फू गाउँको गोरेटो बाटो स्तरोन्नति
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय, मनाङको आर्थिक सहयोगमा नार्पाभूमि गाउँपालिका–५ अन्तर्गत पर्ने फू गाउँभित्रको पैदल गोरेटो बाटो स्तरोन्नति कार्य सम्पन्न गरिएको छ ।
विद्यालयमा एक लाख बढीको अक्षय कोष स्थापना
पर्वतको कुश्मा नगरपालिकास्थित पुरी परिवारले मृतक आमाको सम्झनामा सामुदायिक विद्यालयमा अक्षय कोषको स्थापना गरेको छ ।
गौर नगरपालिकाको सहयोगमा कर्मकाण्डको अध्यापन सुरु
रौतहटको गौरमा संस्कृत कर्मकाण्डको अध्ययन अध्यापन आजबाट सुरु भएको छ ।
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
दोलखाको बैतेश्वर गाउँपालिका –६ बुस्टिस्थित तामाकोशी–मन्थली खड्का खण्डमा आइतबार बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन्।
वेदकालीन राज्यका निकाय
वेदकालीन समाजमा क्रमशः परिवार, कुल, ग्राम, विश हुँदै राज्यको स्वरूप निर्माण हुँदै गएको थियो । राज्यको नेतृत्व गर्ने वर्ग तथा समूहलाई राजन्य भनिन्थ्यो खनि राज्यको नेतृत्व गर्ने व्यक्तिलाई राजा । राजा जन्मजात नभई जनताबाट छानिने चलन थियो । अयोग्य, अवगुणी र दुराचारी राजा जनताद्वारा पदच्युत तथा निर्वासित हुन सक्थे
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित डडेल्धुरेली भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित डडेल्धुरेली भाषा
समालेर राख...सँगालेर राख
आर्य समाजको अनुयायी परिवारमा जन्मेकी उनलाई केही भजन गाउनबाहेक गीताङ्गे बन्न पारिवारिक सहमति थिएन । बाल्यावस्थामा स्वास्थ्य खासै राम्रो रहेन । उनी बिरामी परिरहन्थिन्, अस्पतालमा भर्ना भइरहनु पथ्र्यो । जसले गर्दा उनको विद्यालयको पढाइमा त्यति सन्तोषजनक नतिजा निस्किएन
महिनाको खेलाडी अञ्जना रानामगर (फुटबल गोलकिपर)
गत वर्ष साफ महिला फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा भारतलाई टाइब्रेकरमा ४–२ ले हराएको खेललाई नेपाली महिला फुटबलको अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन मानिएको छ ।
कोभिडले बदल्यो शुक्रकीट
कोभिड–१९ सर्वमहामारीले विश्वभर ठुलो आर्थिक तथा मानवीय क्षति पुर्यायो । कोरोना सङ्क्रमणका कारण लाखौँ मानिसको मृत्यु भयो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित याक्खा भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित याक्खा भाषा
सडक पूरा गर्न त्रियानब्बे करोडको सम्झौता
देशकै लामो भनिएको सैनामैना चक्रपथको अधुरो रहेको साढे १९ किलोमिटर सडक निर्माण पुनः सुरु हुने भएको छ । रुपन्देहीको सैनामैना नगरपालिका र निर्माण व्यवसायीबिच सम्झौता भएसँगै अधुरो रहेको सैनामैना चक्रपथ निर्माण सुरु हुने भएको हो ।
सेनाको निःशुल्क स्वास्थ्य शिविरमार्फत ४४३ जनाले पाए सेवा
जनस्तरसम्म स्वास्थ्य सेवा पुर्याउने लक्ष्यसहित नेपाली सेनाले टेम्केमैयुङ गाउँपालिका–६ कोटमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरिमा चार सय ४३ जनाले सेवा लिएका छन् ।
खोटाङमा शिक्षकलाई स्थानीय भत्ताको व्यवस्था
शनिारको कार्यपालिका बैठकले नगरक्षेत्रका विद्यालयका शिक्षक तथा कर्मचारीका लागि स्वीकृत सरकारी कार्यविधिअनुसार चालु आर्थिक वर्षदेखि स्थानीय भत्ता प्रदान गर्ने निर्णय गरेको हो ।
