चुनावले छोएन मुक्त कमैयालाई
यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा देशभर चुनावको रौनक छाएको छ तर दाङका मुक्त कमैया बस्तीमा भने चुनावको चहलपहल खासै देखिँदैन । घोराही उपमहानगरपालिका–१६, अम्बापुरस्थित मुक्त कमैया शिविरकी सुषमा चौधरीले आफूलाई चुनावका खासै जानकारी नभएको बताउनुभयो ।
दुई दलले बुझाए घोषणापत्र
रुकुमपश्चिममा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी १२ दलमध्ये दुई दलले मात्र चुनावी घोषणापत्र बुझाएका छन् । निर्वाचन आयोगले तोकेको समयभित्र दुई दलले मात्र घोषणापत्र बुझाएका हुन् । मुख्य निर्वाचन अधिकृत दीपेन्द्र थापामगरले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाले मात्र घोषणापत्र बुझाएको जानकारी दिनुभयो । निर्वाचन आयोगले फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गरी राजनीतिक दलले आयोगमा र उम्मेदवारले निर्वाचन कार्यालयमा पेस गर्न निर्देशन गरेको थियो ।
वित्तीय शोषणविरुद्ध एक्ली महिला उम्मेदवार
रुकुमपश्चिमको मुसीकोट नगरपालिका–१ निवासी ४४ वर्षीय प्रेमा दमार्इंनेपाली फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा जिल्लाको एक मात्र महिला उम्मेदवार हुनुहुन्छ । लघुवित्त तथा वित्तीय शोषणविरुद्ध सङ्घर्षरत प्रेमा आमजनता पार्टीबाट मोबाइल चिह्न लिएर चुनावी मैदानमा होमिनुभएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित जिरेल भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित जिरेल भाषा
कार्यक्षेत्रमा खटिए निर्वाचन प्रहरी
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा आवश्यक सुरक्षा प्रबन्ध मिलाउन भर्ना गरिएका निर्वाचन प्रहरी कार्यक्षेत्रमा खटिएका छन् । सुर्खेतका दुई वटा निर्वाचन क्षेत्रमा रहेका प्रहरी युनिटमातहत हुने गरी एक हजार ८४६ जना निर्वाचन प्रहरी खटिएका हुन् ।
गुणस्तरीय विद्यालय बनाउने, सडक निर्माणमा पहल गर्ने प्रतिबद्धता
वेदकोट, शुक्लाफाँटा र कृष्णपुर नगरपालिकाभित्रका उत्कृष्ट विद्यालयलाई नमुना विद्यालयका रूपमा अनुदान प्रदान गरेर थप गुणस्तरीय र व्यवस्थित बनाउने चुनावी प्रतिबद्धता गरिएको छ । साथै यहाँका एक दर्जनभन्दा बढी सडक कालोपत्रेको काम अगाडि बढाउन पहल गर्ने कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ बाट नेकपा (एमाले) का उम्मेदवार वचनबहादुर सिंहका चुनावी प्रतिबद्धता हुन् । निर्वाचन मिति नजिकिएसँगै सिंहले निर्वाचन प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको हो ।
उम्मेदवारका एजेन्डा मिल्दाजुल्दा
कैलालीको निर्वाचन क्षेत्र नं. ५ मा चुनावी प्रतिस्पर्धा गरिरहेका ठुला दलका उम्मेदवारका चुनावी एजेन्डा मिल्दाजुल्दा देखिएका छन् । नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारले उस्ताउस्तै एजेन्डा सार्वजनिक गरेका हुन् । उनीहरूले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबिबिएस अध्ययन सञ्चालन र छ सय शय्याको अस्पताल स्थापना गर्ने, धनगढी उपमहानगरपालिकालाई महानगर बनाउने, सेती प्रादेशिक अस्पतालको स्तरोन्नति, फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान अगाडि बढाउनेलगायतका एजेन्डा अगाडि सारेर मत मागिरहेका छन् ।
चुनावी प्रतिबद्धतापत्र : बन्दरगाह निर्माणदेखि युवालाई रोजगारी दिनेसम्म
प्रतिनिधि सभा निर्वाचनलाई मध्यनजर गरेर उम्मेदवारले जनतालाई रिझाउन आआफ्ना चुनावी प्रतिबद्धतापत्र जनतामाझ लैजान थालेका छन् । यसक्रममा कैलाली क्षेत्र नम्बर २ नेकपा (एमाले) का उम्मेदवार सूर्यबहादुर थापाले आइतबार आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित नेपाल भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित नेपाल भाषा
