विपतमा चौध वर्षयताकै बढी मानवीय क्षति
नेपालमा यस वर्षको मनसुनमा प्राकृतिक विपत्तिले १४ वर्षयताकै बढी मानवीय क्षति गरेको छ ।
पशुपति क्षेत्रमै खुला शौचको बाध्यता
नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा भएको पाँच वर्ष पूरा भए पनि अझै मानिसहरू खुला रूपमा शौच गर्न बाध्य छन् ।
परम्परागत रुपमा भण्डारण गरिएको मकै
म्याग्दीको बेनी नगरपालिका– ढावामा परम्परागत शैलीबाट थाक्रो बनाएर भण्डारण गरिएको मकै । मकैलाई घुन, किरा, मुसाबाट जोगाउन तथा सुकाउनका लागि ग्रामीण क्षेत्रमा थाक्रो बनाएर मकै भण्डारण गर्ने चलन रहेको छ ।
संकटमा परेको हुड्के नाच
जुम्लाको तिला गाउँपालिकाद्वारा आयोजित साक्षर गाउँपालिका घोषणा कार्यक्रममा यहाँका स्थानीयवासी हुड्के नाच प्रस्तुत गर्दै । पछिल्लो समयमा हुड्के नाचको उचित संरक्षणमा ध्यान जान नसकेपछि सङ्कटमा परेको स्थानीयको भनाइ छ ।
सुपारी अनुसन्धान तथा प्रशोधन केन्द्र स्थापना हुँदै
झापाको अर्जुनधारामा राष्ट्रिय सुपारी अनुसन्धान तथा प्रशोधन केन्द्र स्थापनाका लागि आवश्यक प्रक्रिया सुरु भएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को टोलीले स्थलगत अवलोकनसहित आवश्यक प्रक्रिया अघि बढाउन उपयुक्त हुने राय दिएपछि यसका लागि प्रक्रिया सुरु भएको हो ।
‘बजेट अभावले विकास आयोजना प्रभावितभयो’
सभामुख देवराज घिमिरेले बजेट अभावका कारण निर्वाचन क्षेत्रको विकास आयोजना प्रभावित भएको बताउनुभएको छ ।
म्याद नाघेका सामग्रीले उपभोक्ता हैरान
म्याग्दीको अन्नपूर्ण गाउँपालिका –८ नागीमा मङ्गलबार बजार अनुगमनका क्रममा भेटिएका म्याद नाघेका सामग्री नष्ट गरिँदै । गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनको नेतृत्वमा ७ र ८ नम्बर वडाका ३६ वटा पसल अनुगमनका क्रममा भेटिएको करिब रु ५१ हजार ९४० बराबरको म्याद नाघेका सामग्री नष्ट गरिएको हो ।
स्कारपियोको ठक्करबाट एकको मृत्यु
सुनसरीको रामधुनी नगरपालिका –२ शिवचोकस्थित पूर्व–पश्चिम राजमार्गमा मंगलबार दिउँसो सवारी दुर्घटना हुँदा रामधुनी –९ की ३६ वर्षकी सोनीयाकुमारी चौधरीको मृत्यु भएको हो ।
पिङबाट लडेर किशोरी घाइते
रुकुमपश्चिमको सानीभेरी गाउँपालिका –३ मा लागेको बेल्टापु बेलामा सञ्चालित काठे पिङ खेल्ने क्रममा मंगलबार दिउँसो एक किशोरी घाइते भएकी छन् ।
जन्मदर्ता लिन सहज गरिदिन आग्रह
मधेश प्रदेशमा जन्मदर्ताको अभावमा पाँच वर्षमुनिका धेरै बालबालिका बाल पोषण भत्ता लिनबाट बञ्चित हुनु पर्ने बाध्यात्मक अवस्था रहेको भन्दै एक सहज बताउन आग्रह गरिएको छ ।
रुखले किचेर एकको मृत्यु
धनकुटा जिल्लास्थित महालक्ष्मी नगरपालिका –२ का एक व्याक्तिलाई रुखले किचेर मृत्यु भएको छ । मृत्यु हुनेमा महालक्ष्मी नगरपालिका –२ का जनक मगर रहेको प्रहरी चौकी चानुवाले जनाएको छ ।
