धुर्कोटमा जनयुद्ध र सहिदको सम्झनामा पार्क
धुर्कोट गाउँपालिकाले दस वर्षे सशस्त्र जनयुद्वको सम्झानामा ‘जनयुद्व पार्क’ र गाउँपालिका भित्रका सहिदहरूको सम्झनामा ‘सहिद पार्क’ निर्माण गरेको छ ।
लमजुङका ८५ प्रतिशत प्रतिनिधि कांग्रेसमा विशेष महाधिवेशनको पक्षमा
नेपाली कांग्रेसमा नेतृत्व परिवर्तनको माग गर्दै सुरु भएको विशेष महाधिवेशनको हस्ताक्षर अभियानमा लमजुङका ८५ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेका छन्।
सर्लाहीमा धमाधम मतदाता नामावली सङ्कलन हुँदै
जिल्ला निर्वाचन कार्यालय सर्लाहीले मतदाता नामावली सङ्कलन कार्यलाई तीव्रता दिएको छ ।
व्यावहारिक शिक्षा लिँदै बालिका
पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ मा रहेको आनन्द माध्यमिक विद्यालयमा अध्ययनरत छात्रा प्रीतिमा बुढा बोल्ने बानी बसाल्नु पर्छ र अतिरिक्त क्रियाकलापमा सहभागी भएर आफ्नो प्रतिभा देखाउनु पर्छ भन्ने सोचका साथ अघि बढिरहनुभएको छ ।
हिमपातले आन्तरिक पर्यटक अलपत्र
नाम्खा गाउँपालिका–६ को न्यालु लेकको सडकमा हिउँ जमेर यातायात सेवा अवरुद्ध हुँदा २२ जना आन्तरिक पर्यटक ताक्ची र तुम्लिङमा अलपत्र परेका छन् । सडक सुचारु नभएपछि बोलेरो जिपसहित ती आन्तरिक पर्यटक चार दिनदेखि ताक्चीमा अलपत्र परेका हुन् ।
जग्गाको प्लट रजिस्टर बनाइँदै
जेनजी पुस्ताको आन्दोलनका क्रममा गत भदौ २४ गते आगजनीबाट जलेर नष्ट भएको सुर्खेतस्थित नापी कार्यालयको सेवा अझै सुरु हुन सकेको छैन । कार्यालयको आन्तरिक व्यवस्थापनको काममा व्यस्त हुन परेपछि एक महिना नाघिसक्दा पनि कार्यालयको सेवा सुरु हुन नसकेको हो ।
मतदान गर्न आतुर देखिन्छन् युवा
आगामी फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदाता नामावली दर्ता गर्न युवाको सहभागिता उल्लेख्य देखिएको छ । विगतका चुनावप्रति खासै चासो नदेखाएका तर हालैका राजनीतिक घटनाक्रम र जेनजी समूहको आन्दोलनबाट प्रेरित भएका नयाँ मतदाता आफ्नो मताधिकार सुनिश्चित गर्न उत्साहित देखिएका छन् ।
ग्रामीण सडकमा सधैँ सास्ती
स्थानीय तहले आफूखुसी खनेका ग्रामीण सडकमा जोखिम बढ्दै गएको छ । सडकलाई पहिलो प्राथमिकता दिएका स्थानीय तहले एक्साभेटरमार्फत सडकको ट्र्याक खोले पनि थप सुधार नगर्दा जोखिम बढेको हो ।
जग्गाको मूल्याङ्कन बढ्दा किसानका लागि हर्ष न बिस्मात
हुलाकी राजमार्ग बनेपछि वरपरका जग्गाको मूल्य ह्वात्तै बढेको छ तर आफ्नै सम्पत्तिको मूल्य बढे पनि यहाँका जग्गाधनी अहिले हर्ष न बिस्मातको अवस्थामा छन् । जग्गा कारोबार र वार्षिक कर तिर्नै नसक्ने भएका छन् ।
बुटवल–नारायणगढ सडकखण्ड, म्याद थपिएपछि निर्माण तीव्र
तीन पटकसम्म थपिएको म्याद सकिएर पुनः म्याद पाएपछि काम भइरहेको बुटवल–नारायणगढ सडक निर्माणले अहिले भने तीव्रता पाएको छ । गत साउनबाट एक वर्षको म्याद पाएको ठेकेदार कम्पनीले अहिलेसम्म ७२ प्रतिशत काम सम्पन्न गरेको छ ।
मुक्तिनाथ जानेको स्वास्थ्य परीक्षण
हिन्दु तथा बौद्धमार्गीको महत्वपूर्ण तीर्थस्थल मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा अवस्थित मुक्तिनाथ मन्दिरमा तीर्थालु तथा पर्यटकलाई लक्ष्य गरी तीन ठाउँमा स्वास्थ्य परीक्षण गरिन्छ ।
प्राविधिक विश्वविद्यालयप्रति विद्यार्थीको आशा
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्राविधिक विश्वविद्यालयले विद्यार्थीको आकर्षण बढाउन थालेपछि विश्वविद्यालयप्रति नयाँ आशा पलाएको बताउनुभएको छ ।
तिहारपछि प्रदेश सभा अधिवेशन बोलाइने
