च्याब्रुङ नाच
इलाम, पुस ११ गते । लिम्बू समुदायको मौलिक च्याब्रुङ नाच (केस्लाङ) सिक्दै लिम्बू युवाहरु । याक्थुङ युवा मञ्च इलामको आयोजनामा सदरमुकाममा १५ दिनको च्याब्रुङ नाच प्रशिक्षण सुरु भएको छ ।तस्बिरः रासस
काँक्रेविहार मन्दिर
वीरेन्द्रनगर, पुस ११ गते । वीरेन्द्रनगर नगरपालिका–९ स्थित काँक्रेविहार मन्दिर । वीरेन्द्रनगर उपत्यकाको बिच भागमा जङ्गलको थुम्कोमा रहेको काँक्रेविहार पुरातात्विक र ऐतिहासिक महत्वले भरिपूर्ण छ । २१ मिटर अग्लो शिखरशैलीको मन्दिरक्षेत्र एक सय ७५ हेक्टर क्षेत्रफलमा फैलिएको छ । तस्बिरः रासस
चित्तलको बथान
कञ्चनपुर, पुस ११ गते । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको नजिक स्याली नदी छेउको झाडीमा देखिएकाे चित्तलको बथान । तस्बिरः रासस
पुथा हिमाल
रुकुम पूर्व, पुस ११ गते । मारिङबाट देखिएको रुकुम पूर्वको सबैभन्दा अग्लो पुथा हिमाल । यसको उचाइ सात हजार २ सय ४६ मिटर छ । तस्बिरः रासस
हुम्लाको श्रीनगरगाउँ
हुम्ला, पुस ११ गते । हुम्लाको अदानचुली गाउँपालिका वडा नं २ र ३ मा पर्ने श्रीनगरगाउँको बस्ती । माटोले छाएका परम्परागत घर रहेका यो गाउँमा पछिल्लो समय टिनले छाएका घर थपिँदै गएका छन् । तस्बिरः रासस
मह प्रशोधन गर्दै महिलाहरु
दाङ, पुस ११ गते । दाङको घोराही उपमहानगरपालिका–१३ मौलकोटमा मौरीको मह प्रशोधन गर्दै महिलाहरु । दश वर्षदेखि व्यावसायिक रुपमा मौरीपालन गर्नुभएका घोराही (१३ डुम्मरगाउँका सिरबहादुर पुनले मौलाकोटमा चिउरीको मह उत्पादनका लागि एक सय पचास घार मौरी चरनका लागि राख्नुभएको छ । तस्बिरः रासस
जङ्गली गैँडा बजारमा
चितवन, पुस ११ गते । जङ्गलबाट निस्किएर बिहीबार चितवनको सौराहामा बस्तीमा छिरेको गैँडा बजारमा हिँड्दै । तस्बिरः रासस
सदाकोको कारुणिक कथा
दोस्रो विश्वयुद्धताका सन् १९४५ अगस्त ६ का दिन जापानको हिरोसिमा शहरको आकाशमा अमेरिकी वायुसेनाको बी–२९ बमवर्षक विमान देखा प¥यो ।
ओखर खेती लगाउने विधि सिक्दै
मुस्ताङको घरपझोङ गाउँपालिकाको मार्फामा मुलुकका १७ जिल्लाका कृषि प्राविधिकहरू ओखर खेती सम्बन्धी प्रशिक्षणमा सहभागी भएका छन् ।
जहाँ गरिन्छ आफ्नै अन्त्येष्टिको तयारी
बेलायती संस्कारमा आफ्नो मृत्युको व्यवस्थापनसम्बन्धी दुई विषयलाई निकै महत्वका साथ लिने गरिन्छ ।
धरणीधर विवाह महोत्सवको तयारी
ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्त्विक महत्त्व बोकेको धर्तीकै पहिलो तीर्थ मानिने वराहक्षेत्रमा धरणीधर विवाह महोत्सवको तयारी थालिएको छ । धनुर्मास उत्सव अन्तर्गत श्रीधरणीधर विवाह महोत्वस गर्न लागिएको हो ।
महिला शिक्षक नेतृत्व विकास तालिम