धनकुटामा एभोकाडो तथा स्थानीय उत्पादनको प्रदर्शनी
धनकुटा नगरपालिकाले एभोकाडो तथा स्थानीय उत्पादनको प्रदर्शनी आयोजना गरेको छ ।
अपाङ्गता भएकाहरूको पहुँच सुनिश्चित गर्न माग
राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल कोशी प्रदेश कार्यालय, विराटनगरले गाउँपालिका महासङ्घ कोशी प्रदेशलाई अपाङ्गता भएका व्यक्तिहरूको पहुँच सुनिश्चितता गर्न माग गर्दै पैरवी पत्र बुझाएको छ ।
महिलाका लागि लोकसेवाको निःशुल्क तयारी कक्षा
सामाजिक विकास कार्यालय नवलपुरले लोकसेवाका लागि निःशुल्क तयारी कक्षा सुरु गरेको हो ।
‘एक घर, एक धारा’ अभियानबाट उपभोक्ता उत्साहित
सिन्धुलीको दुधौली नगरपालिका–४ बनगरा निवासी गृहिणी रञ्जना श्रेष्ठलाई घरको आँगनमा खानेपानीको धारा निर्माण भएपछि दैनिक उपभोग गर्न र गाईबस्तुलाई खुवाउन निकै सजिलो भएको छ ।
मगर साहित्य महोत्सव तयारी तीव्र
रुपन्देहीमा हुने मगर साहित्य महोत्सव तयारी तीव्र पारिएको छ । नेपाल मगर महिला सङ्घ रुपन्देहीले यही मङ्सिर २१ र २२ गते आयोजना गर्ने प्रथम मगर साहित्य महोत्सव तयारीका लागि कार्यतालिका तय गरेको हो ।
सामुदायिक माविमा २ लाखको अक्षयकोष स्थापना
मोरङको बेलबारी-२ थापाचौककी पार्वती पोखरेल र उहाँको परिवारले सोही वडाको कबीर माध्यमिक विद्यालयमा २ लाखको अक्षयकोष स्थापना गरेका छन् ।
निर्माण भएको छ महिना पुरा नहुँदै भासियो मुग्लिन-पोखरा सडक
पृथ्वीराजमार्ग मुग्लिन–पोखरा सडक विस्तार आयोजनाले यहाँ निर्माण गरेको सडक छ महिना पुरा नहुँदै भत्किएको छ ।
राप्ती खोलामा अस्थायी काठेपुल
मकवानपुरको हेटौँडा उपमहानगरपालिका– १ मा बग्ने राप्ती खोलामा काठेपुल बनाउँदै।
तेइस वर्षदेखि मौरीपालनमा थापा
तनहुँको शुक्लागण्डकी नगरपालिका–२ दगामका नन्दराज थापा विगत २३ वर्षदेखि मौरीपालनमा आबद्ध हुनुहुन्छ । विसं २०५८ देखि मौरीपालन सुरु गर्नुभएका थापा हालसम्म निरन्तर यही व्यवसायमा हुनुहुन्छ ।
पर्यटकीय गन्तव्य बन्दै दाङको धारापानी
घोराही उपमहानगरपालिका–५ धर्नामा रहेको धारापानीमा चहलपहल बढेको छ । धारापानी स्थानीय र बाह्य पर्यटकको घुमघामको रोजाइको स्थान बन्दै गएको छ ।
फोक्सुण्डो झरना
डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ स्थित फोक्सुण्डो तालबाट निस्केको फोक्सुण्डो झरना । आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा फोक्सुण्डो ताल, झरना पर्दै आएको छ।
भूगर्भमा मात्रै सीमित बागलुङका तामाखानी
चारैतिर अग्ला पहाड । कतै खोँच त कतै समथर जमिन । बस्ती नजिकै जङ्गल । बागलुङ तमानखोला गाउँपालिका–६ मा पर्ने नर्जाखानी गाउँ जिल्लाकै सबैभन्दा उच्च स्थानमा रहेको बस्ती पनि हो ।
भक्तपुर अस्पतालमा मोतिबिन्दुको शल्यक्रिया सेवा सुरु
भक्तपुर अस्पतालले मोतिबिन्दुका शल्यक्रिया सेवा सुरु गरेको छ । अस्पतालले आजदेखि उक्त सेवा प्रारम्भ गरेको हो ।