• १४ कात्तिक २०८२, शुक्रबार

मनास्लु क्षेत्रमा घाइते पर्यटकको दुई दिनदेखि उद्धार भएन

blog

मनास्लु क्षेत्रमा हिमपात ।

गुणबहादुर रोका 

सुलीकोट, कात्तिक १४ गते । मनास्लु क्षेत्र घुम्न गएका आन्तिरिक पर्यटक काठमाडौंको टोखा नगरपालिका-६ का ४४ वर्षीया मिनु ईन्द्र लम्सालको दुई दिनदेखि उद्धार हुन कठिनाइ भएको छ ।

बिहिबार बिहान ११ बजे चुमनुब्री गाउँपालिका–५ बिहिमा पैदल हिँडिरहेका बेला अचानक भीरबाट खसेको ढुंगाले लागेर गम्भीर घाइते लम्साललाई प्रतिकूल मौसमका कारण उद्धार हुन कठिनाई भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

घाइते लम्सालको टाउकोमा गम्भीर चोट लागेको छ, उहाँले भन्नुभयो, ‘मान्छे लाएर बोकेर ल्याउँदा झन् जोखिम हुनसक्ने भएकाले स्थानीय स्वास्थ्यकर्मीको हेरविचारमा लम्साललाई स्थानीयको एक घरमा राखिएको छ ।’ 

टाउकोमा गम्भीर चोटका कारण उपचारको लागि काठमाडौं लैजानु पर्ने घाइतेलाई मौसम सफा नहुँदा लान नसकेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । उक्त घटनास्थल इलाका प्रहरी कार्यालय लार्केबाट दशिण तर्फ पर्ने बुरनभीर ४ घण्टा पैदल दूरीमा छ ।