क्षतिग्रस्त संंरचनाको अर्थमन्त्री खनालद्वारा निरीक्षण
अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनकारीले क्षति गरेको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको निरीक्षण गर्नुभएको छ ।
भेषराज ढुंगानाको त्याग पुस्ताकोलागि प्रेरणाको स्रोतः मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वर्रे संघर्षका योद्धा दिवंगत भेषराज ढुंगानाले कम्युनिस्ट आन्दोलनलाई सुदृढ बनाउने क्रममा देखाएको त्याग, समर्पण र अविचलित प्रतिबद्धता आजको पुस्ताका लागि प्रेरणाको स्रोत बनेको बताउनुभएको छ ।
तरकारी तथा फलफूल थोक बजार सञ्चालनमा
वीरगञ्ज महानगरपालिकाले व्यवस्थित तरकारी तथा फलफूल थोक बजार सञ्चालनमा ल्याएको छ । व्यवस्थित तरकारी तथा फलफूल थोक बजारको अभाव रहेकोमा वीरगञ्जमा आइतबार बजार शुभारम्भ गरिएसँगै अभाव पूरा भएको छ ।
भत्किदै छन् रुम्मा गाउँका मौलिक घरहरु
म्याग्दीको मालिका गाउँपालिका –५ देविस्थानको रुम्मा गाउँमा रहेका मौलिक कला र सिपबाट निर्माण गरिएका घरहरु भत्किन थालेका छन् । बसाइँसराइका कारण घरहरु खाली भएसँगै गाउँको पहिचान मेटिन थालेको हो ।
मधु जातको काँक्रोको सफल अनुसन्धान
नेपाली कृषि वैज्ञानिकहरूले उत्पादन गरेको मधु जातको काँक्रोको अनुसन्धान परीक्षण नवलपुरमा सफल भएको छ ।
प्रक्रियासार कौमुदी पुस्तकको लोकार्पण
नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक हरिलाल पौडेलद्वारा रचना गरिएको प्रक्रियासार कौमुदी (प्रयोगात्मक संस्कृत भाषा व्याकरण) पुस्तकको लोकर्पण गरिएको छ ।
भूमाफियालाई कारवाहीको माग गर्दै कार्यालय घेराउ
नवलपुरको कावासोती नगरपालिका –४ हसौराका वासिन्दाले वर्षौदेखि जोत कमोद गर्दैआएको जमिन दर्ताको माग गर्दै सोमबार जिल्ला प्रशासन र मालपोत कार्यालय घेराउ गरेका छन् ।
गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड अमर माविलाई
काठेखोला गाउँपालिका स्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अमर मावि बिहुँले जितेको छ । गत शनिबारदेखि काठेखोला गाउँपालिका –६ मा रहेको भीमसेन माध्यमिक विद्यालयमा सञ्चालित सातौँ पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड अमर माविले हात पारेको हो ।
इजरायलद्वारा वेस्ट ब्याङ्कबाट छ जना प्यालेस्टिनी पक्राउ
इजरायली कब्जामा रहेका सेनाले सोमबार कब्जा गरिएको वेस्ट ब्याङ्कबाट छ जना प्यालेस्टिनीलाई पक्राउ गरेको जनाएको छ ।
थाइल्यान्ड-क्याम्बोडियाबिच तिव्र सीमा विवादः थाइल्यान्डद्वारा हवाई आक्रमण
थाइल्यान्डले सोमबार आफ्नो छिमेकी क्याम्बोडियामा हवाई आक्रमण सुरु गरेको छ । दुबै पक्षले सीमा विवादका कारण एकअर्कामाथि आरोप-प्रत्यारोप जारी राखेका छन् ।
सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु
सुडानको दक्षिण कोर्डोफान राज्यको कालोगी क्षेत्रमा बिहीबार भएको आक्रमणमा मृत्यु सङ्ख्या ११४ पुगेको राज्य सरकारले आइतबार जनाएको छ, जसमा ६३ बालबालिका छन् भने करिब ७१ जना घाइते भएका छन् ।
महावै गाउँपालिकाले असुल गर्नुपर्ने ७० लाख
कालीकोट जिल्लाको महावै गाउँपालिकाले एक आर्थिक वर्षमा ७० लाख नजिक रकम होचुवाको तालमा वितरण गरेको पाइएको छ ।
