पाँच पूर्वमन्त्रीसहित पचपन्न जनाविरुद्ध मुद्दा
राष्ट्रिय गौरवको आयोजनाका रूपमा परिचित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठहर गरेको छ । यस अनियमिततामा संलग्न रहेको दाबी गर्दै आयोगले पूर्वमन्त्री, पूर्वसचिव, पूर्वसहसचिवहरू तथा अन्य उच्च अधिकारीसहित ५५ जना र विमानस्थल निर्माणमा संलग्न कम्पनी सिएएमसी इन्जिनियरिङलाई प्रतिवादी बनाएर आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार यो विमानस्थल निर्माणका क्रममा आठ अर्ब ३६ करोड ७३ लाख ५५ हजार २९७ रुपियाँ भ्रष्टाचार भएको देखिएको छ ।
एआईको बहुपक्षीय प्रयोगबारे विमर्श
कृत्रिम बौद्धिकता (एआई) लाई शिक्षा, स्वास्थ्य सेवा र कृषिलगायत बहुपक्षीय सुमन्नतिमा लगाउन नेपालले ढिला गर्न नहुने विज्ञले सुझाव दिएका छन् । एआईको नियमन निम्ति विश्वव्यापी रूपमा अनेक बहस चलिरहेकाले यसको नेपालमा बहुपक्षीय प्रयोगका निम्ति राष्ट्रिय स्वार्थ, सुरक्षा, सही सूचनासमेतमा ध्यान दिनुपर्नेसमेत सुझाइएको छ ।
‘सम्पत्तिमा सौताका सन्तानको हक लाग्ने’
सौतेनी आमाले जुनसुकै स्रोतबाट आर्जन गरेको सम्पत्तिमा पनि सौतेनी सन्तानको हक लाग्ने व्याख्या सर्वोच्च अदालतले गरेको छ । बकसपत्रमार्फत प्राप्त स्त्री अंशधनसमेत छोराछोरीका हकमा पैत्रिक सरह हुने भएकाले सौतेनी सन्तानको हक लाग्ने व्याख्या सर्वोच्चको पूर्ण इजलासले गरेको हो । सौतेनी छोराछोरीलाई बन्डा नलाग्ने व्यवस्था गर्नु अंशबन्डासम्बन्धी स्वीकार्य मान्यता र कानुनी व्यवस्थासमेतको विपरीत हुने अदालतको व्याख्या छ ।
एक सय चौध दलले भाग लिने
आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा कुल ११४ दलले भाग लिन पाउने भएका छन् । प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि ११७ दलबाट १२० वटा निवेदन परेकामा निर्वाचन आयोगले १३ वटा निवेदन खारेज गर्दै १०७ वटा निर्वाचन चिह्न प्रयोग हुने गरी दलको निवेदन स्वीकृत गरेको हो ।
निर्वाचन सफल बनाउनु सबैको दायित्व
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गतेका लागि घोषणा गरिएको निर्वाचन सफल बनाउनु सबैको दायित्व भएको बताउनुभएको छ । सरकार, निर्वाचन आयोग, राजनीतिक दल, मतदाता, नागरिक समाजलगायत सबै सरोकारवालाले फागुन २१ गते घोषणा गरिएको निर्वाचन सफल बनाउनु प्रमुख दायित्व भएको उहाँले स्पष्ट पार्नुभयो ।
परिवारका तीन जना एकै पटक शाखा अधिकृत
कुनै ट्युसन सेन्टर धाएनौँ । धैरेले घरको मात्र तयारीले त शाखा अधिकृत पास गर्ने कुरा त्यतिकै हो भनेर खिस्याए पनि । हामीले अरूका कुरा सुन्यौँ तर आफ्नो अठोटबाट कहिल्यै पछि हटेनौँ र आफ्नो लगातारको मेहनतलाई जारी राख्यौँ यही दृढ अठोटले अहिले हामी यो सफलता चुम्न सफल भयौँ । हालै लोक सेवा आयोगको एउटै विज्ञापनबाट शाखा अधिकृतमा सिफारिस हुनुभएका एकै परिवारका तीन जनामध्येका अग्रज एकराज कुलुङको भनाइ हो यो ।
महाधिवेशन प्रतिनिधिलाई एमालेले बासको व्यवस्था गर्ने
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आसन्न ११ औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिलाई बसोबासको व्यवस्था गरेको छ । सम्पर्क समन्वय कमिटीले बस्न र खाना समस्या हुने प्रतिनिधिलाई नेता तथा कार्यकर्ताको घर र कोठामा भए पनि बासको प्रबन्ध गरेको जनाएको छ ।
पोखराको टुँडिखेलमा ल्होछार महोत्सव हुने
पुस १५ ताका दुई संवत फेरिन्छन् । इस्वीसंवत् २०२६ सँगसँगै गुरुङहरुको नयाँ वर्ष अर्थात् तमु ल्होसार पनि पर्छ ।
स्काभेटरमा ढुङ्गा खस्दा सहचालकको मृत्यु
बागलुङमा स्काभेटरमा ढुङ्गा खस्दा सहचालकको मृत्यु भएको छ । जिल्लाको ताराखोला गाउँपालिका वडा ५ मराम भन्ने स्थानमा आइतबार दिनको करिब ११ः ३० बजे स्काभेटर चलाइरहनेक्रममा स्काभेटरभन्दा माथिबाट ढुङ्गा खस्दा सहचालकको मृत्यु भएको हो ।
अनियमितताको आरोप : आवास कम्पनीका प्रमुखलाई कालोमोसो
