• १८ भदौ २०८२, बुधबार

विद्यालय शिक्षासम्बन्धी विधेयकमा प्याब्सनको आपत्ति

blog

जिल्ला शिक्षा समन्वयका प्रमुख देवमणी चौधरीलाई ध्यानाकर्षणपत्र बुझाउँदै नेसनल प्याब्सनका प्रतिनिधिहरू । तस्बिरः सन्तोष दहित

सन्तोष दहित 

दाङ, भदौ १८ गते । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) दाङले विद्यालय शिक्षासम्बन्धी हाल प्रस्तुत विधेयकप्रति आपत्ति जनाउँदै जिल्ला शिक्षा समन्वयका प्रमुख देवमणी चौधरीलाई ध्यानाकर्षणपत्र बुझाएको छ । 

नेशनल प्याब्सन दाङका अध्यक्ष शालिकराम कार्की र सचिव ध्रुवकुमार वलीद्वारा हस्ताक्षरित विज्ञप्तिमा विधेयकले निजी तथा आवासीय विद्यालयको अस्तित्व नै सङ्कटमा पार्नेखालका प्रावधान समावेश भएकाले तत्काल संशोधन गर्नुपर्ने माग गरिएको छ। विज्ञप्तिमा “पूर्ण छात्रवृत्तिको व्यवस्था अस्वीकार्य हुने, स्थानीय तहले विद्यालय सिफारिस गर्ने प्रणाली अन्यायपूर्ण हुने, विद्यालय सञ्चालक समितिमा शिक्षक र अभिभावकको मात्र सहभागिता हुने, विद्यालयको जग्गा र भवन राज्यको स्वामित्वमा लैजानेखालको व्यवस्था समेत अस्वीकार्य हुने उल्लेख गरिएको छ ।

यस्तै, प्याब्सन दाङले यी प्रावधानहरूमाथि छलफल र संवादमार्फत समाधान खोज्न सरकारसँग आग्रह गरेको छ । साथै, विद्यार्थीको भविष्यलाई ध्यानमा राख्दै आन्दोलनको कार्यक्रमअन्तर्गत धरणा, विद्यालय बन्द वा हड्तालजस्ता गतिविधि हाललाई नगर्ने निर्णय गरेको जनाएको छ ।