पाशुपतक्षेत्रको जगेर्ना
भगवान् श्री पशुपतिनाथ पुराणमा वर्णित समस्त ज्योर्तिलिङ्गको शिरका रूपमा प्रसिद्ध हुनुहुन्छ, शिरोभागस्वरूपेण शिवलिङ्ग तदस्ति हि (शिवमहापुराण, शतरुद्रसंहिता, ११।१९) । पुराणोक्त द्वादश(१२) ज्योतिर्लिङ्गहरूमा पशुपतिको गणना नभए पनि शिरोभागको रूपमा महिमा भने सबैभन्दा बढी छ । पशुपतिनाथको सर्वोच्चता यसबाट पनि सिद्ध हुन्छ कि– ज्योतिर्लिङ्गेश्वरलगायत चौँसट्ठी लिङ्गहरू यसका अङ्गका रूपमा रहेका छन् । यी ६४ सि
सकियो सेतो मच्छिन्द्रनाथको जात्रा
काठमाडौँ उपत्यकाका चार लोकेश्वरमध्ये सद्भावका देवताका रूपमा पूजिने सेतो मच्छिन्द्रनाथलाई रथयात्रापछि पुनः मन्दिरमा प्रतिस्थापन गरिएको छ ।
१०० वर्ष अघिको गोर्खापत्र
१०० वर्ष अघिको गोर्खापत्र
आजको राशिफल
आजको राशिफल
दीपक खरेलको एकल साँझ हुने
गायक तथा सङ्गीतकार दीपक खरेलको पहिलो बृहत् अर्केस्ट्रासहितको एकल साँझ ‘इकोज अफ इटरनिटी’ चैत २७ गते शुक्रबार नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजना हुने भएको छ । कार्यक्रममा खरेलले आफ्ना कालजयी ‘पूर्णिमाको रात पनि’, ‘तिम्रो त्यो हँसिलो मुहारको’, ‘यो कर्मभूमिको आँगनमा’, ‘प्रतीक्षा गर मेरी मायालु’, ‘बादल बनाइदेऊ’, ‘गरुँ कि मिठो भूल’ र ‘बिहानीको सिरेटोमा’ सहित १७ गीत प्रस्तुत गर्ने छन् ।
सर्जक सम्मान
नेपालका विशिष्ट विद्वान्, इतिहासविद्, लिपिविज्ञ धनवज्र वज्राचार्यको जन्मजयन्तीको अवसरमा विभिन्न सर्जक व्यक्तित्वलाई सम्मान गरिएको छ । ज्ञानगुन साहित्य प्रतिष्ठान, धनवज्र वज्राचार्य शोधसम्मान कोष र हिमालय प्रतिष्ठानद्वारा सोमबार राजधानीमा आयोजित कार्यक्रममा विभिन्न स्रष्टालाई विशिष्ट विद्वान् धनवज्र वज्राचार्य शोधसम्मान प्रदान गरिएको हो ।
मैदानको खेलाडी, मनको गायक
नेपाली सेनाबाट स्वैच्छिक अवकाश लिएका लेफ्टिनेन्ट कर्नेल डा. खेमबहादुर क्षेत्री साधना, साहस र सृजनाका प्रतिविम्ब हुनुहुन्छ । सैन्य पोसाकभित्र एउटा कठोर योद्धा, प्राज्ञिक क्षेत्रमा एक गहिरो अध्येता र कलाको मञ्चमा एक भावुक सर्जकका रूपमा उहाँ चिनिनुहुन्छ ।
प्रविधिलाई व्यवसायसँग जोड्छौँ
बागमती प्रदेश सरकारले आफ्नै तालिम परिषद् रहने गरी प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम परिषद् ऐन, २०७५ बनाएको पाँच वर्षपछि मात्र प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम परिषद् (पिसिटिभिइटी) गठन गरेर कार्यान्वयनमा ल्याएको छ । सङ्घीय सरकारमातहत रहेको सिटिइभिटी देश सङ्घीयतामा गएसँगै प्रदेशलाई हस्तान्तरण गर्ने भनिए पनि हस्तान्तरण नभएपछि बागमती प्रदेश सरकारले
राजस्व प्राप्तिबारे प्रम कार्यालयबाट पनि अनुगमन
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजस्व लक्ष्यप्राप्तिमा लाग्न भन्सारका कर्मचारीलाई निर्देशन दिनुभएको छ । भन्सार विभागको अनुगमन गरी जानकारी लिँदै गर्दा उहाँले त्यस्तो निर्देशन दिनुभएको हो । उहाँले भन्सार विभागका कर्मचारीलाई इमानदारीपूर्वक राजस्व लक्ष्यप्राप्तिमा लाग्न निर्देशन दिँदै राजस्व सङ्कलनमा इमानदारीपूर्वक लागे मन्त्रालयले प्रोत्साहनका कार्यक्रम ल्याउन सक्ने पनि बताउनुभयो ।
साँवा तथा ब्याजको भुक्तानी लिन आह्वान
बचतपत्रको साँवा तथा ब्याज रकम नलिएको पाइएपछि नेपाल राष्ट्र बैङ्कले छिटो भुक्तानी लिन आह्वान गरेको छ । राष्ट्र बैङ्क अन्तर्गतको मौद्रिक व्यवस्थापन विभागले नागरिक बचतपत्र र वैदेशिक रोजगारी बचतपत्रका धनीलाई रकम लिन आग्रह गरेको हो ।
श्रमसम्बन्धी कार्ययोजना तत्काल कार्यान्वयन गर्न निर्देशन
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहले श्रम र रोजगारीका क्षेत्रलाई थप व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन मन्त्रालयसम्बद्ध १० वटा महत्वपूर्ण कार्यसूची तत्काल कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ । मन्त्रीपरिषद्को गत चैत १३ गतेको बैठकबाट स्वीकृत ‘शासकीय सुधारसम्बन्धी १०१ कार्यसूची’ मध्ये श्रम मन्त्रालयसँग सम्बन्धित विषयमा केन्द्रित हुँदै मन्त्री साहले यस्तो निर्देशन दिनुभएको हो ।