मुलुकको पछिल्लो राजनीतिक अवस्थालाई ध्यानमा राखी लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन तिहारपछि बोलाइने भएको छ । प्रदेश सरकारका अनुसार अधिवेशनका लागि आवश्यक बिजनेस (कार्यसूची) तयारी भइरहेको छ ।
साढे छ हजार घरको छाना फेर्न बाँकी
दाङमा करिब साढे छ हजार घरमा टिनको छाना लगाउन बाँकी रहेको पाइएको छ । सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय दाङले सुरक्षित आवास कार्यक्रम अन्तर्गत खरको छाना हटाई टिनको छाना लगाउन छनोटमा परेका नौ हजार ८७९ घरमध्ये अझै छ हजार ६१२ घरमा टिनको छाना लगाउन बाँकी रहेको जनाएको छ ।
भिआइपी कक्ष बन्द
सङ्खुवासभाको तुम्लिङटार विमानस्थलले यात्रुलाई बराबर सुविधा हुने गरी भिआइपी कक्ष बन्द गरेको छ । विमानस्थल प्रशासनका अनुसार जेनजी आन्दोलनपछि सुरक्षासम्बन्धी चुनौती र भिआइपी कक्षको अनावश्यक प्रयोगका कारण उक्त सेवा स्थायी रूपमा बन्द गरिएको हो ।
जसपाको प्रथम अधिवेशन सुरु
जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेश प्रदेश एकताको प्रथम अधिवेशन सोमबारदेखि जनकपुरधाममा सुरु भएको छ । जसपा नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले अधिवेशन उद्घाटन गर्नुभएको हो ।
खोलाको पुलमा भ्वाङ
विराटनगर महानगरपालिका र कटहरी गाउँपालिका जोड्ने सिङ्घीयखोलाको पुलमा भ्वाङ परेको छ । हुलाकी राजमार्ग अन्तर्गत विराटनगर ७ र ८ वडा तथा कटहरी गाउँपालिका
आधा दर्जन सरकारी कार्यालय पुनः प्रयोग गर्न नमिल्ने
चितवनका आधा दर्जन सरकारी कार्यालयमा पुनः प्रयोग गर्न नमिल्ने भन्दै रातो स्टिकर टाँसिएको छ । जेनजी समूहको आन्दोलनका व्रmममा भएको आगजनीका कारण सङ्घीय र
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित थामी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित थामी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ह्योल्मो भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ह्योल्मो भाषा
त्रिविको सम्पत्ति लथालिङ्ग
त्रिभुवन विश्वविद्यालय मुलुककै सबैभन्दा ठुलो र पुरानो सरकारी विश्वविद्यालय हो । यस संस्थाले मुलुकलाई चाहिने दक्ष बौद्धिक जनशक्ति उत्पादनमा प्रमुख भूमिका निर्वाह गर्दै आएको छ । अथाह चल तथा अचल सम्पत्ति हुँदा पनि व्यवस्थापकीय कमजोरी र लापर्बाहीका कारण यो संस्था दुब्लाउँदै गएको छ । त्रिविको चल तथा अचल सम्पत्ति लथालिङ्ग अवस्थामा छ । आफ्नो नाममा कति जग्गा र भौति
निर्वाचनका निम्ति मतदाता शिक्षा
जेनजी आन्दोलनपश्चात् गठित वर्तमान सरकारले २०८२ फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गराउनुपर्ने मूल काम रहेको छ । यसै कार्यका लागि निर्वाचन आयोगले २०८२ कात्तिक १६ गतेसम्म १८ वर्ष उमेर पूरा हुने नेपाली नागरिकले मतदाता नामावलीमा नाम समावेश गर्न सूचना प्रकाशन गरेकाले जिल्लास्थित निर्वाचन कार्यालयमा चहलपहल बढ्न थालेको देखिन्छ ।
बालविकास शिक्षाको पुनर्संरचना
विश्व बैङ्कको एक अध्ययनले प्रारम्भिक बालविकासमा गरेको लगानीको प्रतिफल १७ गुणासम्म भएको देखाएको छ । बाल्यावस्थामा उचित विकास र सिक्ने अवसर पाउनु उनीहरूको मूल अधिकार हो ।
निर्वाचन शान्तिको उत्तम बाटो
युवा जनशक्ति भविष्यका कर्णधार मात्रै अमूल्य सम्पत्ति पनि हो । देश र समाजले उनीहरूबाट धेरै आशा र अपेक्षा गरेको हुन्छ । युवा राजनीतिक, आर्थिक, सामाजिक सांस्कृतिक रूपान्तरणका अग्रदूत तथा परिवर्तनका संवाहक शक्ति पनि हुन् ।