चिया पसल प्रचारको थलो
सदरमुकाम बेँसीसहरको फूलबारी चोकको परी चिया पसलमा हिजोआज हरेक दिन चियाको चुस्कीसँगै आगामी निर्वाचनका बारेमा गरमागरम बहस हुन्छ । यहाँ उपस्थित भएकाको कुरा सुन्दा लाग्छ, उनीहरू चियाको चुस्कीका लागिभन्दा निर्वाचनको गफ गर्न आएका हुन् । यसरी गफ गर्नेमा शिक्षक, कर्मचारी, राजनीतिकर्मी, नागरिक अगुवा, पत्रकार आदि हुन्छन् । हरेकले आआफ्नै विश्लेषण सुनाउँछन् । स्थानीयसमेत रहनुभएका एक बिमा कम्पनीमा कार्यरत श्याम रावल दिनमा तीन/चार पटक चिया पसलमा पुग्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “चिया पसलमा सबै दलमा आस्था राख्नेहरू भेट हुनुहुन्छ । चुनावको बारेमा सबैका कुरा सुन्न पाइन्छ । चुनावको गतिविधि, नेता र मतदाताको विचार बुझिन्छ ।”
जनचासोमा भक्तपुर–२ : घरदैलो अभियानमा उम्मेदवारहरू
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनको प्रचारप्रसारमा जुटेका दलहरू सोमबारदेखि घरदैलो अभियान सुरु गरेका छन् । प्रतिनिधि सभाको निर्वाचनका लागि भक्तपुर क्षेत्र नं. १ र क्षेत्र नं. २ मा उम्मेदवारी दिएका मुख्य दलले घरदैलो कार्यक्रम सुरु गरेका हुन् । नेकपा (एमाले), नेपाली कांगे्रस, नेमकिपा, राप्रपा, रास्वपालगायतका दलले निर्वाचनका दुवै क्षेत्रमा घरदैलो अभियान सुरु गरिसकेका छन् भने अन्य दल र स्वतन्त्र उम्मेदवारले पनि प्रचारप्रसार तीव्र पारेका छन् ।
निर्वाचनको प्रचारप्रसार
निर्वाचन आयोगले तोकेको समयसीमा अनुसार निर्वाचनको औपचारिक प्रचारप्रसार सुरु भएको छ । चुनावमा भाग लिएका राजनीतिक दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवार सोमबारदेखि औपचारिक रूपमा आआफ्नो निर्वाचन क्षेत्रका मतदातासामु पुगेका छन् । आयोगले फागुन ४ देखि १८ गतेसम्म निर्वाचनको औपचारिक प्रचारप्रसार गर्ने समयसीमा तोकेको छ । फागुन २१ गते हुने प्रतिनिधि सभाको चुनावका लागि
युवा चेतको परीक्षण
नेपालको राजनीतिक इतिहासमा हामीले चुनाव पटक पटक बेहोरिसकेका छौँ । आवधिक रूपमा हुने सङ्घीय निर्वाचन २०८४ मा हुनुपथ्र्यो तर अहिले नै अर्थात् २०८२ मै हुँदै छ । यो कुनै संसदीय अङ्कगणितको खेलबाट हुन लागेको मध्यावधि निर्वाचन होइन । मुलुकमा भ्रष्टाचार बढिरहँदा भदौ २३ र २४ मा भएको जेनजी विद्रोहको शान्तिपूर्ण ढङ्गले व्यवस्थापन गर्नुका साथै सक्षम तथा अद्यावधिक चेतयुक्त युवा सहभागितामा नेपाली लोक
मधेश प्रदेशका सम्भावना
नेपालको मध्यपूर्वी तराईको पर्सादेखि पूर्वमा सप्तरीसम्मको आठ वटा जिल्लाको भौगोलिक क्षेत्र समेटर मधेश प्रदेश बनेको छ । यो क्षेत्रफलका हिसाबले नेपालकै सानो प्रदेश रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश र भारतको सिमानासँग जोडिएको यो प्रदेश समतल भूभागले बनेको छ ।
१०० वर्ष अघिको गोर्खापत्र
१०० वर्ष अघिको गोर्खापत्र
आजको राशिफल
आजको राशिफल
ब्रह्माण्ड र अध्यात्मको सङ्गम ‘आकाश : दी कस्मिक वन्डर’
ब्रह्माण्डमा ऊर्जाको रहस्यमयी हलचलबारे सचित्र व्याख्या गर्ने निक्कै दुर्लभ र चाखलाग्दो चित्रकलाको प्रदर्शनी राजधानीको ग्यालरी १०८ मा भइरहेको छ । ७८ वर्षीय अध्यात्म, ध्यानका अभ्यासकर्ता कलाकार जिमी थापाले ध्यान गर्दा अनुभव गर्नुभएको पृथ्वी, सूर्य, चन्द्रमा, तारा र नवग्रहका अवस्थाले सिर्जना गर्ने संयोगलाई क्यानभासमा उतार्नुभएको छ । उहाँले गत भदौ २३ र २४ गते नेपालमा भएको जेनजी आन्दोलनको पूर्वाभासलाई समेत चित्रमा कोर्नुभएको छ ।
नवग्रह मन्दिरमा पशुपतिको प्रस्तुति