पश्चिम नवलपरासीको बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीका प्रमुख महेन्द्र थापालाई नेकपा (बहुमत) निकट कम्युनिस्ट युवा सङ्गठनले कालोमोसो दलेका छन् ।
मधेश प्रदेश सरकारको पाँच निर्णय
मधेश प्रदेश सरकारको नवगठित मन्त्रिपरिषदको आइतबार बसेको वैठकले नेकपा (एमाले) का सरोजकुमार यादव नेतृत्वका सरकारले गरेका केही निर्णयहरु बदर गर्दै पाँच निर्णय गरेको छ ।
सुदूरपश्चिम महोत्सवको तयारी पूरा, अर्थमन्त्रीले उद्घाटन गर्नु हुने
कैलालीको धनगढीमा कैलाली उद्योग वाणिज्य संघले आयोजना गर्दैआएको सुदूरपश्चिम महोत्सव सोमबारदेखि सुरु हुदैछ ।
‘एमाले महाधिवेशनले जनताको आवाज बुलन्द गर्छ’
नेकपा (एमाले) का उपमहासचिव प्रदिप ज्ञवालीले एमालेको ११ औं राष्ट्रिय महाधिवेशन उद्घाटनले जनताको आवाज बुलन्द गर्ने बताउनुभएको छ ।
कालानमक धानको संरक्षणमा सक्रिय चौधरी
लगानीअनुसारको प्रतिफल नपाएको भन्दै कृषकहरूले लगाउन छाड्दै गएपछि लोप हुने अवस्थामा पुगेको कालानमक धानको संरक्षणका लागि बाँके बैजनाथका कृषक गंगानारायण चौधरी सक्रिय हुनुभएको छ ।
सभापोखरीमा पाँच शैयाको आधारभूत अस्पताल
सभापोखरी गाउँपालिकामा पाँच शैयाको अत्याधुनिक आधारभूत अस्पताल शनिबारदेखि सञ्चालनमा आएको छ ।
सिंहदरबारका क्षतिग्रस्त संरचना चाँडै पुनःनिर्माण हुनेमा पूर्वराष्ट्रपति भण्डारीको विश्वास
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका कारण क्षतिग्रस्त सिंहदरबार परिसरका संरचना चाँडै पुनःनिर्माण हुने विश्वास व्यक्त गर्नुभएको छ ।
जसपा नेपाल महोत्तरीद्वारा जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना
समान जनसङ्ख्याको आधारमा संसदीय-प्रादेशिक निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्ने माग लगायत विभिन्न ३५ सुत्रिय माग राख्दै जनता समाजवादी पार्टी नेपाल महोत्तरीले जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिएका छन् ।
धनकुटाको राजारानीमा बजार अनुगमन
धनकुटाको चौबिसे गाउँ पालिकाको केन्द्र राजारानी बजारमा छड्के अनुगमन गरी पसलहरू सुधार गर्न निर्देशन दिइएको छ । आईतवार राजारानीका करिब एक दर्जन किराना तथा बेकरी पसलको अनुगमन गरि सुधार गर्न निर्देशन दिइएको हो ।
स्वयं सेविकालाई मोबाइल सहयोग
पश्चिम बागलुङको निसीखोला गाउँपालिका–२ ले महिला स्वास्थ्य स्वयं सेविकालाई मोबाइल फोन वितरण गरेको छ । वडा २ देविस्थानको टारीखेतका १० जना स्वयम्सेविकालाई आम नागरिकको स्वास्थ्य सेवामा लाग्न सहज होस् भनेर मोबाइल फोन वितरण गरिएको वडा अध्यक्ष कुबिर बिकले बताउनुभयो ।
ट्याक्सी दुर्घटनामा चालकको मृत्यु
म्याग्दीमा ट्याक्सी दुर्घटना हुँदा चालकको ज्यान गएको छ । जिल्लाको बेनी–दरबाङ सडकअन्तर्गत मङ्गला गाउँपालिका–२, रणबाङस्थित खहरेखोला नजिकै म्याग्दी नदी किनारमा ध १ ज ९९० नम्बरको ट्याक्सी दुर्घटना हुँदा सोही वडाका चालक ३७ वर्षिय सुजन पुनको घटनास्थलमै मृत्यु भएको हो ।
बाघको आक्रमणबाट एक जना घाइते
नवलपुरको कावासोती नगरपालिका–१५, शेरगन्जमा बाघले आक्रमण गरी एक जनालाई घाइते बनाएको छ । स्थानीय ३७ वर्षीय मुकुन्द अधिकारीलाई बाघले आक्रमण गरी घाइते बनाएको प्रहरीले जनाएको छ ।
स्वास्थ्य शिविरमा ६ सयभन्दा बढी लाभान्वित
म्याग्दीको बेनी नगरपालिका–६, अर्थुङ्गेमा सञ्चालित स्वास्थ्य शिविरमा ६ सय बढीले सेवा लिएका छन् ।
धरानमा गाडी दुर्घटना : एकको मृत्यु, एघार जना घाइते
धरान उपमहानगरपालिकामा गाडी पल्टिँदा एकको मृत्यु भएको छ भने एघार जना घाइते भएका छन् ।
बर्दिया घटनाबारे छानबिन गर्न समिति गठन
गृह मन्त्रायलले बर्दियाको बढैयाताल –४ की एक युवतीले नागरिकता नपाएर आत्महत्या गर्न बाध्य भएको भनिएको घटनाबारे सत्यतथ्य छानविन गर्न गृह मन्त्रालयका सहसचिव तथा नीति, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुख सुरेश पन्थीको संयोजकत्वमा छानविन समिति गठन गरिएको छ ।