निर्वाचन सुरक्षाका लागि उपल्लो मुस्ताङमा संयुक्त गस्ती
आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षालाई लक्षितगरी उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा सुरक्षा निकायले संयुक्त गस्ती सुरू गरेका छन् ।
महाशिवरात्रीमा भक्तजनको मन्दिरमा भिड
महाशिवरात्रीको अवसरमा आज देशैभरका शक्तिपिठहरुमा श्रद्धालु भक्तजनको भिड लागेसँगै धनकुटाको मुलघाटस्थित विश्रान्ति मन्दिर परिसरमा बिहानैदेखि भक्तजनको घुँइचो लागेको छ ।
सुन्तलाबाट कृषकलाई मनग्य आम्दानी
बाजुराको गौमूल गाउँपालिका –४ निवासी पारू रोकायाले सुन्तला खेतीबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ ।
चिप्लेटी बसपार्कको भविष्य खोज्दै प्राविधिक समिति
बागलुङ नगरपालिका –४ को उपल्लाचौरस्थित दबगरामा बसपार्क सञ्चालनमा आएपछि यसअघिको चिप्लेटी बसपार्क व्यवस्थापनबारे अहिले विवाद छ ।
“निर्वाचनमा बाल अधिकारको हनन हुन नदिन सबै सचेत रहनुपर्ने”
बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानले आगामी निर्वाचनमा बालअधिकारका घटना हुन नदिन चनाखो रहँदै भइहालेमा सम्वन्धित निकायमा उजुरी गर्न आग्रह गरेको छ ।
महोत्तरीमा आचारसंहिता उल्लङ्घनका घटना बढ्दाे
जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिले महोत्तरीका विभिन्न स्थानबाट आचारसंहिता विपरितका प्रचार सामग्री जफत गर्न थालेको छ ।
सुडानको डारफरमा मानवअधिकारको गम्भीर उल्लङ्घन
सुडानको पश्चिमी प्रान्त डारफरको राजधानी फासेरमा सरकारी सुरक्षा समूहले सहर कब्जा गरेपछि भएको हिंसात्मक आक्रमणमा कम्तीमा छ हजारभन्दा बढी मानिसको हत्या भएको छ ।
शिवरात्रीको अवसरमा शिवालयको शिलान्यास
रामपुर नगरपालिका –५, बेझाँडस्थित भत्किएको पुरानो शिवालय मन्दिर निर्माण सुरु भएको छ । २०८१ असोजमा वर्षाले भत्किएको ४२ वर्ष मन्दिरको शिवालय आइतबार महाशिवरात्री अवसरमा शिलान्यास गरिएको हो ।
यूक्रेन-रुस वार्ताः दीर्घकालीन शान्तिका लागि अवसर
यूक्रेनका राष्ट्रपतिले आगामी शान्ति वार्ता ‘गम्भीर, सार्थक र सबैका लागि लाभ दायक’ हुने आशा व्यक्त गर्नु भएको छ । उहाँले सबै पक्षले सकारात्मक र सहयोगी दृष्टिकोण अपनाएर टिकाउ समाधान निर्माणमा योगदान पुर्याउनु पर्नेमा जोड दिनुभयो ।
इशानेश्वर मन्दिरमा दर्शनार्थीको घुइँचो
महाशिवरात्रि पर्वको अवसरमा लमजुङको मध्यनेपाल नगरपालिका –७ करापुटारस्थित प्रसिद्ध धार्मिकस्थल इशानेश्वर महादेव मन्दिरमा आइतबार बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।
ओबामाद्वारा ट्रम्पको क्लिपको आलोचना
अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले डोनाल्ड ट्रम्पको सामाजिक सञ्जाल खाताबाट आफू र मिशेल ओबामालाई बाँदरको रूपमा चित्रण गरिएको भिडियो सार्वजनिक भएपछि अमेरिकी राजनीतिक संवादमा शिष्टाचार र लज्जाको अभाव बढ्दै गएको भन्दै कडा टिप्पणी गर्नु भएको छ ।
इरान र अमेरिकाबिच आणविक वार्ता पुनः सुरु हुने
इरान र संयुक्त राज्य अमेरिकाबिच इरानको आणविक कार्यक्रम सम्बन्धी वार्ता फेरि सुरु हुने भएको छ । स्विट्जरल्यान्डका अधिकारीहरूले वार्ता जेनेभा शहरमा हुने तयारी गरिएको जानकारी दिएका छन् ।
राष्ट्रपतिद्वारा टुँडिखेलमा महाशिवरात्रि बढाइँ अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेल महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६३ औं वार्षिकोत्सवको अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको विशेष समारोहमा सरिक हुनुभएकाे छ ।
महिलाको प्राथमिकतामा पर्न सकेनन् महिला उम्मेदवार
सप्तरीको महिलाको प्राथमिकतामा महिला उम्मेदवार पर्न सकेको छैन । ३३ प्रतिशत महिलालाई आरक्षण दिनुपर्ने महिलाहरूबाट आवाज उठिरहँदा सप्तरीका महिलाहरूले अहिलेसम्म महिला उम्मेदवारलाई प्राथमिकता राख्न नसकेको स्थानीयको भनाइ छ
