• ११ पुस २०८१, बिहिबार

महिला शिक्षक नेतृत्व विकास तालिम

blog

दोलखा समाचारदाता

दोलखा, पुस ११ गते । दोलखाको भीमेश्वर नगरपालिकाले आयोजना गरेको तीन दिने महिलालक्षित महिला शिक्षक नेतृत्व विकास तालिम प्रभावकारी भएको सहभागीले बताएका छन् । 

नगरभित्रका ३५ जना महिला शिक्षकको तालिममा सहभागिता रहेकोमा वडा नम्बर १ स्थित लामानागी आधारभूत विद्यालयकी शिक्षिका सरिता कार्कीले हर्षित हुँदै भन्नुभयो, “शिक्षक भएपछि समाजको अगुवा ठहरिने रहेछ । विद्यार्थी, अभिभावक र समाजसँग प्रत्यक्ष घुलमिल हुने र शिक्षकलाई सम्मान पनि गर्ने हुँदा तालिमले नेतृत्व क्षमतामा अभिवृद्धि भएको छ । सरकारले हरेक सामाजिक सङ्घ संस्थामा अनिवार्य सहभागिता बनाएको छ । तालिमबाट सिकेको ज्ञान सिप समाजमा बाँढ्ने आँट र साहस पनि मिलेको छ ।” तालिमकी अर्की सहभागी भीम माध्यमिक विद्यालयकी मावि शिक्षक समिरा बस्नेतले भन्नुभयो, “जिल्लामा शैक्षिक नेतृत्व गर्ने आत्मविश्वास पलाएको छ । तालिमबाट शैक्षिक नेतृत्वका कुशल सिप प्राप्त कथा, प्रसङ्ग, प्रेरक भनाइ, विविध चित्र, उद्देश्यपूर्ण खेलका माध्यमबाट नेतृत्व क्षमतासम्बन्धी तालिम सह्राहनीय बनेको छ ।”

भीमेश्वर नगरउपप्रमुख कमला बस्नेतले तालिमलाई सम्बोधन गर्दै महिला सशक्तीकरणको एउटा आयामका रूपमा स्विकारिएको तालिम दैनिक जीवनमा प्रयोग हुने धारणा राख्दै भन्नुभयो, तालिमले नेतृत्व विकास, जीवनोपयोगी सिप, प्रस्तुतीकरण सिप, सकारात्मक चिन्तनलगायतका विषयमा स्पष्ट पारेको छ । महिला शिक्षकलाई नेतृत्वमा रहन तथा कार्यरत संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गर्न उत्प्रेरित गर्ने छ भन्ने विश्वास लिएकी छु ।