मिसिल झिकाउन सर्वोच्चको आदेश
सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकका सम्बन्धमा अनुसन्धानका क्रममा तयार पारिएको सक्कल मिसिल झिकाउन आदेश गरेको छ । बन्दीप्रत्यक्षीकरणको रिटमा सोमबार सुनुवाइ गर्दै सर्वोच्चले अनुसन्धानको मिसिल झिकाउन आदेश गरेको हो । यस्तै इजलासले भदौ २३ र २४ गतेको घटना सम्बन्धमा जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदन पनि झिकाउन आदेश गरेको छ ।
खाडी मुलुकका लागि श्रम स्वीकृतिमा रोक
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हालको अवस्थामा पश्चिम एसियाका देशमा नयाँ श्रम स्वीकृति खोल्न नसकिने निष्कर्ष निकालेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार शाह, सचिव डा. दीपक काफ्ले, वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार बोर्डका पदाधिकारी र ती देशमा खटिएका श्रम काउन्सलर तथा श्रम सहचारीबिच सोमबार भएको छलफलले यस्तो निष्कर्ष निकालेको हो । खाडीमा कार्यरत श्रम काउन्सलर तथा श्रम सहचारीले यी देशमा परिस्थिति नसुध्रिएको भन्दै नयाँ श्रम स्वीकृति जारी गर्न उपयुक्त नभएको सुझाव दिएका आधारमा उक्त निष्कर्षमा पुगिएको मन्त्रालयका प्रवक्ता पीताम्बर घिमिरेले जानकारी दिनुभयो ।
सङ्घीय संसद् अधिवेशन आह्वान
राष्ट्रपति रामचन्द्र पौडेलले यही चैत १९ गते बिहीबार सङ्घीय संसद्को अधिवेशन आह्वान गर्नुभएको छ । नेपाल सरकार मन्त्रीपरिषद्को सिफारिसबमोजिम राष्ट्रपति पौडेलले अधिवेशन आह्वान गर्नुभएको हो ।
संविधान संशोधनको तयारी
सरकारले संविधान संशोधनको तयारी सुरु गरेको छ । त्यसका लागि सरकारले संविधान संशोधन बहसपत्र तयार गर्न कार्यदल गठन गर्ने निर्णयसमेत गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले त्यस्तो निर्णय गरेको हो । सदनमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलको सहभागिता रहने गरी कार्यदल गठन हुने निर्णय भएको हो ।
‘सुशासन पहिलो प्राथमिकता’
प्रधानमन्त्री बालेन्द्र शाहले कोशी प्रदेश र कर्णाली प्रदेशका प्रतिनिधि सभा सदस्यसँग तत्कालै गर्नुपर्ने कामका सन्दर्भमा परामर्श गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार उहाँले दुवै प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदसँग छुट्टाछुट्टै छलफल गर्नुभएको हो ।
नेपालमा बढ्दो बाथरोग
नेपालमा पछिल्ला वर्षहरूमा तीव्र रूपमा बढ्दै गएको बाथरोग नियन्त्रणले प्राथमिकता पाउन सकेको छैन । बाथरोगको पहिचान तथा उपचारमा प्राथमिकता दिन नसक्दा बिरामीहरू उपचारको पहुँचबाहिर रहेका छन् ।
प्यूठानमा बन्दैछ पाँचवटा नयाँ झोलुङ्गे पुल
चालु आर्थिक वर्षमा प्यूठान जिल्लामा पाँचवटा नयाँ झोलुङ्गे पुल निर्माण हुन थालेको छ । चालु आर्थिक वर्षमा सम्पन्न गर्नेगरी पुल निर्माण कार्य अघि बढेको हो ।
श्रीलङ्कामा विद्युतको मूल्य करिब ४० प्रतिशतले वृद्धि
श्रीलङ्काले मध्यपूर्वमा युद्धको कारण ऊर्जा अभावको सामना गरिरहेका समय बुधबारदेखि बिजुलीको मूल्यमा करिब ४० प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको छ ।
चितवनमा ‘बर्डफ्लु’ पुष्टि, १८ हजार बढी कुखुरा नष्ट
चितवनमा पन्छीमा देखिने बर्डफ्लु (एच–फाइभ एन–वान) सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्यमन्त्री मेहतासँग स्वास्थ्य बिमाबारे छलफल
स्वास्थ्यमन्त्री मेहतासँग स्वास्थ्य बिमाबारे छलफल
सर्लाहीमा नेपाल पत्रकार महासङ्घको कार्यालय स्थापना
सदरमुकाम मलङ्गवामा नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाको कार्यालय स्थापना गरिएको छ ।
श्रम मन्त्रीद्वारा ‘इपिए’को निरीक्षण
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार साहले आज भैँसेपाटीस्थित राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (इपिए)को निरीक्षण गर्नुभएको छ ।
राससका कार्यकारी अध्यक्ष झाद्वारा राजीनामा
राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले पदबाट राजीनामा दिनुभएको छ । उहाँले आज सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनासमक्ष राजीनामा दिनुभएको हो ।