दोलखाको भीमेश्वर नगरपालिकाले आयोजना गरेको तीन दिने महिलालक्षित महिला शिक्षक नेतृत्व विकास तालिम प्रभावकारी भएको सहभागीले बताएका छन् । नगरभित्रका ३५ जना महि
जनचेतनाको कमीले अधिकारबाट वञ्चित
जनचेतनाको अभावमा मधेशका मुसहर समुदायका नागरिक सरकारी सेवा र नागरिक अधिकारबाट वञ्चित हुँदै आएका छन् । नागरिकता प्राप्ति र जन्मदर्ता नेपाली नागरिकको जन्मसिद्ध अधिकार
नमुना सदरमुकाम निर्माण स्थलका ६ सय ४२ रुख काट्न बाटो खुल्यो
नवलपुरको कावासोतीमा बन्ने भनिएको नमुना सदरमुकाम निर्माण स्थलमा रहेका रुख काट्न बाटो खुलेको छ । बुधवार बसेको मन्त्री परिषद्को बैठकले सदरमुकाम निर्माण स्थलमा रहेका ६ सय ४२ वटा ठुला रुख काट्न स्वीकृत प्रदान गरेको छ ।
बर्जुतालका लागि लगानी खोज्दै प्रदेश सरकार
चराको प्रमुख वासस्थानका रूपमा परिचित सुनसरीको बर्जुताल संरक्षण र पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने परियोजनाका लागि कोशी प्रदेश लगानी प्राधिकरणले विस्तृत अध्ययन पूरा गरेको छ ।
ट्रान्सफर्मर चोरी घटना वृद्धि
कलैया उपमहानगरपालिका–१७, सुराही टोलका एक वडा सदस्य दम्पतीलाई बन्दुक देखाएर चोरको समूहले गाउँको ट्रान्सफर्मर चोरी गरेका छन् । वडा सदस्य लक्ष्मी रा
बसबरियाका वडाध्यक्ष महतोको निधन
सर्लाहीको बसबरिया गाउँपालिका–३, भवानीपुरका वडाध्यक्ष नन्दलाल महतोको निधन भएको छ ।
चुम उपत्यकामा हिमपात
उत्तरी गोरखाको चुम उपत्यकामा हिमपात भएको छ । चुमनुब्री गाउँपालिकाको चुम र नुब्री भ्याली आसपासका क्षेत्रमा मङ्गलबारदेखि बुधबार बिहानसम्म हिमपात भइरहेको चुमनुब्री गाउँपालिका–२, स्यालाका पेम्बा रेता लामाले जानकारी दिनुभयो ।
‘दुर्गम बस्तीमा स्थानीय सरकारको अनुभूति गराएका छौँ’
बागलुङका १० स्थानीय तहमध्ये निसीखोला गाउँपालिका दुर्गम र विकट पालिका हो ।
गाडिएको अवस्थामा महिलाको शव फेला
धनुषाको मिथिला नगरपालिका–३, हरिहरपुरस्थित मुसहरी टोलमा हत्या गरी गाडिएको अवस्थामा एक महिलाको शव फेला परेको छ ।
किसानलाई पाइप वितरण
ताप्लेजुङको पाथीभरा याङवाराक गाउँपालिकाले आलु पकेट क्षेत्रका किसानलाई पाइप वितरण गरेको छ । गाउँपालिकाले आलु पकेट क्षेत्र रहेको वडा नं. २, थेचम्बुका किसानलाई सिँचाइका लागि पाइत वितरण गरेको हो ।
साइकल लेन बन्यो पार्किङ स्थल
तीन वर्षअघि पोखरामा निर्माण गरिएको साइकल लेनमा अन्य गाडी पार्किङ हुँदा हैरानी हुने गरेको छ ।
स्वास्थ्यकर्मी तलबविहीन
पाल्पाको रामपुर अस्पतालमा कार्यरत २६ जना स्वास्थ्यकर्मी तथा कर्मचारीले पाँच महिनादेखि तलब पाएका छैनन् ।
वनको क्षेत्रफल बढ्यो कृषिको घट्यो
लुम्बिनी प्रदेशमा वनको क्षेत्रफल बढेर ५४.७ प्रतिशत पुगेको छ ।