• १९ भदौ २०८२, बिहिबार

निजामती कर्मचारी दिवसमा रक्तदान

blog

नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा प्रजिअ विनोदकुमार खडकासहित रक्तदाताले रक्तदान गर्नुहुदै । तस्विरः सञ्जयकुमार मिश्र

सञ्जयकुमार मिश्र 

गौर, भदौ १९ गते । नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा विहीबार १६ जनाले रक्तदान गरेका छन् । नेपाल निजामती कर्मचारी युनियन रौतहटले प्रादेशिक अस्पताल गौरमा आयोजना  गरेको रक्तदान कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्कासहित १६ जनाले रक्तदान गर्नुभएको हो ।

रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रम गरिएको कर्मचारी युनियनका पदाधिकारीहरुले बताएका छन् । रक्तदान ठुलो मानवीय धर्म रहेको प्रमुख जिल्ला अधिकारी खडकाले बताउनुभयो । उहॉले नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा आयोजित पुण्यको काममा सबैले भाग लिनुपर्ने धारणा राख्नुभयो ।

उहॉले प्रादेशिक अस्पताल गौरलगायत अन्य रक्तसञ्चार सेवा समितिले प्रदान गर्दैआएको कामबारे प्रकाश पार्नुहुदै यसलाई अमm प्रभावशाली तथा लाभकारी बनाउनु पर्नेमा सबैस‘ग सहयोग गर्न आग्रह गर्नुभयो ।

नेपाल निजामती कर्मचारी युनियन रौतहटका इसराजुल खाँले रक्तसञ्चार सेवा समिति रौतहटले प्रदान गर्दै आइरहेको कामको सराहना गर्दै यसको सञ्चालनमा कुनै किसिमको कमी हुन नदिन सबै पक्षले आफनो तर्फबाट योगदान दिन प्रतिवद्धता व्यक्त गर्नुभयो ।

रक्तदान कार्यक्रममा रक्तदान गर्नुभएको कर्मचारीलगायत सबैलाई सम्मान गरिएको एवं संकंलित रक्त प्रादेशिक अस्पताल गौरको रक्तसञ्चारमा भण्डारण गरिने खाँले जानकारी दिनुभयो ।