टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा उपमहानगरपालिका १९ सान्नानटारस्थित सडक खण्डमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
द्वेषपूर्ण अभिव्यक्ति नदिन आग्रह
बाँकेको सहायक प्रमुख जिल्ला अधिकारी एवम् निर्वाचन आचारसंहिता अनुगमन अधिकृत पूर्णबहादुर खत्रीले निर्वाचनको आचारसंहिताविरुद्ध कसैले द्वेषपूर्ण अभिव्यक्ति नदिन आग्रह गर्नुभएको छ ।
गाउँपालिका उपाध्यक्ष र वडाअध्यक्ष एमालेमा प्रवेश
फागुन २१ को निर्वाचन नजिकिंदै गर्दा इलाममा भने पालिकाको जनप्रतिनिधिहरु नेकपा (एमाले) मा प्रवेश गर्न थालेका छन् । इलाम क्षेत्र–२ मा पर्ने माङ्सेबुुङ गाउँपालिका उपाध्यक्ष बिनोद नेम्वाङ आज नेकपा एमालेमा प्रवेश गर्नुभयो ।
चार वर्षपछि शान्ति प्रयास पुनः सक्रिय
रुसले युक्रेनमाथि पूर्ण आक्रमण थालेको करिब चार वर्ष पुग्न लाग्दा मस्को र किएभका प्रतिनिधिमण्डल अमेरिकी पहलमा पुनः वार्ताको टेबलमा फर्किएका छन् ।
‘आचारसंहिता पालना गरी स्वच्छ निर्वाचन बनाऔं’
आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि राजनीतिक दलको प्रचार अभियान सुरु भएपछि जिल्ला निर्वाचन कार्यालय र प्रमुख निर्वाचन अधिकृतको कार्यालयले आचारसंहिता अनुगमनमा तीव्रता दिएको छ ।
स्टकहोममा १७ औँ शताब्दीको जहाज पुनः सतहमा
बाल्टिक सागरको जलस्तर असामान्य रूपमा घटेपछि मध्य स्टकहोममा करिब चार सय वर्षदेखि पानीमुनि गाडिएको १७ औँ शताब्दीको स्विडेनी नौ सैनिक जहाजको भग्नावशेष फेरि सतहमा देखा परेको छ ।
जेनेभामा अमेरिका-इरान आणविक संवाद पुनः सुरु
मध्यपूर्वमा सैन्य गतिविधि तीव्र बन्दै गइरहेका बेला संयुक्त राज्य अमेरिका र इरानले जेनेभामा आफ्नो आणविक कार्यक्रम सम्बन्धी दोस्रो चरणको वार्ता सुरु गर्ने सहमति जनाएका छन् ।
सीमापार कार्बन भण्डारणमा मलेसिया-जापान सहकार्य
नियन्त्रणका उपायमाथि विश्वव्यापी बहस चर्किरहेका बेला जापान र मलेसियाले सीमापार कार्बन क्याप्चर तथा भण्डारण परियोजना अघि बढाउने तयारी गरेका छन् ।
सीमापार कार्बन भण्डारणमा मलेसिया-जापान सहकार्य
नियन्त्रणका उपायमाथि विश्वव्यापी बहस चर्किरहेका बेला जापान र मलेसियाले सीमापार कार्बन क्याप्चर तथा भण्डारण परियोजना अघि बढाउने तयारी गरेका छन् ।
जिल्ला कारागार बागलुङको सुरक्षामा सेना
जिल्ला कारागार बागलुङको सुरक्षामा नेपाली सेनाले अगुवाई लिएको छ । निर्वाचनका लागि नेपाल प्रहरी विभिन्न स्थानमा खटिएको र सुरक्षा संवेदनशिलता भएकोले सेनाले सुरक्षाको जिम्मा लिएको हो ।
निर्वाचनमा एक हजार आठ कर्मचारी परिचालन गरिने
फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि धनकुटमा एक हजार ८ जना कर्मचारी परिचालन गरिने भएको छ ।
विकास र स्थायित्वको पक्षमा जनताको जित हुने छ : गुरुङ
नेकपा (एमाले) का उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार पृथ्वी सुब्बा गुरुङले २०७९ मा पाँच दलीय गठबन्धनलाई पराजित गरेको भन्दै त्यो बेला भन्दा चुनाव जित्न अहिले सहज रहेको बताउनुभएको छ ।
नेपाल र नेपालीको प्रतिष्ठा बढाउन शेर्पा समुदायको योगदान महत्वपूर्ण छ : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल र नेपालीको शान, गौरव र प्रतिष्ठा बढाउन शेर्पा समुदायको योगदान उल्लेखनीय रहेको बताउनुभएको छ ।
धौलागिरि हिमाल
मुस्ताङको घरपझोङ गाउँपालिका-१ स्थित चिमाङ गाउँबाट मङ्गलबार बिहान देखिएको सेताम्मे धौलागिरि हिमाल र आसपासका क्षेत्र ।
