एकीकृत लगानीसंहिता बनाउन आग्रह
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशमा लगानी अभिवृद्धिका लागि लगानीसम्बन्धी एकीकृत कानुन बनाउनुपर्ने बताउनुभएको छ ।
आर्ट ग्यालरीसँगै चित्रकला कार्यशाला
रुपन्देहीको सैनामैनामा निजीस्तरमा पहिलो पटक आर्ट ग्यालरी सञ्चालनमा आएको छ । सुमित्रा थ्री एल आर्ट ग्यालरी नाम दिइएको उक्त ग्यालरीको लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. डिल्लीराज अर्यालले शुभारम्भ गर्नुभयो ।
वानीरा फाउन्डेसनद्वारा स्रष्टा पुरस्कृत
वानीरा फाउन्डेसनले विभिन्न विधाका वरिष्ठ व्यक्तिलाई पुरस्कार प्रदान गरेको छ । फाउन्डेसनकी अध्यक्ष इन्दिरा प्रसाईले काठमाडौँमा आयोजित कार्यक्रममा पुरस्कृत व्यक्तिलाई पुरस्कार प्रदान गर्नुभयो ।
सङ्घीय संसद्को संयुक्त बैठक बस्दै : सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने
काठमाडौँ, वैशाख १९ गते । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज सङ्घीय संसद्मा प्रस्तुत हुँदैछ ।राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने कार्यक्रम तय भएको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठक आज दिउँसो ३ः०० बजेका लागि बोलाइएको छ ।सङ्घीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेका अनुसार संयुक्त बैठकको सम्भावित कार्यसूची तय भएको छ । नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ ।सभामुख देवराज घिमिरेले दिनको २ बजेर ४५ मिनेटभित्र प्रतिनिधिसभाका सदस्यलाई आशनग्रहण गरिसक्न र निर्धारित पोशाकमा उपस्थित हुन यसअघि नै आग्रह गरिसक्नुभएको छ ।यसअघि नै सत्ता साझेदार राजनीतिक दलका बीचमा अर्थतन्त्रलाई थप चलायनमान बनाउने गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउने विषयमा छलफल भइसकेको छ ।यस्तै नीति तथा कार्यक्रममा युवामा आशा जगाउने, उद्यमशीलता, सीप विकास, स्टार्टअप, व्यावसायिक योजना, सरकारको खर्च वृद्धि गर्ने र सुशासन कायम गर्ने विषयमा सरकारको नीति तथा कार्यक्रम केन्द्रित हुने विश्वास लिइएको छ ।सङ्घीय संसद् सचिवालयले यही वैशाख २२ देखि २८ गतेसम्म सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरी पारित गर्ने कार्यसूची यसअघि नै तय गरिसकेको छ ।यस्तै, वैशाख ३० गते विनियोजन विधेयकमाथिको सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल प्रारम्भ हुनेछ । प्रि–बजेट छलफलका रूपमा त्यसलाई लिइएको छ । नेपालको संविधानअनुसार आगामी, जेठ १५ गते सरकारको आगामी आर्थिक वर्षको बजेट सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्रीले प्रस्तुत गर्ने व्यवस्था छ ।
यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौँ, वैशाख १९ गते । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको छ ।आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाउँदै महाशाखाले कोशी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू– भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ । यसैगरी, आज राति कोशी ,गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।साथै कोशी र गण्डकी प्रदेशका हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
डिजिटल एडिक्सनको कथा ‘झिल्को’
प्रविधि आफैँ खराब होइन तर त्यसको अनियन्त्रित र असावधानीपूर्ण प्रयोगले बालबालिकाको भविष्य, पारिवारिक सन्तुलन र सामाजिक स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने कलाकार विशाल पोखरेल बताउनुहुन्छ ।
श्रमिक र रोजगारदाता जोड्न श्रम संसार पोर्टल आरम्भ
मे दिवस वा १३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा सरकार, निजी क्षेत्र र बेरोजगार नागरिकलाई जोड्ने गरी ‘श्रम संसार’ पोर्टलको शुभारम्भ गरिएको छ ।
