नेसनल लाइफका अभिकर्ता सम्मानित
नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जनकपुरमा सिइओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको सभापतित्वमा आयोजित कार्यक्रममा आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बिमा शुल्क सङ्कलन गरी मधेश प्रदेशबाट योग्य अभिकर्तालाई सम्मान गरेको हो ।
नेपाल बैङ्क र एभरेस्ट हस्पिटलबिच छुट सम्झौता
नेपाल बैङ्क लिमिटेडमा खाता रहेका ग्राहक, बैङ्कमा कार्यरत कर्मचारी र कर्मचारीका परिवारलाई काठमाडौँ नयाँ वानेश्वरमा रहेको एभरेस्ट हस्पिटलमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।
सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त
मायाखोला हाइड्रोपावर लिमिटेड र सिटिजन्स क्यापिटल लिमिटेडबिच मायाखोला हाइड्रो पावरको हकप्रद सेयर निष्कासनका लागि निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता भएको छ । सम्झौतामा मायाखोला हाइड्रोपावर कम्पनी लिमिटेडका तर्फबाट कार्यकारी अध्यक्ष दिनेशप्रसाद श्रेष्ठ तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गर्नुभयो ।
विकासमा विदेशी अनुभवको कडी
चीनको नाम्छु सहरसँग भगिनी सम्बन्ध कायम गरेसँगै टोखा नगरपालिकाले पाँच वर्षअघि कोरोना रोकथाम र नियन्त्रणमा उक्त सहरको सहयोग लिएको थियो । विभिन्न स्वास्थ्य सेवाका लागि नाम्छु सहरको सहयोग अहिले पनि टोखा नगरपालिकाले लिँदै आएको छ । धुलिखेल नगरपालिकाले दक्षिण कोरियाको उल्जिन सहरसँग भगिनी सम्बन्ध कायम गरी उक्त सहरका जनप्रतिनिधि र धुलिखेल नगरपालिकाका जनप्रतिनिधिबिच विकास निर्माण, सेवा प्रवाह र सम्पदासम्बन्धी असल अभ्यासका अनुभव आदानप्रदान गर्दै आएको छ । धुलिखेलको ऐतिहासिक कला र सम्पदा अहिले कोरियाको उल्जिन सहरमा समेत विस्तार भएको धुलिखेल नगरपालिकाले जनाएको छ ।
डिजिटल नेपालबारे गगन अवधारणा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाललाई पाँच वर्षभित्रै डिजिटल हब बनाउने अवधारणा सार्वजनिक गर्नुभएको छ । उहाँले सोमबार भिडियो सन्देशमार्फत सूचना प्रविधिलाई सुधारेर निर्यातसँगै रोजगारी सिर्जना गर्न सकिने बताउनुभएको हो ।
बिपी राजमार्गका पुल विस्तार गर्न अध्ययन
सङ्घीय राजधानी काठमाडौँसँग मधेश तथा कोशी प्रदेशलाई कम समय र खर्चमा जोड्ने छोटो दुरीको बनेपा–सिन्धुली–बर्दीबास (बिपी) राजमार्गका पुलका चौडाइ विस्तार गर्नेबारे अध्ययन सुरु भएको छ ।
अत्याधुनिक संरचनाको तयारी
काठमाडौँ उपत्यकाको सडक व्यवस्थापनको मुख्य समस्याका रूपमा रहेको कोटेश्वरको ट्राफिक व्यवस्थापन गर्ने उद्देश्यसहित सो ठाउँमा भौतिक संरचना निर्माणका लागि ठेक्का प्रक्रिया अगाडि बढाउन आवश्यक तयारी सुरु गरिएको छ । भौतिक संरचना निर्माणको लागत अनुमान तयारी गर्न समिति बनाएर काम सुरु गरिएको हो । कोटेश्वर चोक सुधार आयोजना नाम दिएर त्यहाँ निर्माण प्रक्रिया सुरु गर्न लागिएको छ ।
छापियो मतपत्र
यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आवश्यक पर्ने सम्पूर्ण मतपत्र छपाइ कार्य सकिएको छ । मतपत्र छपाइ गरेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका अनुसार प्रत्यक्षतर्फका निर्वाचन प्रणालीको मतपत्र छपाइ कार्य सोमबार सकिएको छ ।
निर्वाचन प्रचारमा होमिए दल
प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान गर्न १६ दिन बाँकी रहँदा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूले प्रचारप्रसार कार्यक्रम तीव्र बनाएका छन् । निर्वाचन आयोगले सोमबारदेखि फागुन १८ गतेसम्म निर्वाचनलाई दृष्टिगत गरी बृहत् जनसभा आयोजना गर्न खुला गरेपछि औपचारिक रूपमा देश निर्वाचनमय हुने भएको हो ।
धूमपानको कुलतमा युवा
सहरी क्षेत्रमा अध्ययनरत विद्यार्थी धूमपान तथा सुर्तीसेवनको कुलतमा फसिरहेका छन् । तीनकुनेस्थित एक चिया पसलमा खाजा तथा चिया पिउने अन्य ग्राहक नगन्य मात्रामा देखिन्छन् । त्यहाँ कलेजको पोसाकमा विद्यार्थी चुरोट तानिरहेका हुन्छन् । उक्त खाजाघरको माथिल्लो तलामा समेत बस्ने ठाउँ छ । माथिल्लो तलामा समेत विद्यार्थी कलेजको पोसाकमै चुरोट तानिरहेको देख्न सकिन्छ । उक्त खाजाघरमा बिहान दिउँसोको समयमा चुरोट सेवन गर्नेहरू भेटिने गरेका छन् ।
