सुदूरपश्चिम महोत्सवको तयारी पूरा, अर्थमन्त्रीले उद्घाटन गर्नु हुने
कैलालीको धनगढीमा कैलाली उद्योग वाणिज्य संघले आयोजना गर्दैआएको सुदूरपश्चिम महोत्सव सोमबारदेखि सुरु हुदैछ ।
‘एमाले महाधिवेशनले जनताको आवाज बुलन्द गर्छ’
नेकपा (एमाले) का उपमहासचिव प्रदिप ज्ञवालीले एमालेको ११ औं राष्ट्रिय महाधिवेशन उद्घाटनले जनताको आवाज बुलन्द गर्ने बताउनुभएको छ ।
कालानमक धानको संरक्षणमा सक्रिय चौधरी
लगानीअनुसारको प्रतिफल नपाएको भन्दै कृषकहरूले लगाउन छाड्दै गएपछि लोप हुने अवस्थामा पुगेको कालानमक धानको संरक्षणका लागि बाँके बैजनाथका कृषक गंगानारायण चौधरी सक्रिय हुनुभएको छ ।
सभापोखरीमा पाँच शैयाको आधारभूत अस्पताल
सभापोखरी गाउँपालिकामा पाँच शैयाको अत्याधुनिक आधारभूत अस्पताल शनिबारदेखि सञ्चालनमा आएको छ ।
सिंहदरबारका क्षतिग्रस्त संरचना चाँडै पुनःनिर्माण हुनेमा पूर्वराष्ट्रपति भण्डारीको विश्वास
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका कारण क्षतिग्रस्त सिंहदरबार परिसरका संरचना चाँडै पुनःनिर्माण हुने विश्वास व्यक्त गर्नुभएको छ ।
जसपा नेपाल महोत्तरीद्वारा जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना
समान जनसङ्ख्याको आधारमा संसदीय-प्रादेशिक निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्ने माग लगायत विभिन्न ३५ सुत्रिय माग राख्दै जनता समाजवादी पार्टी नेपाल महोत्तरीले जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिएका छन् ।
धनकुटाको राजारानीमा बजार अनुगमन
धनकुटाको चौबिसे गाउँ पालिकाको केन्द्र राजारानी बजारमा छड्के अनुगमन गरी पसलहरू सुधार गर्न निर्देशन दिइएको छ । आईतवार राजारानीका करिब एक दर्जन किराना तथा बेकरी पसलको अनुगमन गरि सुधार गर्न निर्देशन दिइएको हो ।
स्वयं सेविकालाई मोबाइल सहयोग
पश्चिम बागलुङको निसीखोला गाउँपालिका–२ ले महिला स्वास्थ्य स्वयं सेविकालाई मोबाइल फोन वितरण गरेको छ । वडा २ देविस्थानको टारीखेतका १० जना स्वयम्सेविकालाई आम नागरिकको स्वास्थ्य सेवामा लाग्न सहज होस् भनेर मोबाइल फोन वितरण गरिएको वडा अध्यक्ष कुबिर बिकले बताउनुभयो ।
ट्याक्सी दुर्घटनामा चालकको मृत्यु
म्याग्दीमा ट्याक्सी दुर्घटना हुँदा चालकको ज्यान गएको छ । जिल्लाको बेनी–दरबाङ सडकअन्तर्गत मङ्गला गाउँपालिका–२, रणबाङस्थित खहरेखोला नजिकै म्याग्दी नदी किनारमा ध १ ज ९९० नम्बरको ट्याक्सी दुर्घटना हुँदा सोही वडाका चालक ३७ वर्षिय सुजन पुनको घटनास्थलमै मृत्यु भएको हो ।
बाघको आक्रमणबाट एक जना घाइते
नवलपुरको कावासोती नगरपालिका–१५, शेरगन्जमा बाघले आक्रमण गरी एक जनालाई घाइते बनाएको छ । स्थानीय ३७ वर्षीय मुकुन्द अधिकारीलाई बाघले आक्रमण गरी घाइते बनाएको प्रहरीले जनाएको छ ।
स्वास्थ्य शिविरमा ६ सयभन्दा बढी लाभान्वित
म्याग्दीको बेनी नगरपालिका–६, अर्थुङ्गेमा सञ्चालित स्वास्थ्य शिविरमा ६ सय बढीले सेवा लिएका छन् ।
धरानमा गाडी दुर्घटना : एकको मृत्यु, एघार जना घाइते