सडक विस्तारमा सकस
दाङको घोराही–तुलसीपुर चार लेन सडक विस्तारका क्रममा सडक क्षेत्रमा पर्ने ९९३ विद्युत् पोल र ११६ वटा रुख हटाउनुपर्ने भएको छ ।
मध्यरातसम्म सेवा प्रदान
जिल्लास्थित सामाजिक विकास कार्यालयले मध्यरातसम्म आफ्नो सेवा प्रदान गर्ने गरेको छ । चालु आवमा सञ्चालन गरिने धेरै योजनाको पेस्की भुक्तानी दिने काम गर्नु परेको र सेवाग्राहीको चाप बढी भएपछि राति १२ बजेसम्म सेवा दिने गरेको हो ।
राडार मर्मत गर्न डेढ करोड रुपियाँ
जल तथा मौसमजन्य विपत्बाट जोगाउनका लागि तत्कालको मौसम पूर्वानुमान गर्न निर्माण गरिएको सुर्खेतको मौसमी राडार बिग्रेको तीन वर्ष भयो । मर्मत गर्न नसकिएको सो राडार चालु आर्थिक वर्षमा डेढ करोड रुपियाँ बजेट विनियोजन गरिएपछि आगामी वर्षायामदेखि सञ्चालनमा ल्याउने तयारी थालिएको छ ।
सुरक्षा कोषमा जोडिँदै स्वास्थ्य स्वयंसेविका
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई यसै वर्षदेखि योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा जोड्ने भएको छ । स्वयंसेविकाले पनि कोषमा जोड्न माग गर्दै आएकाले नगरपालिकाले यसै आर्थिक वर्षभित्र उनीहरूलाई कोषमा जोड्ने गृहकार्य भइरहेको जनाएको छ ।
१२० वर्ष अघिको गोर्खापत्र
१२० वर्ष अघिको गोर्खापत्र
ताजा जनादेशको सुनिश्चितता
राजनीतिक विकासक्रम सरल रेखामा मात्र विचरण गर्दैन । यसले कहिलेकाहीँ कठिन मोड र घुम्ती पनि पार गर्नु पर्छ । त्यसले धमिलिएको राजनीतिक प्रवाहलाई शुद्धीकरण गर्ने छ । विकास र समृद्धिमा मार्ग पहिल्याउने छ ।
सामाजिक सुरक्षा भत्ता व्यवस्थापन
सामाजिक सुरक्षा भत्ता भन्नाले राज्यबाट नागरिकप्रतिको कर्तव्य पालनाका लागि प्रदान गरिने भत्ता भनेर बुझिन्छ ।
प्रविधिको दुरुपयोग गरी हिंसा
नेपालमा व्याप्त असमानता, गरिबी, लैङ्गिक हिंसाले महिलालाई सामाजिक न्याय र मानव अधिकारको अनुभूति दिन सकेको छैन । सदियौँदेखि आफन्त, घरपरिवार र समाजबाटै विभिन्न खाले शारीरिक, मानसिक तथा भौतिक हिंसा खेप्दै आएका महिला अहिलेको डिजिटल युगमा समेत उस्तै हिंसामा परेका छन् । सूचना प्रविधिको बढ्दो पहुँच, उपयोग र प्रभावपछि महिलाविरुद्ध हुने हिंसा अझै बढेको देखिन्छ ।
वित्त व्यवस्थापनका कठिनाइ
सार्वजनिक वित्त व्यवस्थापन राज्यको आर्थिक क्रियाकलापको आधारभूत ढाँचा हो । राज्य सञ्चालनमा यसको ठुलो भूमिका हुन्छ । सबै अवयवलाई परिचालन गर्ने काम सार्वजनिक वित्तले नै गर्छ । वित्त अभावमा देशको विकास पनि अघि बढ्न सक्दैन ।
राष्ट्रवाद स्थापित गर्न निर्वाचन
सरकार फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन सफल बनाउने एकमात्र उद्देश्यसहित संवादमा जुटिरहेको छ । यही उद्देश्यलाई तार्किक निष्कर्षमा पु¥याउन प्रधानमन्त्री सुशीला कार्कीले गत शुक्रबार बालुवाटारमा सर्वपक्षीय संवाद आयोजना गर्नुभयो ।
डु प्लेसिसको आगमनले बलियो विराटनगर
सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबिचको खेल दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा सबभन्दा प्रतिक्षित खेल बनेको थियो । ठुला स्टार खेलाडी मात्र होइन, पछिल्ला खेलमा देखाएको प्रदर्शनले यी दुई टिम चर्चामा थिए ।