अर्जुनचौपारीमा रहेको नेपालकै पहिलो नवग्रह मन्दिरमा महाशिवरात्रिमा कलाकार पशुपति शर्माले भक्तजनलाई मनोरञ्जन प्रदान गर्नुभएको छ । पालिकाको आयोजनामा आयोजना गरिएको अन्तरमावि भजन प्रतियोगितामा शर्माले दर्शकलाई आफ्ना भजन गाएर नवग्रह आउनुभएका भक्तजनलाई मनोरञ्जन प्रदान गर्नुका साथै नचाउनु भएको हो । अर्जुन चौपारी–१ को नवग्रह मन्दिरमा शर्माले भगवान्को नाममा तीन ताल बजे खैँजडी..., मलाई बगाउला कि फूल बगाउने नदीले..., जाउँला वैकुण्डमा नाच्दै गाउँदै बजाउँदै..., खोइ बाटो खनेको स्वर्ग जाने भनेको..., परौँला चरणमा भगवान्को शरणमा... लगायतका भजन गाउनुभएको थियो ।
सर्जकलाई साहित्यकलाको सम्मान
साहित्यकला डटकम प्रतिष्ठानले विभिन्न क्षेत्रका सर्जकलाई सम्मान एवं पुरस्कार प्रदान गरेको छ । प्रतिष्ठानद्वारा सोमबार राजधानीमा आयोजित कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति किरण मानन्धर, गोविन्दराज भट्टराई, प्रतिष्ठानका अध्यक्ष मोमिला जोशीले संयुक्त रूपमा सम्मानित एवं पुरस्कृत गर्नुभएको हो ।
नेपाली उद्योगका उत्पादन प्रयोगमा भारतको स्वीकृति
भारतको पावर ग्रिड कर्पोरेसन अफ इन्डिया (पिजिसिआइएल) ले नेपालको तार, केबुल तथा कन्डक्टर उत्पादन गर्ने उद्योग लिटमस इन्डस्ट्रिज लिमिटेडका उत्पादनलाई स्वीकृति दिएको छ । पिजिसिआइएल भारतको अन्तरराज्य तथा सीमापार विद्युत् प्रसारण सञ्जाल सञ्चालन गर्ने केन्द्रीय विद्युत् प्रसारण निकाय कम्पनी हो । यस स्वीकृतिसँगै लिटमस इन्डस्ट्रिज सीमापार विद्युत् प्रसारण परियोजनाका लागि चयन हुने एक मात्र नेपाली उत्पादक बनेको उक्त कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यस्ता छन् वैदेशिक लगानीमा स्वचालित स्वीकृति पाउने उद्योग
सरकारले स्वचालित मार्गबाट स्वीकृत गर्ने विदेशी लगानीका उद्योगको नाम सार्वजनिक गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका तर्फबाट सोमबार राजपत्रमा त्यस्ता उद्योगको नाम उल्लेख गरिएको हो ।
मत दिन्छौँ मल चाहियो
बर्दियाका केरा किसानले भोटको बदला मल चाहिने बताएका छन् । केराखेतीतर्फ बर्दिया जिल्ला आत्मनिर्भर भई निर्यात गर्न सक्षम हुँदै गर्दा केरा किसानले मलको भने चरम अभाव खेपिरहेका छन् ।
अमेरिकी व्यापार सम्झौताले भारतमाथि दबाब
संयुक्त राज्य अमेरिकासँग गरिएको नयाँ व्यापार सहमतिले भारतभित्र राजनीतिक र आर्थिक बहस चर्काएको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापक भन्सार शुल्क नीतिको छायामा घोषणा गरिएको यस समझदारीलाई लिएर भारत सरकारले रक्षात्मक अवस्था अपनाउनु परेको छ भने आलोचकले यसलाई वासिङ्टनसामु झुकेको कदमको संज्ञा दिएका छन् । यस महिनाको प्रारम्भमा सार्वजनिक गरिएको सहमतिबारे औपचारिक विवरण सीमित छन् । संयुक्त वक्तव्य र ह्वाइट हाउसको तथ्यपत्रबाहेक अन्य स्पष्ट प्रावधानबाहिर आएको छैन तर नयाँदिल्लीले मार्च अन्त्यसम्म अन्तरिम समझदारीलाई अन्तिम रूप दिने जनाएको छ । यही अस्पष्टताले विशेष गरी कृषि क्षेत्रलाई चिन्तित बनाएको छ । शक्तिशाली किसान युनियनहरूले सस्तो अमेरिकी कृषि आयात भित्रिँदा कृषिमा आश्रित ७० करोडभन्दा बढी जनसङ्ख्याको रोजगारी र आयमा प्रत्यक्ष असर पर्ने चेतावनी दिएका छन् ।
गुल्मीको हाटबजार, अर्घाखाँचीको व्यापार
गुल्मीको सदरमुकाम तम्घास बजारमा समेत अहिले हाटबजार चलेको छैन । पहाडी जिल्लामा बिरलै ठाउँमा हाटबजार लाग्छ । मदाने गाउँपालिका–६ को छिर्नेमा हरेक शनिबार हाटबजार लाग्ने गरेको छ । मदाने गाउँपालिकाले संरचना निर्माण गरेपछि नियमित रूपमा हाटबजार लाग्दै आएको छ ।