अविनाश चौधरी
धनगढी, भदौ १९ गते । कैलालीको धनगढीमा रहेको कैलाली जनपुस्तकालयको नयाँ नेतृत्व चयन गरिएको छ । सो जनपुस्तकालयको ४८ औं वार्षिक साधारण सभाबाट नयाँ नेतृत्व चयन गरिएको हो ।
अध्यक्षमा शिवराज ओझा निर्वाचित हुनुभएको छ । ठाकुरकरिया प्रधानलाई पराजित गरेर उहाँ अध्यक्षमा निर्वाचित हुनु भएको हो । यसैगरी, सदस्यमा शेरसिंह खड्का, राधा फुलारा, सुभाषचन्द्र भण्डारी, राजेन्द्र रैका, टंकप्रसाद जोशी, जयराज जोशी, टीआर पाठक, सुशीला भट्ट, पदमराज जोशी र डिल्लीराज ओझा समर्पण निर्वाचित भएको निर्वाचन अधिकृत भोजराज भण्डारीले जानकारी दिनुभयो ।
कैलाली जनपुस्तकालय प्रबन्ध समितिको विधान २०५७ को परिच्छेद ५ को दफा २३ अनुसार निर्वाचन गरिएको थियो ।