शिवरात्रीको अवसरमा अष्ट्रेलियामा कार्यक्रम
सनातन समाज अष्ट्रेलियाले प्रत्येक वर्ष नेपाली परम्पराअनुसार महाशिवरात्रि भव्य रूपमा मनाउँदैआएको छ। यस वर्ष पनि सधैंझैं नेपाली समुदायको उल्लेखनीय उपस्थितिमा सो पर्व मनाइएको हो ।
चुनावी प्रचारमा रहेका भारतीय नम्बरप्लेटको गाडी नियन्त्रणमा
सप्तरीमा आचारसंहिता उल्लङ्घन गरेका दुई प्रचार गाडीलाई स्थानीय प्रशासनले नियन्त्रणमा लिएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि चुनावी प्रचारमा विदेशी (भारतीय) नम्बर प्लेटका सवारीसाधन प्रयोग भइरहेको सूचनापछि जिल्ला प्रशासन कार्यालय सप्तरीले अनुगमनको क्रममा दुईवटा भारतीय नम्बर प्लेटको गाडि नियन्त्रणमा लिएको हो ।
फेवातालको मापदण्डमा पर्ने दुई संरचना भत्काइयो
पोखरा महानगरपालिकाले वडा नम्बर १८ स्थित सेदी र रातोमाटो डाँडामा अनुमतिविना बनाउँदै गरेका दुई संरचना भत्काएको छ । महानगरको अनुमति नलिइ निर्माण भइरहेका ती संरचना सोमबार महानगर प्रहरी र नेपाली प्रहरी परिचालन गरी भत्काइएको हो ।
ताप्लेजुङको आवाज बन्ने क्षितिजको भनाइ
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यका उम्मेद्वार क्षितिज थेबेले आफू ताप्लेजुङको आवाज बन्ने बताउनुभएको छ। सोमबार जिल्लाको सिदिङ्वा गाउँपालिका साब्लाखुमा भएको चुनावी आमसभालाई सम्बोधन गर्नुहुँदै थेबेले यस्तो बताउनुभएको हो।
मस्कोस्थित कार्यालय भवनमा आगलागी, १६ जनाको उद्धार
मस्कोको उत्तरी क्षेत्रमा रहेको एक कार्यालयको भवनमा आगलागी भएको छ । समाचार तयार पार्दासम्म भवनबाट १६ जनाको उद्धार गरिएको रुसी आपतकालिन व्यवस्था मन्त्रालयले सोमबार जानकारी दिएको छ ।
“हमासलाई रोक्न युद्ध आवश्यक परे पुनः सुरु हुने छ”
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानसँग हुने कुनै पनि सम्भावित सहमतिमा कडा सर्त अनिवार्य रूपमा समावेश हुनुपर्ने बताउनुभएको छ ।
युद्धमा मारिएकाका परिवारलाई प्योङयाङमा आवास
रुस-युक्रेन युद्धमा ज्यान गुमाएका आफ्ना सैनिकका परिवारलाई लक्षित गर्दै उत्तर कोरियाले प्योङयाङमा नयाँ आवासीय जिल्ला निर्माण सम्पन्न गरेको जनाएको छ ।
अमेरिकी व्यापार सम्झौतामा भारतमाथि दबाब
संयुक्त राज्य अमेरिकासँग गरिएको नयाँ व्यापार सहमतिले भारतभित्र राजनीतिक र आर्थिक बहस चर्काएको छ ।
गाजाका लागि पाँच अर्ब डलर सहयोग गर्ने ट्रम्पको प्रतिबद्धता
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नव गठित शान्ति बोर्डले गाजाका लागि मानवीय र पुनर्निर्माण सहायता स्वरुप पाँच अर्व डलर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
बोन्डी बिच गोलीकाण्डका आरोपी अदालतमा
अस्ट्रेलियाको सिड्नीस्थित बोन्डी बिचमा आयोजित यहुदी पर्वका क्रममा भएको सामूहिक गोलीकाण्डमा १५ जनाको ज्यान गएको घटनाका मुख्य आरोपी पहिलो पटक सोमबार अदालतमा उपस्थित भएका छन् ।
इरान-अमेरिका सम्बन्धमा नयाँ पहल, दोस्रो चरणको वार्ता सुरु
इरानका परराष्ट्रमन्त्री अब्बास अराघची अमेरिकासँग हुने दोस्रो चरणको अप्रत्यक्ष वार्तामा सहभागी हुन जेनेभा आइपुग्नुभएको छ । उक्त वार्तामा ओमानले मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको छ ।
प्रधानमन्त्री मोदी र राष्ट्रपति म्याक्रोन बिच मङ्गलबार भेटवार्ता हुँदै
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनबिच मङ्गलबार मुम्बईमा भेटवार्ता भई भारत-फ्रान्स इनोभेसन वर्ष २०२६ को सयुक्त उदघाटन गर्ने जनाइएको छ ।
गलेश्वर शिवालयमा चार लाख ७० हजार बढी भेटी सङ्कलन
महाशिवरात्रि पर्वमा म्याग्दीको प्रसिद्ध धार्मिक स्थल गलेश्वर शिवालय मन्दिरमा चार लाख ७० हजार ९१६ रुपियाँ भेटी सङ्कलन भएको छ ।
‘जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो’
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको छ ।