• १४ कात्तिक २०८२, शुक्रबार

वार्ता र संवादबाट समस्या समाधान गर्नुपर्ने : मुख्यमन्त्री कार्की

blog

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की ।

विराटनगर, कात्तिक १४ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रबीच देखिएको समस्या वार्ता र संवादबाट टुङ्ग्याउन आग्रह गर्नुभएको छ ।

मुख्यमन्त्री कार्कीले आज प्रेस विज्ञप्ति जारी गर्दै उद्योगहरुमा विद्युत् लाइन काटिँदा उत्पादन र रोजगारीमा असर परेकाले वार्ता र संवादमार्फत विद्युत् कटौतीसम्बन्धी समस्या यथा सक्य छिटो समाधान गर्न अनुरोध गर्नुभएको हो ।    

यसै गरी उहाँले आर्थिक क्षेत्रमा देखिएका समस्या क्रमशः समाधान हुँदै गइरहेको अवस्थामा गत भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा मुलुकको निजी उद्योग व्यवसाय, सुपरमार्केट, सञ्चार क्षेत्रमा आगजनी तथा तोडफोड भएसँगै लगानीको वातावरण बिग्रिएकाले सुरक्षाव्यवस्था सुनिश्चित गर्न र विद्युत् कटौतीसम्बन्धी समस्या समाधान गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गर्नुभएको छ । रासस