लघुजलविद्युत् योजना निर्माण हुने
ताप्लेजुङकै दुर्गम लेलेपको ग्याब्लागाउँको विद्युतीकरणका लागि लघुजलविद्युत् योजना निर्माण हुने भएको छ ।
एक साता वर्षाको सम्भावना
नेपालका अधिकांश भूभागमा बिहीबारदेखि करिब एक साताजसो बदलीसहित हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना देखिएको छ ।
अस्थायी बसोबासबाटै स्वास्थ्य बिमा
अबदेखि स्वास्थ्य बिमाबाट हुने उपचारको प्रस्थानविन्दु अस्थायी बसोबास गरिरहेको स्थानबाट समेत हुने भएको छ ।
माग सम्बोधन गरेर मात्र ऐन जारी गर्न माग
राजपत्र अनङ्कित श्रेणीका कर्मचारीले सङ्घीय निजामती सेवा ऐन जारी गर्दा अनङ्कित कर्मचारीको माग सम्बोधन गरेर मात्र ऐन जारी गर्न माग गरेका छन् ।
जुद्ध वारुणयन्त्र भवन जोखिमग्रस्त
राजधानीको नयाँ सडक धर्मपथस्थित जुद्ध वारुणयन्त्र रहेको भवन २०७२ सालमा गएको भूकम्पका कारण जीर्ण बनेपछि पैदलयात्रीका लागि खतरा बनेको छ ।
गुणस्तरीय शिक्षा अबको एजेन्डा
विभिन्न पेसागत माग राखेर सडक सङ्घर्ष गरिरहेका शिक्षकका माग पूरा गर्न सरकार सहमत भएसँगै विधिवत् रूपमा आन्दोलन टुङ्गिएको छ ।
डेढ वर्षदेखि शून्य चोरीसिकारी
घना जङ्गल, हरियाली घाँसे मैदान तथा सिमसार क्षेत्रसहित भौगोलिक विविधतायुक्त चितवन राष्ट्रिय निकुञ्ज स्वदेशी तथा विदेशी पर्यटकको आकर्षणको केन्द्रका रूपमा स्थापित छ ।
जनताले चुनेको यो शासन व्यवस्थाको विकल्प छैन : सचिव बिष्ट
नेकपा (एमाले) का सचिव गोकर्ण विष्टले जनताले जनताको लागि चुनेको शासनको बिकल्प नरहेको बताउनुभएको छ । राजा फर्काउन राजावादीको प्रयास सफल नहुने उहाँको भनाइ छ ।
कैलालीको राजकाँडा गुलजार हुन्छ : मन्त्री पाण्डे
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले कैलालीको राजकाँडा तीन प्रदेशको पर्यटन पवर्धननका लागि संगमस्थलको रुपमा विकास हुने बताउनुभयो ।
झिल्का सल्केर घरमा आगलागी
वस्तुलाई खोले पकाउने क्रममा आगोको झिल्का सल्केर घरमा आगलागी भएको छ । मकवानपुरको बकैया गाउँपालिका –१२ कोलखोपमा आगोको झिल्का सल्केर आगलागी हुँदा घर पूर्ण रूपमा जलेर नष्ट भएको हो ।
ओम अस्पतालमा 'ब्लड बैँक' स्थापना
ओम हस्पिटल एन्ड रिसर्च सेन्टरले आफ्नै रक्त सञ्चार केन्द्र (ब्लड बैँक) स्थापना गरेको छ । हस्पिटलले 'मे' दिवसको सन्दर्भ पारेर आफ्नै ब्लड बैँक स्थापना गरिएको हो ।
आफैँले ढालेको रुखले च्यापिएर युवककाे मृत्यु
मकवानपुरको मकवानपुरगढीमा आफैँले ढालेको रुखले च्यापिएर एक जनाको मृत्यु भएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जमा बढे पर्यटक
कोरोना सङ्क्रमणका कारण धरासायी बन्दै गएको बर्दिया जिल्लाको पर्यटकिय क्षेत्र पछिल्लो समय भने पर्यटकको आगमन हुन थालेको छ ।
सडक कालोपत्रे भएपछि सर्दीवासी खुसी
विनयी त्रिवेणी गाउँपालिका सर्दीका यादव पौडेललाई केही समय पहिलेसम्म सर्दीबाट दुम्किबाससम्म आउजाउ गर्न कम्तीमा ४५ मिनेटदेखि एक घण्टा समय लाग्थ्यो ।
नौ जना मोचीलाई नगरको सम्मान
मोरङको रतुवामाई नगरपालिकाले नगरक्षेत्रका मोचीहरूलाई बिहीबार सम्मान गरेको छ । रतुवामाई ७ स्थित सिंजुवा स्वास्थ्य चौकी परिसरमा सडक किनारमा बसेर जुत्ता चप्पल, छाता, टर्च लगायतका सामग्री मर्मत गर्ने नौ जना मोचीहरूलाई अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सम्मान गरिएको हो ।
एक करोड २१ लाखमा आश्रयस्थल भवन
कैलालीमा विपद्का बेला समुदायको प्रयोगका लागि बहुउद्देश्यीय समावेशी सुरक्षित आश्रयस्थल भवन निर्माण गरिएको छ ।
प्रभावकारी बन्दै प्रधानमन्त्री रोजगार कार्यक्रम
प्रधामन्त्री रोजगार कार्यक्रम ग्रामीण क्षेत्रमा प्रभावकारी बन्दै आएको छ । गाउँका सार्वजानिक स्थलहरूको सरसफाइदेखि विकास निर्माणको कामसम्म रोजगारमा खटिएकाहरुले काम गर्दा कार्यक्रम प्रभावकारी बनेको हो ।