दमकको भ्यू टावर बहुउद्देश्यीय व्यावसायिक कम्प्लेक्स र आधुनिक आईटी हब बनाइने : अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले दमकमा बनेको भ्यूटावरलाई गलत रुपमा व्याख्या गरिएको बताउनुभएको छ ।
मतदातालाई सुसूचित गर्ने काम मिडियाको हो
मुलुक निर्वाचनको महायज्ञमा जुटिरहेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन फागुन २१ गते हुँदै छ । डिजिटल साक्षरता, अभिव्यक्ति स्वतन्त्रता र डिजिटल प्रविधिले महत्वपूर्ण रूपान्तरण ल्याएको छ । निर्वाचन, डिजिटल प्रविधिले ल्याएको अवसर र चुनौतीका स
मतदाताका गुनासा सुन्दै, आफ्ना योजना सुनाउँदै उम्मेदवार
फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि झापाको क्षेत्र नं. ५ का उम्मेदवार मतदाताका घरदैलोमा पुगेर प्रत्यक्ष गुनासो सुन्ने र आफ्ना योजना सुनाउनमा व्यस्त छन् । नेपाल कम्युनिस्ट पार्टी
तीव्र भिडन्तमा कपिलवस्तु, उम्मेदवारपिच्छे एजेन्डा बाढी
प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा कपिलवस्तु जिल्ला क्षेत्र नम्बर २ मा चुनावी सरगर्मी तीव्र बनेको छ । उम्मेदवारहरू घरदैलो अभियान, टोल भेटघाट, चोक चियापसल संवाद र कोण सभामार्फत मतदातालाई आकर्षित गर्ने प्रयासमा जुटेका छन् ।
भारत पुगेका मतदाता नफर्किने डर
उपल्लो मुस्ताङको ल्होमन्थाङ गाउँपालिकामा अधिकांश स्थानीयको मूल ढोकामा ताल्चा झुन्डिएको छ । कठ्याङ्ग्रिँदो जाडो छल्न जिल्लाबाहिरका सहर झरेकाहरू फागुन महिना लागिसक्दा समेत गाउँ फर्किएका छैनन् ।
चुनावले छोएन मुक्त कमैयालाई
यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा देशभर चुनावको रौनक छाएको छ तर दाङका मुक्त कमैया बस्तीमा भने चुनावको चहलपहल खासै देखिँदैन । घोराही उपमहानगरपालिका–१६, अम्बापुरस्थित मुक्त कमैया शिविरकी सुषमा चौधरीले आफूलाई चुनावका खासै जानकारी नभएको बताउनुभयो ।
दुई दलले बुझाए घोषणापत्र
रुकुमपश्चिममा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी १२ दलमध्ये दुई दलले मात्र चुनावी घोषणापत्र बुझाएका छन् । निर्वाचन आयोगले तोकेको समयभित्र दुई दलले मात्र घोषणापत्र बुझाएका हुन् । मुख्य निर्वाचन अधिकृत दीपेन्द्र थापामगरले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाले मात्र घोषणापत्र बुझाएको जानकारी दिनुभयो । निर्वाचन आयोगले फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गरी राजनीतिक दलले आयोगमा र उम्मेदवारले निर्वाचन कार्यालयमा पेस गर्न निर्देशन गरेको थियो ।
वित्तीय शोषणविरुद्ध एक्ली महिला उम्मेदवार
रुकुमपश्चिमको मुसीकोट नगरपालिका–१ निवासी ४४ वर्षीय प्रेमा दमार्इंनेपाली फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा जिल्लाको एक मात्र महिला उम्मेदवार हुनुहुन्छ । लघुवित्त तथा वित्तीय शोषणविरुद्ध सङ्घर्षरत प्रेमा आमजनता पार्टीबाट मोबाइल चिह्न लिएर चुनावी मैदानमा होमिनुभएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित जिरेल भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित जिरेल भाषा
कार्यक्षेत्रमा खटिए निर्वाचन प्रहरी
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा आवश्यक सुरक्षा प्रबन्ध मिलाउन भर्ना गरिएका निर्वाचन प्रहरी कार्यक्षेत्रमा खटिएका छन् । सुर्खेतका दुई वटा निर्वाचन क्षेत्रमा रहेका प्रहरी युनिटमातहत हुने गरी एक हजार ८४६ जना निर्वाचन प्रहरी खटिएका हुन् ।