धरान उपमहानगरपालिकामा गाडी पल्टिँदा एकको मृत्यु भएको छ भने एघार जना घाइते भएका छन् ।
बर्दिया घटनाबारे छानबिन गर्न समिति गठन
गृह मन्त्रायलले बर्दियाको बढैयाताल –४ की एक युवतीले नागरिकता नपाएर आत्महत्या गर्न बाध्य भएको भनिएको घटनाबारे सत्यतथ्य छानविन गर्न गृह मन्त्रालयका सहसचिव तथा नीति, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुख सुरेश पन्थीको संयोजकत्वमा छानविन समिति गठन गरिएको छ ।
मधेश प्रदेशमा नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण
मधेश प्रदेशमा आइतबार तीन नयाँ मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
सीमा नाकामा सुरक्षा सतर्कता बढाइयो
कैलालीस्थित नेपाल–भारत सीमा नाकामा सुरक्षा सतर्कता बढाइएको छ । आगामी फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गरेर नेपाल–भारत सीमा नाकामा सुरक्षा सतर्कता बढाइएको हो ।
महिलामाथिको हिंसाको स्वरूप बदलिँदै छ, कम भएको छैन : न्यायाधीश प्रधान
प्रविधिलाई हिंसाको हतियार बन्न दिन नहुने सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले बताउनुभएकाे छ ।
पर्यटक भित्र्याउन ‘क्रस बोर्डर टुरिज्म कन्क्लेभ’
भारतीय पर्यटकलाई बढीभन्दा बढी संख्यामा नेपाल भित्र्याउने उद्देश्यसाथ नेपालगन्जमा ‘क्रस बोर्डर टुरिज्म कन्क्लेभ’ आयोजना गरिने भएको छ ।
मेलमिलापसम्बन्धी आठदिने आधारभूत तालिम सम्पन्न
सुनसरीको इनरुवामा मेलमिलापसम्बन्धी आठदिने आधारभूत तालिम सम्पन्न भएको छ । मेलमिलाप परिषद्को आयोजनामा आठ दिने अर्थात् ४८ घण्टे तालिम समपन्न भएको हो ।
फू गाउँको गोरेटो बाटो स्तरोन्नति
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय, मनाङको आर्थिक सहयोगमा नार्पाभूमि गाउँपालिका–५ अन्तर्गत पर्ने फू गाउँभित्रको पैदल गोरेटो बाटो स्तरोन्नति कार्य सम्पन्न गरिएको छ ।
विद्यालयमा एक लाख बढीको अक्षय कोष स्थापना
पर्वतको कुश्मा नगरपालिकास्थित पुरी परिवारले मृतक आमाको सम्झनामा सामुदायिक विद्यालयमा अक्षय कोषको स्थापना गरेको छ ।
गौर नगरपालिकाको सहयोगमा कर्मकाण्डको अध्यापन सुरु
रौतहटको गौरमा संस्कृत कर्मकाण्डको अध्ययन अध्यापन आजबाट सुरु भएको छ ।
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
दोलखाको बैतेश्वर गाउँपालिका –६ बुस्टिस्थित तामाकोशी–मन्थली खड्का खण्डमा आइतबार बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन्।
वेदकालीन राज्यका निकाय
वेदकालीन समाजमा क्रमशः परिवार, कुल, ग्राम, विश हुँदै राज्यको स्वरूप निर्माण हुँदै गएको थियो । राज्यको नेतृत्व गर्ने वर्ग तथा समूहलाई राजन्य भनिन्थ्यो खनि राज्यको नेतृत्व गर्ने व्यक्तिलाई राजा । राजा जन्मजात नभई जनताबाट छानिने चलन थियो । अयोग्य, अवगुणी र दुराचारी राजा जनताद्वारा पदच्युत तथा निर्वासित हुन सक्थे
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित डडेल्धुरेली भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित डडेल्धुरेली भाषा