तस्बिरमा २६३ औँ सेना दिवस
नेपाली सेनाले आफ्नो स्थापनाको २६३ औँ वार्षिकोत्सव आइतबार काठमाडौंको टुँडिखेलमा विभिन्न कार्यक्रम गरी मनाएको छ । सेनाले महाशिवरात्रि पर्व तथा सेना दिवसको अवसरमा आयोजना गरेको विशेष समारोह सैन्य परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम गरि मनाएको छ ।
महाशिवरात्रीमा गलेश्वरधाममा दर्शनार्थीको भिड
म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा बिहानैदेखि भक्तजनको भिड लागेको छ ।
दुई बैङ्करबिच कडा प्रतिस्पर्धा
फागुन २१ गतेको सङ्घीय निर्वाचनको सरगर्मी बढ्दै जाँदा दुई जना बैङ्करबिच प्रतिस्पर्धा चलेको छ । यहाँको क्षेत्र नं. १ मा प्रतिस्पर्धामा उत्रिएका मुक्तिनाथ विकास बैङ्कका पूर्वअध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत चुनावी मैदानमा उत्रिनुभएको छ ।
रौतहटमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु
रौतहटको दुर्गाभगवती गाउँपालिका–४ स्थित गौर–गङ्गापिपरा सडकखण्डको झाझपुल नजिकै आज बिहान मोटरसाइकल दुर्घटनामा हुँदा दुई जनाको मृत्यु भएको छ ।
राहदानी सेवा : अनिश्चितकालका लागि स्थगित
जिल्ला प्रशासन कार्यालय लमजुङबाट प्रदान हुँदै आएको राहदानी सेवा यही बिहीबारदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ । राहदानी विवरण प्रविष्ट गर्ने र वितरणका लागि प्रयोग हुने दुवै कम्प्युटर बिग्रिएपछि अर्को सूचना जारी नभएसम्म सेवा स्थगित गरिएको जिल्ला प्रशासनले जनाएको छ ।
सधैँको चुनावी मुद्दा झुम्सा खानेपानी
हरेक चुनावमा उम्मेदवारको चुनावी मुद्दा बन्दै आएको झुम्सा खानेपानी आयोजना तीन दशक हुँदा पनि अझै पूरा भएको छैन । २०५२ सालमा सुरु भएको झुम्सा खानेपानी आयोजना २०५६ सालदेखि हरेक पटक चुनावी मुद्दा हुने गरेको छ तर चुनाव सकिएपछि आयोजना पूरा गर्ने विषयमा भने बेवास्ता हुँदा बुटवलवासीको झुम्साको शुद्ध पानी खाने सपना कहिले पूरा हुने होला भन्ने कुरा अन्योल हुँदै आएको छ ।
हतियार खोज्दै बर्दियामा प्रहरी
दर्ता भएका हातहतियार खोज्नका लागि बर्दियास्थित प्रहरी घर घरमा जाने भएको छ । जिल्ला प्रशासन कार्यालय बर्दियाले दर्ता भएका हातहतियार बुझाउन सूचना प्रकाशन गरे पनि नबुझाएका कारण प्रहरी स्वयम् घर घरमा हातहतियार खोज्न जानु परेको हो ।
लालपुर्जाविहीन गाउँ : जग्गा दिलाउनेलाई अमूल्य मत
चार दशकदेखि बसोबास गर्दै आएका यहाँको एउटा बस्तीका बासिन्दाले चुनावका बेला मात्र राजनीतिक दलका नेताले आफ्नो समस्याबारे सोधपुछ गर्ने गरेको बताएका छन् । बुद्धभूमि नगरपालिका–१० स्थित धनकौलीको ढडीहवागाउँका लालपुर्जाविहीन परिवारले यस्तो गुनासो गरेका छन् । यो गाउँका सबै परिवार अझै पनि लालपुर्जाविहीन रहेका छन् । २०३६ सालदेखि बस्दै आएका ३५ परिवारले पटक पटक निर्वाचनमा मतदान गरे पनि जग्गाधनी प्रमाणपत्र पाउन नसकेको गुनासो गरेका छन् ।
चार दशकदेखि हलुवा–पराठाको स्वाद चखाउँदै अरमान
नेपालगन्ज उपमहानगरपालिका–१० चौलिकाचोकमा हलुवा–पराठाको स्वाद लिन बिहान झिसमिसेमै मानिसको भीडभाड हुने गर्दछ । करिब चार दशकदेखि स्थानीय अरमान अलीले हलुवा–पराठाको स्वाद चखाउँदै आउनुभएको छ ।
आशा जगाउने नौमुरे जलविद्युत्
अर्घाखाँची र प्युठानको सिमानामा रहेको नौमुरे जलविद्युत् आयोजना बर्सौंदेखि अलपत्र अवस्थामा रहेको छ । निर्वाचनको बेला विशेष प्राथमिकता पर्ने नौमुरे योजना चुनावपछि भने खासै चासोमा पर्ने गरेको छैन । निर्वाचनको समयमा हरेक दलका उम्मेदवारले जोडतोडका साथ नौमुरे जलविद्युत् आयोजनालाई चुनावी नारा बनाउने गरेका छन् । चुनावपछि भने खास चासोमा पर्ने गरेको छैन ।