टिमुरे स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण
भारतीय राजदूतावासबाट प्राप्त एम्बुलेन्स गोसाइँकुण्ड गाउँपालिकाले टिमुरे स्वास्थ्य चौकी व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ ।
जर्मनीको औद्योगिक उत्पादनमा अप्रत्याशित वृद्धि, अर्थतन्त्रमा सकारात्मक सङ्केत
जर्मनीको औद्योगिक उत्पादन अक्टोबरमा अप्रत्याशितरूपमा बढेको छ । फेडरल तथ्याङ्क संस्था डेस्टाटिसका प्रारम्भिक तथ्याङ्कअनुसार, कारखाना उत्पादन महिनामा १.८ प्रतिशतले बढेको छ, जुन सेप्टेम्बरमा भएको १.१ प्रतिशत वृद्धिभन्दा बढी हो ।
विराट एक्स्पोमा विदेशी स्टलदेखि ‘फिस टनेल’सम्म आकर्षण
आर्थिक शिथिलतालाई चिर्दै बजार चलायमान बनाउने उद्देश्यसहित मोरङ उद्योग व्यापार सङ्घले ‘विराट ट्रेड एक्स्पो २०८२’ आयोजना गर्ने भएको छ । आगामी पुस ९ गतेदेखि १९ गतेसम्म एक्स्पो सञ्चालन गर्ने तयारी गरिएको छ ।
'नमूना लन्डन ब्रिज' दर्शकको आकर्षण
रूपन्देहीको तिलोत्तमास्थित मणिग्राममा जारी ८ औं तिलोत्तमा राष्ट्रिय औधोगिक व्यापार मेला, कृषि, पर्यटन महोत्सव २०८२ को गेटमा निर्माण गरिएको नमूना लण्डन ब्रिजमा दर्शकको आकर्षण बढेको छ ।
श्रीलङ्काको अवस्था सामान्य बन्दै
विनासकारी चक्रवातले नित्याएको भारी वर्षापछि हाल देश भरका सबै जलाशयको जलस्तर निरन्तर सामान्य हुँदै गएको श्रीलङ्काको सिँचाइ विभागले सोमबार जनाएको छ ।
नेपालगन्ज भन्सारबाट ‘भन्सार मूल्याङ्कन डाटावेस प्रणाली’ सुरु
नेपालगन्ज भन्सार कार्यालयबाट आइतबारदेखि ‘भन्सार मूल्याङ्कन डाटावेस प्रणाली’को सुरुवात भएको छ । अर्थमन्त्री रामेश्वर खनालले उक्त प्रणालीको आइतबार नेपालगन्ज भन्सार कार्यालयमा उद्घाटन गर्नुभयो ।
नख्खु कारागारबाट भागेको कैदी विराटनगरमा पक्राउ
काठमाडौंको नख्खु कारागारबाट भागेका अपहरण तथा शरीर बन्धक मुद्दाका दोषी ठहरिएका एक जना भारतीय व्यक्तिलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ ।
आगजनी र तोडफोडमा संलग्न १५ जना पक्राउ
सिन्धुलीमा जेनजी आन्दोलनको क्रममा सरकारी कार्यालयमा आगजनी र तोडफोड गर्ने १५ जनालाई प्रहरीले पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको छ ।
मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र
संयुक्त राष्ट्र सङ्घले सन् २०२६ का लागि मानवतावादी सहयोग जुटाउन वैश्विक आह्वान गर्दै विश्व समुदाय पीडित मानिसप्रति पर्याप्त संवेदनशील नदेखिएको भन्दै गहिरो चिन्ता व्यक्त गरेको छ ।
भोजपुरको उत्पादन, काठमाडौँमा प्रदर्शन
भोजपुरको स्थानीय पालिकाका कृषकले उत्पादन गरेको स्थानीय खाद्यान्न तथा सामग्रीहरूको प्रचार–प्रसार तथा ब्रान्डिङ गर्नमा टेवा पुग्ने उद्देश्यले काठमाडौँस्थित बत्तिस पुतलीमा प्रदर्शनीमा राखिएको छ ।
पशु स्वास्थ्य शिविरमा १४ सयभन्दा बढी पशुपंक्षीको उपचार
बर्दियाको बारबर्दिया नगरपालिका वडा ९ कतर्नियामा आयोजना गरिएको एकदिने पशु स्वास्थ्य शिविरमा दुई सय तीन जना किसानको एक हजार चार सय ३५ वटा पशुपंक्षीको उपचार गरिएको छ ।
मुख्यमन्त्री शाह र अध्यक्ष ढकालबिच भेटवार्ता
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालबिच आज भेटवार्ता भएको छ ।