भएको र हाल उपचारको क्रममा मृत्यु भएको जनाइएको छ ।
भानुआटुमा शक्तिशाली भूकम्प
प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटु नजिक शक्तिशाली भूकम्प गए पनि ठूलो क्षतिको जोखिम कम देखिएको छ । युएसजिएसका अनुसार सोमबार ७.३ म्याग्निच्युडको भूकम्प मापन गरिएको हो, जसले क्षेत्रीय स्तरमा मध्यम कम्पन महसुस गराएको छ ।
युद्धको असर सामना गर्न जी ७ सक्रिय
मध्यपूर्वमा चर्किदै गएको युद्धले विश्व अर्थतन्त्रमा गहिरो दबाब सिर्जना गरिरहेका बेला धनी राष्ट्रको समूह जी ७ का मन्त्रीहरू त्यसको आर्थिक असर व्यवस्थापन गर्न आपतकालीन समन्वयमा जुटेका छन् ।
जासुसी आरोपमा रुसी निष्कासन
रुस र बेलायतबिच बढ्दो तनावका बिच मस्कोले बेलायती दूतावासका एक कूटनीतिज्ञलाई जासुसीमा संलग्न भएको आरोप लगाउँदै देश छोड्न आदेश दिएको छ । पछिल्ला वर्षदेखि जारी आपसी अविश्वास र प्रतिशोधात्मक कूटनीतिक कदमबिच यो घटना नयाँ तनावको सङ्केतका रूपमा देखिएको छ ।
सल्यान कुमाखमा पातलो प्लास्टिक झोला प्रयोगमा कडाइ
सल्यानको कुमाख गाउँपालिकाले ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोलाको उत्पादन, बिक्री, वितरण तथा प्रयोगमा कडाइ गरेको छ।
थारू समुदायको रैथाने खाना प्रवर्धन र व्यावसायिकतामा जोड
डिभिजन कार्यालय कोहलपुरका अधिकृत कृष्ण विष्टले रैथाने खाना तथा परम्परागत परिकारबाट पनि पर्यटन प्रवर्धन गर्न सकिने बताउँदै त्यसको व्यावसायिक र बजारीकरण गर्दै जाँदा त्यसबाट दीगो आर्थिक उपार्जन पनि गर्न सकिनेमा जोड दिनुभएको छ ।
६५ फिट अग्लो बुद्धको प्रतिमासहितको पार्क सञ्चालनमा
इलामको सूर्योदय नगरपालिका-३, बौद्धधाममा निर्माण गरिएको बुद्धको प्रतिमा सहितको बुद्धपार्क सञ्चालनमा आउने भएको छ ।
सिन्धुपाल्चोकमा कफी खेती विस्तार
कफी उत्पादनका लागि उपयुक्त भूमि मानिएको सिन्धुपाल्चोक जिल्लामा पछिल्लो समय कफी खेती उल्लेखनीय रूपमा विस्तार हुँदै गएको छ ।
नाइजेरियाको बारमा आक्रमण : मृत्यु हुने २२ पुगे
यस अघि बन्दुकधारीले नाइजेरियाको अशांत पठार राज्यको राजधानी जोस स्थित एउटा बारमा आक्रमण गरी कम्तिमा एक दर्जन मानिसको हत्या गरेका थिए । आक्रमणको प्रतिशोधको क्रममा थप १० जनाको मृत्यु भएको स्थानीयलाई उदृत गर्दै सोमबार एएफपीले जनाएको छ ।