• १९ भदौ २०८२, बिहिबार

लुम्बिनीका कर्मचारी १० किलोमिटर दौडिने

blog

सन्तोष दहित

दाङ, भदौ १९ गते । लुम्बिनी प्रदेशमा पहिलो निजामती सेवा दिवसमा १० किलोमिटरको लामो रोड रेससहित विविध कार्यक्रम आयोजना गरिने भएको छ । भदौ २०, २१ र २२ गते विविध कार्यक्रम आयोजना गरेर दिवस मनाइने भएको हो।

पहिलो दिन भदौ २० गते बिहान लुम्बिनी हलमा रक्तदान र स्वास्थ्य परीक्षण गरिने छ । सोही दिन दिउँसो १ बजे  ‘संघीयता कार्यान्वयनमा प्रदेश निजामती सेवाका अवसर र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रम हुनेछ ।

भदौ २१ गते बिहान ७ बजे वृक्षरोपण, बिहान ८ बजे सरसफाई अभियान सञ्चालन गरिने छ । सोही दिन बिहान ११ बजे खेलकुद प्रतियोगिता अन्तर्गत बुद्धिचाल, दिउँसो ४ बजे म्यूजिकल चेयर, बेलुकी ५ बजे निजामती कर्मचारी र जनप्रतिनिधि प्रदेशसभा सदस्यबिच मैत्रीपूर्ण भलिबल प्रतियोगिता हुने भएको छ ।

भदौ २२ गते बिहान ६ बजे १० किलोमिटर रोड रेस हुने भएको हो । रेस श्रीनारायण चोकदेखि भित्र रहेको भानपुर चोक हुँदै ज्ञानोदय माध्यमिक विद्यालयसम्म हुनेछ । सोही दिन बिहान १० बजे सांस्कृतिक झाँकी र व्याण्डबाजासहित प्रभातफेरी आयोजना गरिनेछ । बिहान ११ बजे कर्मचारीको प्रतिभा प्रस्तुतीकरणसहित प्रदेश निजामती सेवा दिवस मूल समारोह हुने मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका उपसचिव रामप्रसाद भट्टराईले जानकारी दिनुभयो ।