अनिल पराजुली
हेटौँडा, भदौ १९ गते । चेपाङहरूको राष्ट्रिय पर्व छोनाम (न्वागी) को अवसरमा सार्वजनिक बिदा हुने भएको छ । बागमती प्रदेशको चितवन, मकवानपुर र धादिङ जिल्लाभर भदौ २२ गते आइतबार चेपाङ जातिले मनाउने न्वागी (छोनाम) पर्वको अवसरमा सार्वजनिक बिदा हुने भएको हो ।
बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयकी सह–प्रवक्ता रबिता कार्कीद्वारा हस्ताक्षरित सार्वजनिक सूचनामा बागमती प्रदेश राजपत्रको खण्ड (८) सङ्ख्या ३२ प्रदेश राजपत्र भाग ३ को २०८१ चैत २१ गते प्रकाशित सूचना बमोजिम तीन जिल्लामा सार्वजनिक बिदा हुने कुरा उल्लेख छ ।
प्रदेशका चितवन, मकवानपुर र धादिङमा अति सीमान्तकृत चेपाङ जातिको बसोबास रहेको छ । २०७८ सालको जनगणनाअनुसार नेपालमा चेपाङ समुदायको जनसङ्ख््या ८४ हजार ३ सय ६४ रहेको छ । मकवानपुर पश्चिम, चितवन उत्तर र धादिङका दक्षिणी भेगमा चेपाङ समुदायको बसोबास छ ।