• १८ भदौ २०८२, बुधबार

प्रधानमन्त्री ओली विशेष सैनिक ‘परेड’मा सहभागी

blog

बेइजिङ (चीन),  भदौ १८ गते । प्रधानमन्त्री केपी शर्मा ओली बेइजिङमा आयोजना भएको विजय उत्सवसम्बन्धी ८०औँ वार्षिकोत्सवका विशेष सैनिक ‘परेड’ कार्यक्रममा सहभागी हुनुभएको छ । 

 सो अवसरमा चिनियाँ राष्ट्रपति सी चिनफिङले समारोहमा उपस्थित राष्ट्र प्रमुख, सरकार प्रमुखलाई स्वागत गर्नुभएको थियो । प्रधानमन्त्री ओली परेड सकिएपछि चिनियाँ राष्ट्रपति सीले आयोजना गरेको दिवाभोजमा सरिक हुनुभयो ।


 जनवादी गणतन्त्र चीनका राष्ट्रपति चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा भाग लिने सिलसिलामा उहाँ चीन भ्रमणमा हुनुहुन्छ । चीनको औपचारिक भ्रमण सकेर आजै प्रधानमन्त्री ओली नेपाल फर्कंदै हुनुहुन्छ ।  रासस